Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

उस्तै छन् चुनाव चिन्हः झुक्किने डर

[caption id=\"attachment_159727\" align=\"alignleft\" width=\"500\"]\"\" फाइल फोटो[/caption]

काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका छन् । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि १३८ तथा प्रदेशसभाको निर्वाचनका लागि ५० वटा निर्वाचन चिह्न प्रयोग गरिएको निर्वाचन आयोगका कानून शाखाका शाखा अधिकृत धमचन्द्र तिमिल्सेनाले जानकारी दिए ।

निर्वाचनमा प्रतिनिधिसभाका लागि राजनीतिक दलतर्फ ९० र स्वतन्त्र उम्मेदवारलाई ४८ तथा प्रदेशसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारका लागि ५० चुनाव चिह्न प्रयोग गरिएको छ । आयोगमा दर्ता भएका ९० राजनीतिक दललाई प्रतिनिधि र प्रदेशसभाका लागि एउटै निर्वाचन चिह्न दिइएको छ भने स्वतन्त्रतर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवार बनेकाका लागि आयोगले विभिन्न निर्वाचन चिह्न प्रदान गरेको छ ।

विभिन्न चार मतपत्रमा ती चुनाव चिह्न उम्मेदवारलाई प्रदान गरिएको छ । आयोगले चुनाव चिह्नलाई प्रदेशअनुसार उम्मेदवारलाई दिई मतपत्र तयार पारेको छ । निर्वाचनमा प्रयोग हुने चुनाव चिह्न औजारदेखि तरकारीसम्म राखिएको छ । प्रतिनिधिसभाका लागि राजनीतिक दललाई गोरुगाडाको चक्का, चुच्चोले चिठी बोकेर उड्न लागेको परेवा, हातमा धानको बाला, कुखुराको भाले, थपडी बजाएको जोडा हात, पृथ्वीलगायत चुनाव चिह्न रहेका छन् । आमूल परिवर्तन मसिहा पार्टी नेपाललाई प्रेमलाई चिनाउन (हृदय) चुनाव चिह्न दिइएको छ । निर्वाचनमा जनावर, फलफूल, चरा, मेसिनलाई पनि चुनाव चिह्न राखिएको छ । चरामा सुगा, डाँफे, परेवा, चल्ला लाटोकोसेरो चुनाव चिह्न छन् भने जनावरमा हात्ती, भेडा, माछा, घोडा, कछुवा, बाघ, बाख्रोलगायत रहेका छन् भने फलफूल तथा तरकारीमा केरा, अनार काउली, मकै, भुइँकटहरलगायत छन् । यसैगरी राजनीतिक दलबाट प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकका लागि पीपलको पात सुकुन्दा, तारापुञ्ज, दुई थुङ्गा सयपत्रीको फूल, बच्चा काखमा लिएकी आमा, दौडिरहेको युवक, खड्ग, गाग्री बोकेकी महिला, चियादानी, तारापुञ्जलगायतका चुनाव चिह्न प्रयोग गरिएको छ । राजनीतिक दलबाट उम्मेदवार दिएका प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्न रहेका छन् भने स्वतन्त्रतर्फबाट उम्मेदवार दिएकाका लागि भने फरक चुनाव चिह्न आयोगले प्रदान गरेको छ । स्वतन्त्रतर्फका लागि चियाको पात, माहुरी, जोडा नरिवल, कुचो, गुलाफको फूल, जोडी चप्पल, डाडुपन्यू, फिरफिरे, हार्मोनियमजस्ता ४८ वटा चुनाव चिह्न प्रदान गरिएको छ । यसैगरी प्रदेशतर्फका स्वतन्त्र उम्मेदवारलाई कपाल कोर्ने ब्रस, पेन्सिल कटर र सिसाकलम, पेन्टिङ बुरुस, मोबाइल फोन, मयूरको प्वाँख, बोक्रा छोडाएको केरा, जाँतो, जिपर, काउली, लुगा झुण्डाउने ह्याङ्गर, चुलेसी प्रयोग गरिएको छ । उस्तै उस्तै चुनाव चिह्न  यस्तैगरी एउटा आँखा र दुई वटा आँखालाई पनि चुनाव चिह्न दिइएको छ । नयाँ शक्ति नेपाललाई एउटा देब्रे आँखा भएको र नेपाल लोकतान्त्रिक जनता काँग्रेसलाई दुई वटा आँखा चुनाव चिह्न दिइएको छ । नेकपा (माले) र जनसमाजवादी पार्टीलाई हँसिया तारा र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)लाई हँसिया उस्तै उस्तै चुनाव चिह्न प्रदान गरिएको छ । प्रतिनिधिसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारलाई भँगेरा र लाटोकोसेरो तथा नेपाली काँग्रेस (बिपी)को करुवा र अखण्ड सुदूरपश्चिम पार्टी नेपालको चियादानी पनि उस्तै प्रकारका चुनाव चिन्ह रहेका छन । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies