Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रचण्डको चुनावी क्षेत्रले तान्यो सबैको ध्यान

\"\"चितवन । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले यहाँका निर्वाचन रोमाञ्चक बन्दै गएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे बीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं ३ अहिले सबैको ध्यान तानेको छ । प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा दुई प्रमुख ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेको आफ्नो उम्मेदवार भन्ने यहाँ छैन । प्रचण्ड नेकपा एमाले र पाण्डे नेपाली काँग्रेसको मतको आशमा निर्वाचन जित्ने दाबीका साथ चुनावी मैदानमा छन् । यही क्षेत्रमा गाभिएको यस अघिको क्षेत्र नं– ५ बाट गएको संविधानसभा निर्वाचनमा पाण्डे निर्वाचित हुनुभएको थियो । दाहाल पहिलो पटक यहाँबाट निर्वाचन लड्दै छन् । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख सम्भावना बोकेको क्षेत्र हो । सँगै बग्ने राप्ती र नारायणी नदीसँगै साना नदीहरुले यहाँको सौन्दर्यता बढाएका छन् । नदी आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने क्रममा रहेका छन् । राप्ती किनारको पटिहानी, जगतपुर र मेघौली क्षेत्रमा पर्यटकीय होटल रहेका छन् । यही क्षेत्रको माडी र मेघौलीमा होमस्टेबाट पर्यटन प्रबद्र्धन गरिँदै आएको छ । निकुञ्जसँगै गोद्धक, छरछरे, पाँच पाण्डव, बैकुण्ठे, विक्रम बाबा, सोमेश्वर कालिकालगायतका धार्मिकस्थल पनि यही क्षेत्रमा रहेका छन् । यस क्षेत्रका मध्यवर्ती सामुदायिक वन पर्यटन प्रबद्र्धनका लागि उर्वर मानिन्छन् । कृषि शिक्षाका लागि रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको छ । गाई अनुसन्धान फार्म, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, मेघौली विमानस्थल र यस क्षेत्रमा निर्मित पोल्ट्री फार्म र दाना उद्योग अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न लायकका छन् । विकासका दृष्टिले पछि परेको सडक कालोपत्रे भएका छैनन् । नदी तटबन्धनको अभावमा वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेकोे छ । पश्चिम चितवनबाट नवलपरासी जोड्न पुल बन्नसकेका छैन । जिल्लाको भू–भाग भएर पनि नवलपरासी हुँदै वाल्मिकी आश्रम पुग्नुपर्ने अवस्था छ । माडी क्षेत्र चुरे पहाडको फेदको समथर भू–भाग हो । भरतपुर महानगरतर्फ पूरै समथर भू–भाग हो । माडी क्षेत्रमा थारु जातीको बाहुल्यता छ भने भरतपुरतर्फ मिश्रित बसोवास रहेको छ । यहाँ देशका ७६ जिल्लाबाट मानिस बसाइँसराइ गरी आएका छन् । जनताका यस्ता समस्या रहँदै गर्दा यहाँका उम्मेदवारले ठूला पूर्वाधारका आश्वासन दिइरहेका छन् । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष दाहालले “राष्ट्रको विकासका लागि प्रचण्ड, चितवनको विकासका लागि “प्रचण्ड” भन्ने नारासाथ चुनावी मैदानमा उत्रिएका छन् । समृद्ध राष्ट्र र समृद्ध चितवनको पक्षमा आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ । निकुञ्ज वारपार गर्न आकासे पुल वा भूमिगत सडक निर्माण गर्ने, निकुञ्जवारी र पारी रिङरोड बनाउने र यस क्षेत्रलाई युरोपका देशका शहरको तुलनामा लैजाने योजना उनको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मन्त्री पाण्डे “विकासका लागि विक्रम पाण्डे” भन्ने नारा दिनुभएको छ । माडीमा चक्रपथ निर्माण, निकुञ्जमा मेस जाली लगाएर वन्यजन्तु नियन्त्रण गर्ने, पश्चिम चितवनबाट नवलपरासी जोड्ने पुल, नदी नियन्त्रण, सडक कालोपत्रे र सिँचाइ जस्ता एजेण्डा उनले अघि सारेका छन् । सो क्षेत्रको (क) प्रदेशबाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिनेश कोइरालाले “ सबल लोकतन्त्रका लागि हातेमालो, विकास निर्माण र समृद्धि अवको पालो” नारा दिएका छन् । उनीसँगै वाम गठबन्धनबाट एमालेका कृष्णप्रसाद भूर्तेल चुनावी मैदानमा छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष भूर्तेलको एजेण्डा मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्नुरहेको छ । प्रदेश (ख) का लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका साजनकुमार महतो र वाम गठबन्धनबाट माओवादी केन्द्रका रामलाल महतो चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यो थारु बाहुल्य क्षेत्र हो । दुवैको चुनावी नारा थारु संस्कृतिको संवद्र्धन र पर्यटन विकास छ । क्षेत्र नं ३ मा ६ स्वतन्त्र र ८ दलका गरी १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाल दलित पार्टीका डिलबहादुर विक, विवेकशील पार्टीका सरदराज पाठक, संघीय समाजवादी फोरमका अजय ठाकुर हजाम, नेकपा मालेका डम्बर श्रेष्ठ, देशभक्त जनगणतान्त्रिक मोर्चाका टंकनाथ रेग्मी र नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुलाल प्रतिस्पर्धामा छन् । यसैगरी स्वतन्त्रबाट प्रवेश अधिकारी, विजयराज घिमिरे, भरत बोहरा, टंक बास्तोला, हरिप्रसाद दाहाल र भगवती प्रसाईंको उम्मेदवारी छ । यस क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ र माडी नगरपालिकाका सबै वडा पर्दछन् । माडीका चार गाविस मिलेर माडी नगरपालिका बनेको हो । भरतपुर उपमहानगरपालिकामा यस अघि नारायणी र चितवन नगरपालिका गाभिएर महानगर बनेको हो । पछि थपिएका दुवै नगरपालिका क्षेत्र नं ३ मा पर्दछन् । भरतपुर महानगरपालिकाका वडा नं ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा क्षेत्र नं ३ मा पर्छ । जिल्लामा कूल मतदाता तीन लाख ५४ हजार ३६ रहेको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार एक लाख ८४ हजार ६८ जना महिला र एक लाख ६९ हजार ९६७ जना पुरुष मतदाता छन् । निर्वाचनका लागि क्षेत्र नं ३ मा ६२ मतदानस्थल तय गरिएको छ जहाँ १४९ मतदान केन्द्र रहेका छन् । जिल्लामा १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies