Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कहाँ को-को माथि भए बम आक्रमण ? : सुरक्षा चुनौती

\"\"काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा विभिन्न ठाँउमा भएका श्रृङखलाबद्द बम अाक्रमण लगातार बढ्दै गएका कारण जनतामा त्रास बढेकाे छ ।
बम प्रहारले केही नैराश्यता छाएको छ। उम्मेदवार र मन्त्रीलाई लक्षित गरी बम प्रहार हुन थालेपछि आगामी मंसिर १० र २१ मा हुने निर्वाचन कति सुरक्षित छ भन्ने प्रश्न उठ्नु थालेकाे छ । गत कार्तिक २४ – रुकुमबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि बम प्रहार भयाे ।
त्यसपछि कार्तिक २५ गते रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि एम्वुस प्रहार लगतै कार्तिक २६ गते उनीमाथि दोस्रो पटक बम आक्रमण भयाे । कार्तिक २८ गते भोजपुरका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वसञ्चारमन्त्री, एमाले नेता शेरधन राईमाथि बम प्रहार भयाे ।
कार्तिक २८  गते संखुवासभामा बाम गठबन्धनका उम्मेदवार राजेन्द्र गौतम र पूर्णप्रसाद राईलाई लक्षित गरी बम प्रहार ।कार्तिक ३० सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा बम प्रहार । कार्तिक ३० माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी बम विष्फोट भएका छन ।
यसरी श्रृङखलाबद्द बम प्रहारका घटनामा नेकपा माअाेवादी नेत्र विक्रम चन्द विप्लप नेतृत्वको सहभागिता रहेको बताईएकाे छ । तर बम प्रहारका सबै घटना नेकपा दाेषी नभएकाे उसले जनाएकाे छ । राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाँठाले सुनियाेजित ढंगले अाफ्नाे पार्टीकाे बदनाम गर्ने उदेश्यले कुनै शक्तिनै लागेकाे उनले बताएका छन् ।
उनले भने नेकपा माअाेवादीकाे नाममा तेस्रो पक्षले फाइदा उठाईरहेको छ । उनले दाबी गरे। यता नुवाकोटका प्रतिनिधिसभा १ सदस्यका उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका नेता डा. रामशरण महतमहतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा बम आक्रमण भएको छ ।
ककनी–५, काउलेथामा भएको आक्रमणमा ३ जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । यसरी उम्मेदवारहरुमाथि शृंखलाबद्ध बम हमलाबाट अप्रिय घटना नभए पनि वर्तमान सरकार सुरक्षामा गम्भीर नभएको अावाज उठ्न थालिसकेकाे छ ।
मतदानमा सहभागी हुने जनताले खतरामुक्त छौँ भन्ने विश्वास महसुश गर्न गाह्राे भएकाे बेला उता निर्वाचन आयोगले भने निष्पक्ष र भयरहित वातावरण बनाउन सरकारलाई आग्रह गर्दै आएको छ। शान्त, भय रहित बातावरणमा चुनाव गराउन सरकार जिम्मेवार बन्नै पर्छ भन्ने जनसुझाव अाएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies