Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

जनयुद्धका घाइतेको शरिरको गोली निकाल्छाैं : अोली

\"\"भरतपुर । बाम गठबन्धनका शीर्ष नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा स्थिरता र समृद्धिको युग आउने बताएका छन् । बुधबार स्याङ्जाको पुतलीबजार, स्याङ्जाको वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुश्मा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले उक्त कुरा बताएका हुन् । सभालाई सम्बोधन गर्दै नेताहरुले पुसको पहिलो साता बामपन्थीको बहुमतको सरकार बन्ने बताए । चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘नेपाल जहिले पनि राजनीतिक अस्थिरताको भूमरिमा फस्यो। २००७ सालदेखिको राजनीतिक स्थिरता र विकासको चाहना अधुरै रह्यो। हामी त्यसको अन्त्य चाहन्छौं, समृद्ध नेपाल चाहन्छौं, संविधानमा व्यवस्था भएको समाजवादको यात्रामा अघि बढ्न चाहन्छौ । अहिले कांग्रेसका नेताहरुले सेन्टिमेन्टमा आएर बिपीले समाजवाद भने भन्न थालेका छन् । बिपीले आवेशमा समाजवाद भनेका थिएनन्। कांग्रेस बिपीको आदर्शबाट नराम्रोसँग चिप्लिएको छ।’ ‘हामी कम्युनिष्ट मिल्दा कांग्रेसका नेताहरु आत्तिनुपर्ने कुनै कारण छैन। तपाईहरु पनि महन्त ठाकुर, राजेन्द्र महतोहरुलाई मिलाउनुस् । नेपालमा धेरै पार्टी आवश्यक छैन’ गल्कोटमा आयोजित सभामा प्रचण्डले भने– ‘नेपालमा कम्युनिष्ट र कांग्रेसबीच लोकतान्त्रिक प्रतिस्पर्धा गरौं, विकास र समृद्धिका लागि प्रतिस्पर्धा गरौं। राजनीतिक स्थिरता र स्थिर सरकारका लागि प्रतिस्पर्धा गरौं। के त्यसमा तपाईहरु डराउनु भएको हो ? आत्तिएको हो ? तपाईहरुले नेपालमा धेरै वर्ष शासन गरे । तर, राष्ट्रिय उद्योगहरु कौडीको मूल्यमा बेचिए। विकास आयोजना ठप्प भए। अहिले आएर फेरि राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी रोके । चुनावमा यसको मूल्य तपाईहरुका लागि चर्कै पर्नेछ।’ ‘गिरिजाबाबु जीवित भएको भए हलो बोकेर हिड्नु हने थिएन। राजावादी पार्टीलाई काँधमा बोक्ने थिएन । अहिलेको कांग्रेसले गिरिजाको आदर्श विर्स्यो’ प्रचण्डले भने– ‘कांग्रेसको गणतन्त्रप्रतिको निष्ठा कमजोर हुँदैछ । नेताहरुले समाजवादी आदर्शमाथि हमला गर्दैछन्, यो कांग्रेस सक्किने लक्षण हो । तपाईहरुले पचासौं वर्ष देशमा शासन गर्नुभयो। एकपटक कम्युनिष्टको पूर्ण बहुमतको शासन हेर्नुस्, हामी देशलाई नयाँ युगमा लैजान्छौं। हामी लोकतान्त्रिक प्रणालीबाटै जान्छौं, अधिनायकवाद तपाईहरुको भूत मात्र हो ।’ चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धका घाइतेहरुका शरिरका गोली बामपन्थी सरकारले निकाल्ने बताए । ‘तपाईहरुले परिवर्तनका लागि लडाई लड्नुभयो । जनयुद्ध र जनआन्दोलनमा तपाईहरुले गरेको योगदानको म सम्मान गर्छु’ गल्कोटमा आयोजित चुनावी सभामा ओलीले भने, जनयुद्ध लडेका साथीहरुले चिन्ता नलिनुस्, तपाईहरुको शरिरका गोली हामी निकाल्छौं। रोजगारीको वातावरण सिर्जना गर्छौं, तपाईहरुले गरेको त्याग र बलिदानको सम्मान गर्छौं।’ ‘पुसको पहिलो हप्ता बामपन्थी सरकार बन्छ। हामी त्यसैका लागि देशव्यापी अभियानमा छौं। बामपन्थी सरकारलाई कसैले रोक्नै सक्दैनू कुश्मा बजारमा अध्यक्ष ओलीले भने– ‘अब नेपालमा राजनीतिक स्थिरताको युग सुरु भयो, समृद्धिको युग सुरु भयो। कम्युनिष्टहरुको एकता कसैले रोक्न सक्दैन। हामी नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाएर देखाउँछौं । चुनावपछि एमाले र माओवादीको पुच्छर हटाउँछौं, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउँछौं ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies