Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कृष्ण सिटाैलाहुँदै राम कार्कीदेखि विश्वप्रकाश शर्माको चुनावी मुद्दाः ‘हात्ती नियन्त्रण’

[caption id=\"attachment_162896\" align=\"alignleft\" width=\"750\"]\"\" राम कार्की र विश्वप्रकाश शर्मा[/caption]

काँकडभिट्टा । झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ ।

झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा हात्ती प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका छन् । हात्तीले मान्छे मारेको र भौतिक सम्पत्तिमा क्षति पु¥याइरहेको आधारमा विश्लेषण गर्दा झापाका पाँचवटा संघीय र १० वटा प्रादेशिक निर्वाचन क्षेत्रमध्ये तीनवटा संघीय र सातवटा प्रादेशिक एकाइ हात्ती समस्याको चपेटामा छन् । हात्ती समस्याबाट झापा क्षेत्र नं १, २ र ३ पूर्णरुपमा प्रभावित छन् । यस क्षेत्रमा एकलाख नौहजार ६७६ मतदाता बसोबास गर्दै आएका छन् । झापा–१ मा मेचीनगरको पूरै भाग, भद्रपुरको ९ र १० नं वडा र बुद्धशान्तिको ४, ५, ६ र ७ नं वडा पर्दछन् । हात्तीपीडित भनी परिचित बाहुनडाँगी समेत हाल मेचीनगरमै पर्छ । जिल्ला वन कार्यालयको तथ्यांक हेर्ने हो भने २०६९ सालयता हात्ती आक्रमणबाट झापा–१ मा ९ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेमा शान्तिनगरका अशोक तामाङ, लालबहादुर रानामगर, गोपीलाल विक र धनबहादुर राई रहेका छन् भने बाहुनडाँगीका असली राई, लक्ष्मी रम्तेल सार्की र मनोहरि ढुंगेल छन् । यसैगरी, धाइजनका शुक्र कुँवर र मेचीनगरका डम्बरबहादुर कुँवरको पनि हात्तीको आक्रमणमा मृत्यु भइसकेको छ । पछिल्लो अध्ययनले झापामा सबैभन्दा बढी हात्तीपीडित क्षेत्रको रुपमा झापा–३ देखिएको छ ।

झापा-१ मा राम कार्की कि विश्वप्रकाश शर्मा ? 

यस क्षेत्रका भद्रपुर, हल्दिबारी, बाह्रदसी र कचन कबल हात्ती समस्याको चर्को पीडा व्यहोरिरहेका छन् । यहाँ एकलाख १४ हजार ५८६ मतदाताको बसोबास रहेको छ । यस क्षेत्रमा २०६९ यता १३ जना मानिस हात्तीबाट मारिएको जिल्ला बन कार्यालयको तथ्यांकले देखाउँछ । मृत्यु हुनेमा पृथ्वीनगरका आशामाया राई, दुर्गाप्रसाद पाण्डे, गुनमाया बस्नेत, ज्ञानबहादुर चाम्लिङ, मङ्गलवीर तामाङ र देवीकुमार राई रहेका छन् भने भद्रपुरका बालमाया लिम्बू, शर्मिला लिम्बू र दुर्गा कटुवाल रहेका छन् । यसैगरी, कचन कबलका मनराज केरुङ, हल्दिबारीका रतिलाल मेचे, बनियानीका भवानीप्रसाद घिमिरे र बालुबाडीका बजारी राजवंशीको हात्तीको आक्रमणमा मृत्यु भएको हो । झापा–२ मा एकलाख १४ हजार तीन मतदाताको बसोबास छ । तीमध्ये दुई तिहाइ अर्थात् ७५ हजारभन्दा केही बढी मतदाता हात्तीको समस्या व्यहोरिरहेका छन् । २०६९ सालयता यस क्षेत्रमा हात्तीको आक्रमणमा परी आठजनाको ज्यान गइसकेको छ । मृत्यु हुनेमा बुधबारेका माया लिम्बू, गणेशबहादुर भुसाल, लक्ष्मीप्रसाद पौडेल र कृष्णमाया मगर रहेका छन् भने अर्जुनधाराका रामचन्द्र बोगटी, गरामनीका जयनारायण अधिकारी, गरामनीकै दिलबहादुर मगर र खुदुनाबारीका सावित्रा ओझाको पनि हात्तीकै आक्रमणमा मृत्यु भएको छ । झापा–४ मा दुईजना (रनमाया मगर र झुमादेवी भट्टराई) र झापा–५ मा एकजना धनमाया कार्की (दमक)को हात्तीको आक्रमणमा मृत्यु भएको वन कार्यालयले जनाएको छ । झापा–४ र ५ को केही उत्तरी भेगमा कहिलेकाहीँ हात्तीले दुःख दिने गरेपनि अन्य क्षेत्रको तुलनामा त्यहाँ पीडा न्यून नै छ । झापाको आधा भूगोल नै हात्ती समस्याबाट लपेटिएको अवस्थामा आम मतदाताको मुख्य सरोकार हात्ती नियन्त्रण हुनु र दलहरुले यसलाई चुनावी मुद्दा बनाउनु स्वाभाविक भएको मानव—हात्ती द्वन्द्व न्यूनीकरणमा लामो समयदेखि काम गर्दै आउनुभएका बाहुनडाँगीस्थित प्रकृति संरक्षण समाजका अध्यक्ष नीरज घिमिरे बताउँछन् । “राष्ट्रिय सरोकारका चुनावी मुद्दा अरु नै छन्, तर झापाको आधा भूगोलको स्थानीय मुख्य सरोकारको मुद्दा ‘हात्ती नियन्त्रण’ नै हो”, साविक बाहुनडाँगी गाउँ विकास समितिका पूर्व अध्यक्ष निलकण्ठ तिवारी समेत बताउँछन् । पूर्व जनप्रतिनिधि तिवारीले हात्ती समस्यालाई चुनावी नारा मात्रै नबनाउन र दिगो समाधानको खोजीमा लाग्न दलहरुलाई आग्रह गरेका छन् । झापा–१ मा नेपाली काँग्रेसका नरेन्द्रविक्रम नेम्वाङ र नेकपा (एमाले)का रविन कोइरालाले यसअघिको चुनावमा सांसद बन्न हात्ती नियन्त्रणको मुद्दालाई चुनावी नारा बनाएका थिए । हाल प्रतिनिधिसभामा उम्मेदवार बनेका वाम गठबन्धनका राम कार्की र नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा दुवैले हात्ती नियन्त्रणको विषयलाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका छन् । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला उम्मेद्वार रहेको मुलुककै चर्चित निर्वाचन क्षेत्र झापा–३ मा समेत राष्ट्रिय मुद्दालाई हात्ती नियन्त्रणको स्थानीय मुद्दाले चुनावमा स्थान पाएको छ । पृथ्वीनगर, भद्रपुर, हल्दिबारी र कचन कबलजस्ता क्षेत्रमा लगातार हात्तीले जनधनको ठूलो क्षति पु¥याइरहेको छ । “हात्ती नियन्त्रणको कुरा नगरे भोट नपाइने बुझेरै दलहरुले यसलाई चुनावी मुद्दा बनाउन थालेका हुन्”– भद्रपुरस्थित नागरिक एफएममा कार्यरत पत्रकार गोपाल गिरीको धारणा छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका कामको जस लिने होडबाजी समेत दलहरुले गर्न थालेका छन् । झापाको साविक जिल्ला विकास समितिले बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि पहिलोपल्ट रु ३० लाखको बजेटमा सुरुङ बार बनाएको थियो भने त्यसअघि लाखौँको खर्चमा मचान निर्माण गरिएका थिए । हाल विश्व बैंकको रु एक करोडभन्दा बढीको सहयोगमा विद्युतीय तारबार भएका कारण बाहुनडाँगीमा एक वर्षयता हात्तीको समस्या न्यूनीकरण भएको छ । यसै आर्थिक वर्षमा हात्ती नियन्त्रणका लागि भनेर झापामा नेपाल सरकारले रु आठ करोड आठलाखको बजेट छुट्याएको छ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण परियोजनाअन्तर्गत दक्षिण झापाको जलथलदेखि उत्तरी झापाको बाहुनडाँगीसम्म नै सोलार फेन्सिङ (सौर्य विद्युत बार) र करिडर निर्माण गर्नका लागि नेपाल सरकारले हालै सो बजेट विनियोजन गरेको हो । बजेट आइपुग्न बाँकी रहेपनि नेताहरुले भने त्यो बजेटका बारेमा प्रचार गरेर भोट तान्ने प्रयास गरिरहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies