Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

खुलासाः यस्तो छ वर्षमान र जनार्दनमाथि बम आक्रमणको रहस्य

\"\"काठमाडौं । निर्वाचन गतिबिधिमा सक्रिय रहेकै बेला नेकपा माओवादी केन्द्रका नेता एवं रोल्पा र रुकुम(पुर्व) का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुन र जनार्दन शर्मामाथि केही दिन अघि बम प्रहार भयो । सुरु देखि नै निर्वाचनको बिरुद्धमा लागेको नेत्र बिक्रम चंद विप्लवको नेतृतवको नेकपाले उक्त प्रहार गरेको प्रहरीले जनाएको छ । हाल सम्म सो घटनाको औपचारीक जिम्मा भने नेकपाले लिएको छैन । निर्वाचन घोषणा भएदेखि नै नेकपाले यो निर्वाचनलाइृ संसदिय दलहरुको देश लुट्ने प्रपञ्च भन्दै निर्वाचन हुन नदिने खालका अभिव्यक्ति दिँदै आएको थियो । वर्षमान र जनार्दन नै किन परे निशानामा ? संसदिय राजनीतिको उग्र बिरोध गर्ने नेकपाले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन भाँड्ने रणनीति बनाएको नेकपाका एक सचिवालय सदस्यले खबरडबलीलाई बताए । उनका अनुसार निर्वाचन अगावै शीर्ष नेताहरुको निर्वाचन क्षेत्रमा आतंक सिर्जना गर्ने र केही ठाउँमा निर्वाचन हुन नदिने नेकपाको नीति थियो । सरकारले निर्वाचनको घोषणासँगै नेकपाका कार्यकर्तामाथि निगरानी बढाएपछि आफ्नो योजना सफल नहुने निष्कर्ष निकालेका विप्लवले रुकुम र रोल्पाको निर्वाचन सफल हुन नदिने योजना बनाए । खासगरि माओवादीको आधार ईलाकाको रुपमा चिनिने रोल्पा र रुकुममा आफ्नो गतिबिधि बढाउन सहज हुने देखेपछि उनको नजारमा सो ठाउँ परेको हो । देशभर रहेका आफ्ना कार्यकर्तालाई रोल्पा र रुकुममा केन्द्रति गर्ने र आफ्ना गतिबिधि अगाडि बढाउने नेकपाको योजना थियो । रोल्पा र रुकुममा कुनैपनि हालतमा निर्वाचन हुन नदिने विप्लवको योजना छ । सो जिल्लालाई निर्वाचन बहिष्कारको नमुना जिल्लाका रुपमा चिनाउने र आफ्नो गतिबिधिलाइृ झनै सशक्त पार्ने विप्लवको चाहाना थियो । सोही योजना अनुरुप रोल्पा र रुकुममा आक्रमण भएको नेकपाका सचिवालय सदस्यले बताए । उनका अनुसार वर्षमान र जनार्दनमाथि नै आक्रमण गर्ने नीति भने नेकपाको होइन । रोल्पा र रुकुमको निर्वाचन भाँड्ने र सो ठाउँमा आफ्नो प्रभाव जमाउने नेकपाको नीति अनुरुप उम्मेदवारमाथि गोलि चलाइएको उनले बताए । ‘अनन्त र प्रभाकरमाथि गोलि चलाउने हाम्रो उद्देश्य होइन,’ सचिवालय सदस्यले भने, ‘उम्मेदवारको मनोवल गिराउने हाम्रो नीतिको निशानामा उनीहरु परे ।’ उम्मेदवारमाथि प्रहार गरेर जनमानसमा आतंक सिर्जना गर्ने र निर्वाचन हुन नदिने नीति विप्लवको थिायो उनी सरकार र राजनीतिक दललाई आफ्नो प्रभाव देखाउन चाहान्थे । सो घटनापछि सरकारले सुरक्षा सतर्कता बढाएको छ ।      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies