/  Mon, November 20, 2017

पुनर्वासका मेयर पदका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

पुनर्वास । स्थानीय तह निर्वाचनमा फोरम लोकतान्त्रिकबाट पुनर्वास नगरपालिकाको प्रमुख (मेयर) पदका उम्मेदवार झुठा राना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि कांग्रेस प्रवेश गरेका राना कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपयुक्त नभएको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आसन्न चुनावमा नेपाली कांग्रेसबाट कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिवानसिंह विष्टले यसअघि जितेर पनि केही गर्न नसकेकाले वाम गठबन्धनकी उम्मेदवार बिना मगरललाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको रानाले बताए । ‘दक्षिणी क्षेत्रको विकास गर्न अब कांग्रेसका नेताबाट सम्भव छैन । वाम गठबन्धनले मात्रै विकासबाट वञ्चित क्षेत्रको प्रगति गर्न सक्ने भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको हुँ,’ उनले भने ।

कांग्रेससँग फोरम लोकतान्त्रिकको पार्टी एकीकरणपछि कांग्रेस नेता बनेका राना माओवादीमा प्रवेश गर्दा कांग्रेसलाई पुनर्वास क्षेत्रमा धक्का लागेको छ । एकपछि अर्काे गर्दै स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्न थालेपछि १ नम्बर क्षेत्रमा बिना मगर लगायत वाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले जित्ने माहौल बन्दै गएको माओवादी केन्द्रले दावी गरेको छ ।

तत्कालीन फोरम लोकतान्त्रिकको विद्यार्थी संगठनकी केन्द्रीय सदस्य द्रोपति राना समेत माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । ‘अघिल्लो निर्वाचनमा पराजित भएर पनि दक्षिणी क्षेत्रको विकासका लागि बिना मगर निरन्तर सक्रिय रहेकाले बिना दिदीबाट प्रभावित भएर माओवादी केन्द्रमा प्रवेश गरे,’ उनले भनिन्, ‘यसअघि चुनाव जितेर गएका नेताले दक्षिणी क्षेत्रको तीब्र विकास गर्न नसकेकाले यसपालि बिना मगरलाई जिताउने अभियानमा सबै आवद्ध हुनुपर्छ ।’

पुनर्वास नगरपालिकामा कांग्रेसका सक्रिय सदस्य फणिन्द्रराज सापकोटा, मदन उपाध्याय, गोपाल कुँवर, धिरेन्द्र विष्ट, लक्ष्मण जोशी, राप्रपाका स्थानीय नेता हरि रोकाया र विद्यार्थी नेता शान्ति जोशी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कात्तिक २८ गते, २०७४ - १९:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देही जिल्लालाई पाँच वर्षमा समृद्ध बनाउँछु : मन्त्री बोहोरा

रुपन्देही जिल्लालाई पाँच वर्षमा समृद्ध बनाउँछु : मन्त्री बोहोरा

बुटवल । स्वास्थ्य मन्त्री दीपक बोहोराले रुपन्देहीलाई नेपालकै नमुना जिल्ला बनाउने उद्घोष गरेका छन्...   
मतदाता शिक्षा सामग्री लुटिए

मतदाता शिक्षा सामग्री लुटिए

बागलुङ । निसीखोला गाउँपालिका–३ मा चारजनाको अपरिचित समूहले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेको...   
काल पर्खनेहरु नेता हुन् सक्दैनन् : प्रचण्ड

काल पर्खनेहरु नेता हुन् सक्दैनन् : प्रचण्ड

मंसीर । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिन काट्ने काल पर्खनेहरु...   
चुनाव लगत्तै पार्टी एकता : अध्यक्ष अाेली

चुनाव लगत्तै पार्टी एकता : अध्यक्ष अाेली

मंसीर । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अाेलीले चुनाव लगत्तै एमाले र माअाेवादी बीच...   
प्रहरी र बम राख्ने समूहबीच भिडन्त

प्रहरी र बम राख्ने समूहबीच भिडन्त

भोजपुर । षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको...   
कांग्रेस नगर समिति सदस्यको दुर्घटनामा मृत्यु

कांग्रेस नगर समिति सदस्यको दुर्घटनामा मृत्यु

दमक । नेपाली कांग्रेस गौरादह नगर समिति सदस्य कुलदाश शिवाकोटीको सडक दुर्घटनामा परेर निधन भएको छ । गौरादह–१...   
बम फिस्फोट गराउने अपराधी हुन् : महरा

बम फिस्फोट गराउने अपराधी हुन् : महरा

रोल्पा । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले बम विस्फोट...   
चेला अनन्तलाई भोट माग्न गुरु महरा रोल्पामा

चेला अनन्तलाई भोट माग्न गुरु महरा रोल्पामा

रोल्पा । नेकपा (माओवादी केन्द्र) वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरा अर्का वरिष्ठ नेता...   
निर्वाचन आयोग स्तब्ध

निर्वाचन आयोग स्तब्ध

काठमाडौं । निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त...   
नासुविरुद्ध मुद्दा

नासुविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासुु ईश्वरीप्रसाद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top