/  Mon, November 20, 2017

एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा सो पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई तोकिएका छन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक सूचना सम्पे्रषन र सञ्चार समन्वयका लागि रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित परिचालन कमिटीको आजको बैठकले नेता रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

बैठकले निर्वाचनका क्रममा समन्वय गर्न विभिन्न नेतालाई पनि जिम्मेवारी तोकेको छ । निर्वाचन आयोगतर्फ पोलिटब्यूरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ केन्द्रीय सदस्य युवराज कार्कीलाई जिम्मेवारी तोकेको छ ।

त्यसैगरी बैठकले प्रेस चौतारी नेपालका अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेतलाई परिचालन कमिटी सदस्यमा थप गरेको छ ।

बैठकले सबै निर्वाचन क्षेत्रमा हुनसक्ने सम्भावित घटनाप्रति चनाखो रहँदै जनतालाई भ्रमित पार्ने प्रकारका गतिविधिप्रति सचेत रहन कार्यकर्तामा आह्वान गर्दै विभिन्न जिल्लामा भइरहेको आक्रमण र निर्वाचन आचारसंहिता विपरीतका कामप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको जनाएकोछ ।

कात्तिक २८ गते, २०७४ - १९:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देही जिल्लालाई पाँच वर्षमा समृद्ध बनाउँछु : मन्त्री बोहोरा

रुपन्देही जिल्लालाई पाँच वर्षमा समृद्ध बनाउँछु : मन्त्री बोहोरा

बुटवल । स्वास्थ्य मन्त्री दीपक बोहोराले रुपन्देहीलाई नेपालकै नमुना जिल्ला बनाउने उद्घोष गरेका छन्...   
मतदाता शिक्षा सामग्री लुटिए

मतदाता शिक्षा सामग्री लुटिए

बागलुङ । निसीखोला गाउँपालिका–३ मा चारजनाको अपरिचित समूहले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेको...   
काल पर्खनेहरु नेता हुन् सक्दैनन् : प्रचण्ड

काल पर्खनेहरु नेता हुन् सक्दैनन् : प्रचण्ड

मंसीर । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिन काट्ने काल पर्खनेहरु...   
चुनाव लगत्तै पार्टी एकता : अध्यक्ष अाेली

चुनाव लगत्तै पार्टी एकता : अध्यक्ष अाेली

मंसीर । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अाेलीले चुनाव लगत्तै एमाले र माअाेवादी बीच...   
प्रहरी र बम राख्ने समूहबीच भिडन्त

प्रहरी र बम राख्ने समूहबीच भिडन्त

भोजपुर । षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको...   
कांग्रेस नगर समिति सदस्यको दुर्घटनामा मृत्यु

कांग्रेस नगर समिति सदस्यको दुर्घटनामा मृत्यु

दमक । नेपाली कांग्रेस गौरादह नगर समिति सदस्य कुलदाश शिवाकोटीको सडक दुर्घटनामा परेर निधन भएको छ । गौरादह–१...   
बम फिस्फोट गराउने अपराधी हुन् : महरा

बम फिस्फोट गराउने अपराधी हुन् : महरा

रोल्पा । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले बम विस्फोट...   
चेला अनन्तलाई भोट माग्न गुरु महरा रोल्पामा

चेला अनन्तलाई भोट माग्न गुरु महरा रोल्पामा

रोल्पा । नेकपा (माओवादी केन्द्र) वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरा अर्का वरिष्ठ नेता...   
निर्वाचन आयोग स्तब्ध

निर्वाचन आयोग स्तब्ध

काठमाडौं । निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त...   
नासुविरुद्ध मुद्दा

नासुविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासुु ईश्वरीप्रसाद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top