/  Tue, July 17, 2018

उम्मेदवार सवार गाडीमाथि बम प्रहार

संखुवासभा । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बम प्रहार भएको हो ।

एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन । अहिले सदरमुकाम खाँदबारीमा सुरक्षा समितिको बैठक बसिरहेको छ । अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घण्टाको पैदल दूरीमा पर्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ ।

कात्तिक २८ गते, २०७४ - १४:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रणवीरकाे फिल्म ‘संजू’काे कमाइले अहिलेसम्मका रेकर्ड ताेड्याे

रणवीरकाे फिल्म ‘संजू’काे कमाइले अहिलेसम्मका रेकर्ड ताेड्याे

रणवीर कपूरको फिल्म ‘संजू’ ले हालसम्म कयौँ रेकर्ड बनाइसकेको छ । फिल्मले १७ दिन पछि पनि बक्स अफिसमा आफ्नो...   

गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन

काठमाडाैं । सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको...   

कति परे प्रेस काउन्सिलमा अहिलेसम्म उजुरी ?

सुशील दर्नाल  । काठमाडौँ, ३२ असार  । विसं २०७३ मंसिरमा ‘जनआह्वान’ साप्ताहिकमा प्रकाशित ‘टेलिकम डुबाउने...   

नयाँ राजदूतहरूकाे सफारिससहित मन्त्रीपरिषद बैठकले गर्याे यस्ता निर्णय

काठमाडाैं । सरकारले भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई...   

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी खर्च सार्वजनिक

काठमाडौँ, ३२ असार । नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा...   
बन्दाका फाइदा कति कति !

बन्दाका फाइदा कति कति !

बन्दा एक बहुउपयाेगी तरकारी हाे । यसमा कैयौं औषधीय गुण हुन्छन् । तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग...   
किस गर्न संसारभरका मानिस यो स्थानमा आउँछन्

किस गर्न संसारभरका मानिस यो स्थानमा आउँछन्

प्रेम गर्नका लागि कुनै समय हुँदैन साथै कुनै स्थानको पनि जरुरत पर्देन । जहाँ मनमा प्रेम भाव आयो त्यहि...   

तीन रेलमार्गको डिपिआर बन्दै, कुन कुन हाेलान् ?

काठमाडाैं । मन्त्रालयका अनुसार मेची महाकाली विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)...   

यी नदीहरुमा तत्काल जल यातायात संचालन हुने गरी छलफल सुरु

काठमाडौं । नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे छलफल सुरु भएको छ । नेपाल–भारतबीच नेपालमा जल...   

‘राजनीतिक विद्रोहको चरण समाप्त भएकाले अब सरकार समृद्धि र रुपान्तरणको दिशामा”

काठमाडौँ, ३१ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top