Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

प्रहरीको गोप्य रिर्पोटः यी नेता खतरामा (सूचीसहित)

\"\"काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा आक्रमणको श्रृखलाहरु बढ्दै गएका छन् । देशका बहालवाला मन्त्रीमाथि नै दिनदहाडै बम प्रहार भइरहँदा गृहमन्त्रीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सुरक्षा निकायकै बिफ्रिङ सुन्नेसमेत फुर्सद छन् । यो पटकको निर्वाचनमा सबैभन्दा बढी निशानामा नेकपा माओवादी केन्द्रका नेताहरु रहेका छन् । उनीहरुलाई माओवादीबाटै फुटेका घटकहरुले पनि पहिलो निशाना बनाइरहेका छन् । त्यसो अन्य दलका गुण्डालगायत अन्य आक्रमणको निशानामा पनि माओवादी नेताहरु परेका छन् । विशेषगरि पहाडी जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र तराईमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा सक्रिय छ । यो सँगै तराईमा डा. सिके राउतका कार्यकर्ता पनि सक्रिय छन् । नेपालमा अवाञ्छनीय गतिविधि, देश टुक्राउने धम्की दिने र हतियार उठाउने बताउँदै देशको राजनीति र सुरक्षा अवस्था खल्बल्याउन विप्लव, गोइत र सिकेका कार्यकर्ताहरू सक्रिय छन् । तराईमा डा सिके राउत र पहाडमा विप्लव नेतृत्वको पार्टीलाई निस्तेज पार्ने प्रहरीले केहि समयअघि अप्रेसन पनि शुरु गरेको थियो, तर उक्त अप्रेशन सफल हुन भने सकेन् । तराईमा हिंस्रक र विखण्डनकारी गतिविधि सिके समूह, गोइत समूह र तराईकै अन्य हतियारधारी भूमिगत समूह र राजनीतिको आडमा हतियार उठाउने धम्की दिएको विप्लवहरुले सुरक्षा अवस्था खल्लल्याएको भन्दै प्रहरीमा रिर्पोटिङ छ, तर गृहमन्त्रीसमेत सम्हालेका प्रधानमन्त्री देउवाको व्यवस्तताको कारण बिफ्रिङ सुन्ने फुर्सदसमेत छैन् । विभिन्न ठाउँमा निर्वाचन विरोधि गतिविध गर्ने उक्त मोर्चा र पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ । पहाडमा विप्लव, तराई मधेसतिर सिकेले अन्य हतियारधारी समूहसँग साँठगाँठ बढाएर अबको दिनहरुमा उनीहरुले खतरापूर्ण स्थिति आउनसक्ने भएकाले बेलैमा सुरक्षा चुनाैती थपिएको एक प्रहरी अधिकृतले खबरडबलीलार्इ जानकारी दिए । त्यसोत शुक्रवार मध्ये दिनमै माओवादी नेता तथा वहालवाला मन्त्री जनार्दन शर्माको गाडीमाथि बम प्रहार भएको थियो । शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभाको उम्मेद्वार रहेका प्रभावशाली नेता शर्मामाथि विशेषत माओवादीबाटै फुटेर गएका नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्ताहरुले पहिलो निशाना बनाइरहेका छन् । उर्जामन्त्री भएका बेला देशको राजधानी काठमाडौंमा लोडसेडिङ अन्त्य गरेर र उर्जा क्षेत्रमा अन्य काम गरेर चर्चा बटुलेका बहालवाल मन्त्री शर्मामाथि नै दिउँसै बम प्रहार हुने देशको सुरक्षा अवस्थाप्रति जो कोहिले पनि औंला उठाउन सक्छ । त्यस्तै माओवादी केन्द्रका अर्का प्रभावशाली नेताका रुपमा चिनिने पूर्वमन्त्रीसमेत रहेका बर्षमान पुन ‘अनन्त’लाई लक्षित गरेर एम्बुस थापिएको थियो । रोल्पाबाट प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेद्वार रहेका पुन चढेको गुडिरहेको गाडीमा सामान्य क्षति भएको छ । पुन चढेको गाडी कटेलगत्तै एम्बुस विस्फोट भएकाले मानविय क्षती हुन पाएन । पुनसँगै गाडीमा प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार जयपुरी घर्ती, रोल्पाको प्रदेशसभा २ ‘ख’बाट वामपन्थीका साझा उम्मेदवार दीपेन्द्र पुन थिए । रोल्पाको घर्तीगाउँ र ओटको बीचमा पर्ने भिटाबाङमा एम्बुस विस्फोट गराएको थियो । रोल्पालगायत ठाउँमा विप्लवका कार्यकर्ताहरु अलि सक्रिय छन् । शुक्रवार शनिवार दिउँसै दुई मन्त्री र पूर्वमन्त्री माथि बम र एम्बुस विस्फोट हुनुले पनि देशको सुरक्षा अवस्था कस्तो छ भनेर जो कोहिले पनि सहजै अन्दाज गर्न सक्छ । नजिकिँदै गएको निर्वाचनको मुखमा सुरक्षालाई मध्येनजर गर्दै प्रहरीले गृहमन्त्रीलाई सुरक्षा अवस्थाबारे जानकारी गराउन पाएको छैन् । सुरक्षा अवस्थाबारे जानकारी गराउन नपाउनुको कारण हो चुनावी दौडाहा रहेका गृहमन्त्रालयसमेत ओगटेका प्रधानमन्त्री देउवाको । नेताहरुमाथि दिउँसो बम बिस्फोट हुन थालेपछि खबरडबलीले प्रहरीका केहि सुत्रहरु किन देशमा सुरक्षा चुनौती थपिएको छ ? को–को नेता छन् प्रमुख निशानामा भनेर ‘फलो’ गरेका थियौं । ‘फलो’को र खबरडबलीले चाहेजस्तो सूचना नपाएपनि केहि महत्वपूर्ण सूचना हामीले पाएका छौं । प्रहरीका केहि सुत्रहरुबाट खबरडबलीले वाम गठबन्धनबाट उम्मेद्वार बनेका माओवादीका नेताहरु को निशाना छन् त्यो सूची पाएका छौं । माओवादीका उम्मेद्वाहरु को–को छन् प्रमुख निशानामा हेर्नुहोस् सूची गोरखा नारायणकाजी श्रेष्ठ अमर बहादुर गुरुङ सुनसरी डम्बर सुवेदी झापा सुरेन्द्रकुमार कार्की मोरङ शिवकुमार मण्डल सप्तरी अशोक कुमार मण्डल मोहमद सकिल मिया उमेश कुमार यादव सिरहा अजयशंकर नायक धनुषा मातृका प्रसाद यादव रामचन्द्र झा नवल साह रामसिंह यादव महोत्तरी गिरीराजमणि पोखरेल सर्लाही दिनेश राय यादव रौतहट सत्यनारायण भगत प्रभु साह देवेन्द्र पटेल पर्सा रहवर अन्सारी दोलखा विशाल खड्का रामेछाप श्यामकुमार श्रेष्ठ सिन्धुली हरिबोल गजुरेल सिन्धुपाल्चोक अग्निप्रसाद सापकोटा दावा तामाङ काभ्रेपलाञ्चोक गंगाबहादुर तामाङ भक्तपुर मिलन सुवाल नुवाकोट हितबहादुर तामाङ धादिङ शालिकराम जमरकट्टेल जगत सिम्खडा ललितपुर पम्फा भुसाल राजकाजी महर्जन चितवन पुष्पकमल दाहाल \'प्रचण्ड\' काठमाडौं अनिल शर्मा रुद्र बराइली झक्कुप्रसाद सुवेदी हितमान शाक्य तनहुँ हरिबहादुर चुमान बाग्लुङ देवेन्द्र पौडेल नवलपरासी पूर्व भविश्वर पराजुली कास्की दीपक कोइराला राजकाजी गुरुङ अर्घाखाँची टोपबहादुर रायमाझी प्यूठान कृष्णध्वज खड्का रोल्पा वर्षमान पुन रुकुम पूर्व कमला रोका पूर्ण बहादुर घर्ति पाल्पा वसन्त घर्ती नवलपरासी पश्चिम घनश्याम यादव कन्हैया कहार बर्दिया तिलकराम शर्मा सन्तकुमार थारु कपिलवस्तु चक्रपाणि खनाल जावेद आलम खान दाङ कृष्णबहादुर महरा डोल्पा वीरबहादुर शाही कालिकोट महेन्द्रबहादुर शाही दुर्गाबहादुर रावल सल्यान टेकबहादुर बस्नेत जाजरकोट शक्तिबहादुर बस्नेत रुकुम पश्चिम जनार्दन शर्मा रातो कामी गोपाल शर्मा सुर्खेत ठम्मरबहादुर बिष्ट विन्दमान विष्ट दैलेख धर्मराज रेग्मी डडेल्धुरा खगराज भट्ट बैतडी प्रेमप्रकाश भट्ट दार्चुला मानबहादुर धामी कञ्चनपुर विना मगर महेश दत्त जोशी कैलाली लेखराज भट्ट गौरीशंकर चौधरी नेपबहादुर चौधरी    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies