Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लेबनन छद्म युद्ध मैदान: टिलरसन

\"\"लेबननका प्रधानमन्त्री साद अल-हरिरिले साउदी अरेबियाको राजधानीमा आफ्नो राजीनामा घोषणा गरेको केही दिनपछि लेबननका हिज्बुल्लाह नेताले उनको देशमाथि युद्ध घोषणा गरेको आरोप लगाएका छन् ।

हसन नसरल्लाहले हरिरिको इच्छा विना साउदी अरेबियाले उनलाई रोकिराखेको बताए । हिज्बुल्लाह नेता नसरल्लाहले लेबननविरुद्ध इजरेललाई साउदी अरेबियाले उक्साएको आरोप पनि लगाए । साद अल-हरिरिले गत शनिवार साउदी अरेबियाबाट राजीनामा गरेका थिए । राजीनामा पछि उनले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । बीबीसीका मध्यपूर्व सम्पादक सेबाष्टियन अशर भन्छन् नसरल्लाहले सधैँ झैँ शान्त तरिकाले आफ्नो भनाइ राखेपनि त्यसले यो क्षेत्रलाई थप तताइदिएको छ । लेबननको परिस्थितिमाथि विश्व नेताहरुले प्रतिक्रिया दिइरहेका छन् । लेबननको स्वतन्त्रताप्रति अमेरिकी दह्रो समर्थन रहेको उल्लेख गर्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले लेबनन छद्म द्वन्द्वका लागि प्रयोग भएको हुनसक्ने भन्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो क्षेत्रमा नयाँ द्वन्द्वले भयावह परिणाम ल्याउन सक्ने बताए । बिहीवार फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले साउदी अरेबियाको आकस्मिक भ्रमण गरेर लेबननको स्थिरताको महत्त्वमाथि जोड दिएका थिए । बिहीवार साउदी अरेबिया र खाडीका अरु समर्थक राष्ट्रले आफ्ना नागरिकलाई लेबनन तत्काल छोड्न भनेका थिए । बीबीसीकी बारबारा प्लेट भन्छिन् साउदी अरेबियाले हरिरिलाई राजीनामा दिन बाध्य नपारेको भन्ने त्यहाँका विदेशमन्त्रीले अमेरिकी विदेश मन्त्रीलाई आश्वस्त तुल्याएका छन् । तर टिलरसनले हरिरिलाई देश फर्कन र कुरा बुझाउन भनेका छन् जसले गर्दा मुलुकको काम कारबाही अगाडि बढ्न सकोस् । टिलरसनको लेबनन् छद्म युद्धमैदान बनेको भन्ने प्रतिक्रिया मुख्यत: इरानप्रति लक्षित भएपनि त्यो साउदी अरेबियाप्रति पनि लक्षित छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies