Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रचण्डका चुनावी प्रतिस्पर्धी को हुन् बिक्रम पाण्डे ?

\"\"पछिल्लो समय चितवनको निर्वाचन क्षेत्र नं ३ मा बाम गठबन्धनबाट माओबादी अध्यक्ष कमरेड प्रचण्ड र काग्रेस राप्रपा गठबन्धनबाट बनमन्त्रि बिक्रम पाण्डेले उम्मेदवारी दिए सगै बिभिन्न खाले चर्चा परिचर्चा चलिरहेको छ । खास गरि पाण्डेको बिकासबादी नाराका को हवाला दिदै केहि कोणबाट भ्रम सिर्जना गर्न खोजिएको छ । भ्रम नं १ रेवा नदिको पुल पाण्डेले बनाएका हुन् बास्तबिकता : यो पुल नेपाल सरकारको टेण्डर सकार्दै पाण्डेको निर्माण कम्पनिले कालिका कन्ट्रकस्नले बनाएको हो । यो पुलको लागि लागि आवश्यक बजेट तात्कालिन माननिय अमिक शेरचनको मागमा बिनियोजित थियो । भ्रम नं २ माडीको बाटो बिक्रम पाण्डेले पिच गरेका हुन् । बास्तबिकता : ट्रिपल आर (rrr) कार्यक्रम अन्तर्गत एशियालि बिकास बैकंको सहयोगमा रेवा नदीको पुल देखि अयोध्यापुरी सम्मको बाटो ( ३ मिटर चौड़ा ) कालोपत्रे गरिएको थियो । बाटोलाई ३ खण्डमा बिभाजन १ खण्ड गरी बनकट्टा देखि बसन्तपुर सम्मको बाटो बिक्रम पाण्डेको कम्पनिले ठेक्का लिएको थियो । बाटो राम्ररी नबन्दै चिरा चिरा परेको र हिड्नै नमिल्ने गरी ध्वस्त भएकाले स्थानिय बासिन्दाले पाएको दु:ख अझै भुलेका छैनन् । निर्माण कार्य गर्न स्थानिय मगुई खोलाबाट निकालिएको गिटी बालुवाको रोयल्टी स्थानिय बफर्जोनले अझै पाएका छैनन् । भ्रम नं ३ बिधुत् पाण्डेले ल्याएका हुन् । बास्तबिकता : दशै पंचबर्षिय योजना अनितरगतको ग्रामीण बिध्दुतिकरण आयोजना असफल भैसके पछि पहिले अमिक शेरचनकै पहलमा पछिल्लो चरण संसद डिआर पौडेल र पुर्व सासंद तीर्थ भुषाल सहित राजनैतिक दलको दवावमा अन्डरग्राउण्ड रुपमा बिजुलिको तार बिछ्याईएको थियो । तात्कालिन उर्जा मन्त्रि प्रभाकर स्वयंको बिशेष निर्देशानुसार बिजुलि माडी भित्रियो र पाण्डे बाहेकका सबै सासंद र मन्त्रि को उपस्थितिमा त्यसको औपचारिक उद्धाटन गरियो । भ्रम नं ४ रेवा नदीको तटबन्धन र चक्रपथ बास्तबिकता : शिबद्धार होमस्टेले पेश गरेको कार्ययोजना अनुरुपनै चक्रपथ र भित्रि सडकको काम अगाडी बढ्यो । जलउत्पन्न मार्फ़त प्राप्त रेवा नदीको ड्याम निर्माणको बजेट फ़र्ज़ी रुपमा सम्पन गरिएको भनेर स्वयं पाण्डेकै कार्यकर्ताको संलग्नताको प्रमाण सहित स्थानिय तहको चुनावको बेला पत्रिकाओं समचार प्रकाशन भै सकेको तथ्य जगजाहेर नै छ । भ्रम नं ५ दमकल र पुल बास्तबिकता : माडीलाई प्राप्त दमकल माननिय हितराज पाण्डालों निर्णयनुसार माननिय डिआर पौडेलले माडी नगरपालिका लाई हस्ताण्तरण गर्नु भएको हो । माडी मा बन्न लागेका पुलहरु हुलाकी सडक परियोजना अन्तर्गत का हुन् । जुन योजना केपि ओलि सरकारको पालामा भएको संझौताका आधारमा अघि बढेको हो । भ्रम नं ६ निकुजंका रुख़ पाण्डेले काटेका हुन् । बास्तबिकता : निकुजं भित्रका रुखमा पहिलो आरा लगाउने हिम्मतवाला नेता मात्रिका यादव र अमिक शेरचन हुन् । तात्कालिक चिफ वाड्रेन मेघबाहादुर पाण्डेको साथ लिएर । अहिले स्थानिय सरकार निर्वाचित भएपछि मेयर ठाकुर ढकाल सहित को टीमले १ सुत्रिय रुपमा यो एजेण्डा लाई अगाडी बढाउदै बिभाग र निकुजंको सहमतिमा नगरपालिकाकै आर्थिक सहयोगमा रुख़ कटान भएको हो । यदी पाण्डेले गर्थे भने ३ बर्ष के पापा हेरेर बसेका थिए र रुख़ काट्न स्थानिय सरकार चाहियो । भ्रम नं ७ सबै बिकास मैले गरेको हु पाण्डे बास्तबिकता : चितवनका तात्कालिक LDO हरुलाई सोधे थाहा लाग्छ । निर्वाचन क्षेत्र बिकास कार्यक्रमका योजनाहरु पाण्डेले कसरी एकलौटी गर्न दबाब दिन्थे भन्ने कुरा । सासंद डिआर पौडेल,रुक्मणी चौधरी र उमेश श्रेष्ठको लिखित असहमतियाँ बाबजुद पनि आफ्ना कार्यकर्ता मैत्रि कार्यक्रम कसरी लागु गर्थे भन्ने कुरा यसअघि नै सार्वजनिक भैसकेको छ । माडी कै महत्वको मगुई खोला को पुल बनाउने प्रश्ताव उनले आफ्नो सनकका भरमा अन्यत्र लगेका थिए । भ्रम नं ८ मलाई माओबादी एमाले र काग्रेसले गर्नै दिएनन् ! बास्तबिकता : यहाँका राजनैतिक पार्टीले निर्वाचित सासदलाई कटाउन खोजेका होईनन् । हरेक मंचमा आफुले सिन्को नभाच्ने तर माडीका दललाई सत्तोसराप गर्ने काम नछाडे पछि उनलाई जनताले बहिस्कार गरेका हुन् । सानो एउटा सम्झना, यो पंक्तकार समेत रहेको नेता डिआर पौडेल,सन्देश पौडेल र काग्रेस नेता सिपि सुबेदीले माडी महोत्सबमा उनलाई आमन्त्रण गर्न कालिका टावर बालुवाटार पुग्दा उनले दिएको अभिब्यक्ति स्मरणिय छ ! माडी काठमाडौ सम्पर्क समाजले उनि सहितसबै जनप्रतिनिधिहरुलाई एउटै मंचमा राख्न उकै मन्त्रालयमा पटक पटक अनुरोध पत्र लिएर जादाँ टोलिलाई गरिएको अपमान अझै भुलेका छैनन् ! यस्ता द्धष्टान्त सयौँ छन् । यो उनको ब्याक्तिगत बिरोध होईन बरु उनि रहेको रकमि रवाफ र सामन्ति सोचको कारण पैदा भएको आक्रोश हो । केहि प्रश्नहरु : १.सगै सासंद बनेका १ नं क्षेत्रका नेता सुरेन्द्र पाण्डेले २०० किमी पिच गराउदा हाम्रा पाण्डे जीको पहलमा २० मिटर पनि किन हुन सकेन् ? २. नेपाल सरकारको निर्णयमा माडी आएको दिवाकर पोलिटेक्निक ईन्ष्टिच्युटको जमिन प्राप्ति को फ़ाईल पाण्डेकै डिजाईनमा किन अगाडी बढाउन रोकियो ? ३.सिगै माडी बाढीले तहसनहस हुदा हेलिकप्टर सयर त गरियो तर पिडित जनतालाई सासंद हुनुका नाताले न्युनतम् राहात दिनु त परै जाओस् नगरपालिकालाई सराप्दै ज़िम्मेवारी बाट किन भागियो ? ४.स्वभाबिक रुपमा आएका र अरुको पहलमा माडीमा हुने साना भन्दा साना बिकास योजनाको जस लिन निजी रेडियो र टिभि प्रयोग गर्ने तर जनता सामु गरेका चुनावि बाचा किन भुलियो ? ५. ठोरी केरुगं मार्ग कहा अलपत्र पारियों ? ६. निधारको अबिर नसुक्दै बिकासको बाढी ल्याउछु माडीमा भनेर आश्वसन बाढ्ने पाण्डे जीले माडीको बिकासका लागी स्व प्रयत्नमा गरका कुनै २-४ वटा काम सोधियो भने उत्तर दिने केहि काम छन् त ? बिलकुल छैनन् यसकारण भ्रमको खेति नगरौ । यसपटक देशकै नेतृत्व साझा बाम उम्मेदवार प्रचण्डलाई माडी बासिले पाएका छौ । हाम्रा सन्ततिहरुले पनि गर्व गर्न सक्ने निर्णय गरौ । देशका नेता प्रचण्डलाई माडी बासीले रोजौ ! ठेकेदारलाई फेरी पनि ठेक्का दिउ यसपटक प्रचण्डलाई भोट दिउॅ !      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies