Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘डेन्जर जोन’मा ‘हेबीवेट’ नेता, कहाँ कस्लाई कस्काे त्रास ?

\"\"काठमाडाैं । पहिलो चरणमा मंसिर १० र दोस्रो चरण मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि बिहिबार दोस्रो चरणको उम्मेदवारी दर्ता भएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा यसअघिनै मनोनयन दर्ता भइसकेको छ । पहिलो चरणमा ३२ र दास्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुन लागेको हो । पहिलो चरणमा प्रतिनीधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा हुँदैछ भने दोस्रो चरणमा गते प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ क्षेत्रमा चुनाव हुँदैछ । यीमध्ये कतिपय क्षेत्रमा मुलुकका शीर्ष नेताको उम्मेदवारीले चर्चा पाएका छन् । शीर्ष नेताहरुबीच नै चुनावी प्रतिस्पर्धा हुने भएकाले कतिपय क्षेत्रको चुनवी भिडन्त रोचक देखिने भएको छ । केहि नेताहरु आफेनो राजनीतिक बिरासत जोगाउन मुस्किल हुने भएको छ । चितवन ३ दोस्रो चरणमा निर्वाचन हुने चितवन ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रतिस्पर्धीमा यतिबेला कांग्रेस समेतकोको समर्थनमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तह निर्वाचनको मतका आधारमा प्रचण्ड अगाडि देखिएका छन् । तर पाण्डेका पनि चितवनमा उत्तिकै लोकप्रियता भएकाले निर्वाचन परिणम आफ्नो पोल्टामा पार्न प्रचण्ले मेहनत गर्नुपर्ने देखिन्छ । गोरखा २ पहिलो चरणमा निर्वाचन हुने गोरखा ३ मा माओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ–शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईबीच तीब्र प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले आ–आफ्नो जितको दाबी गर्दै आएका छन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका श्रेष्ठ र कांग्रेस समेतको समर्थन पाएका भट्टराई दुबैकालागि यो चुनाव राजनीतिक भविष्य निर्धारणको लडाँइ हो । समान जस्तै जनमत देखिएका श्रेष्ठ र भट्टराईमध्ये एकको बिरासत गुम्ने निश्चित छ । सिन्धुपाल्चोक १ पहिलो चरणमा निर्वाचन हुने सिन्धुपाल्चोकमा नेता एवं पूर्व संचारमन्त्री अग्नीप्रसाद सापकोटा र बहालवाला संचारमन्त्री मोहनबहादुर बस्नेतबीच चुनावी भिडन्त हुँदैछ । सापकोटा वाम गठबन्धनका साझा उम्मेदवार हुन भने बस्नेतलाई राप्रपा(प्रजातान्त्रिक) को समर्थन मिलेको छ । स्थानीय तह निर्वाचनको मत अनुसार सापकोटा अगाडि देखिएपनि बस्नेतले पछिल्लो समय आफ्नो दबदबा बढाएका छन् । सापकोटा र बस्नेतमध्ये एक जनाले यो निर्वाचनसँगै ५ वर्ष पछाडि फर्कनु पर्ने निश्चित छ । सिन्धुपाल्चोक २ पहिलो चरणमा निर्वाचन हुने सिन्धुपाल्चोक २ मा राप्रपा(प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणा दसाँैपटक चुनावी मैदानमा छन् । उनलाई यसपालि कांग्रेसको समेत समर्थन मिलेको छ । उनको प्रतिस्पर्धामा वाम गठबन्धनले एमाले नेता शेबहादुर तमाङलाई उतारेको छ । यसअघिको संबिधासभा निर्वाचनमा राणा उनै तमाङसँग हारेका हुन् । यसपालि कांग्रेसको समर्थनले जित्ने आशा राखेका राणालाई यो चुनाव अन्तिम अवसर र चुनौती दुबै हो । जनमतमा समेत अगाडि रहेका तमाङलाई हराउनु राणालाई फलामे चिउरा सबित हुने निश्चित छ । झापा ३ दोस्रो चरणमा निर्वाचन हुने झापा ३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन् । लिङदेनलाई वाम गठबन्धनको समर्थन गर्ने भएको छ । ठुलै कसरतले उम्मेदवार बनेका सिटौलालाई चुनाव जित्न त्यो भन्दा ठुलो सकस देखिन्छ । राष्ट्रिय राजनीतिको मुलधारमा रहेका सिटौला राजनीतिक उचाइबाट पछाडि फर्कनु पर्ने खतरामा देखिएका छन् । उनकालागि यो चुनाव हार–जितको लडायँ मात्र नभएर अस्तित्व जोगाउने चुनौति पनि हो । मोरङ ६ दास्रो चरणमा निर्वाचन हुने मोरङ ६ मा एमालेका चर्चित नेता लालबाबु पण्डित र कांग्रेसका डा. शेखर कोइराला भिड्दै छन् । दुबै नेपाली राजनीतिमा चर्चित अनुहार हुन् । वाम गठबन्धनले साझा उम्मेदवारका रुपमा पण्डितलाई उठाएपछि कोइरालालाई यो चुनाव जित्न कठिन हुने देखिन्छ । यसपालि चुनवले कोइराला पण्डितमध्ये एकको राजनीतिक भबिष्य खतरामा पर्ने निश्चित छ । धनुषा ३ दोस्रो चरणमा निर्वाचन हुने धनुषा ३ मा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दर्ता गराएका छन् । जनमतका आधारमा पनि निधि र महतोबीचको चुनाव कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुबैजना राष्ट्रिय राजनीतिका चर्चित अनुहार भएकाले पनि सो क्षेत्रको चुनावलाइृ धेरैले चासोका साथ हेरेका छन् । निधि र महतोमध्ये एकले यो निर्वाचनपछि आफ्नो राजनीतिक उचाइ गुमाउने छन् । त्यसैले दुबैलाइृ यो चुनाव जीवन–मरणको लडाइँ हो । काठमाडौं १ यहाँ विवेकशील साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्र, कांग्रेसबाट प्रकाशमान सिंह र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । पहिले देखिनै कांग्रेसको प्रभाव क्षेत्रका रुपमा चिनिदै आएको सो ठाउँमा वाम गठबन्धनका कारण यसपालि कांग्रसलाइृ अघिल्ला चुनाव जस्तो सहज देखिँदैन । समृद्ध मुलुकको नारा बोकेर पत्रकारीताबाट सक्रिय राजनीतिमा हामफालेका मिश्र र वामपन्थी उम्मेदवार शर्माकालागि यो निर्वाचन परीक्षा हो भने सिंहकालागि इज्जतको लडाइँ हो । काठमाडौं ४ दोस्रो चरणम निर्वाचन हुने काठमाडौं ४ मा वाम गठबन्धन र नेपाली कांग्रेस दुबै पार्टीबाट युवा उम्मेदवारको उम्मेदवारी परेको छ ।कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा र वाम गठबन्धनबाट एमालेका युवा नेता राजन भट्टराई प्रतिस्पर्धामा छन् । यसअघि संबिधानसभा निर्वाचनमा विजयी भएका थापालाई यसपालि भने चुनाव जित्न त्यति सजिलो देखिँदैन । बराबरी जस्तै जनमत देखिएका थापा र भट्टराईलाइृ यो निर्वाचन राजनीतिक भबिष्य निर्धारणको परीक्षा बन्ने छ । काठमाडौं ५ दास्रो चरणमा निर्वाचन हुने काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसबाट डा.प्रकाशशरण महतबीच तीब्र प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुबैकालागि यो चुनाव जित्नै पर्ने दबाब देखिन्छ । यो दुबैको बिरासतको लडाइँ पनि हो । यसपालि निर्वाचन परिणामले पोखरेल र महतमध्ये एकलाइृ राष्ट्रिय राजनीतिको मुलधाबाट तल खसाल्ने निश्चित छ । सप्तरी २ दोस््रो चरणमा निर्वाचन हुने सप्तरी २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनबाट माओवादी नेता उमेश यादवबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले–माओवादी गठबन्धन बनेपछि सो क्षेत्रमा यादवलाई चुनाव जित्न कठिन हुने बिश्लेषण धेरैको छ । यादवलाई चुनाव जित्नै पर्ने दबाब छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies