Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अर्घाखाँचीलार्इ उचाल्दै कमल साैराग एकल साँझ सम्पन्न

\"\"अर्घाखाची । गीत संगीतको माध्यमबाट जनताको मन र मस्तिकमा अमित छाप बसाउन सफल गायक,संगित संयोजक तथा अभिनयकर्ता कमल सौरागको एकल साझ अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ । अर्घाखाचीको सन्धिखर्कमा दर्शहरुले खचाखच भरिएको जिल्ला समन्वय समितिको सभाहलमा पुर्वमन्त्री तथा वाम गठबन्धन नेकपा एमाले र माओवादी केन्द्रका प्रतिनिधि सभाका उम्मेद्दवार टोप बहादुर रायमाझीले उद्द्घाटन गरे । एक दिने सौराग एकल साझ २०७४ को उद्घाटन गर्दै पूर्वमन्त्री रायमाझिले कमल सौराग एकल साझले अर्घाखाचीमा ख्याती प्राप्त मानिसहरुको उपस्थितिमा ठुलो मेला लगाउने आफ्नो धोको पुरा भएको बताए । उनले कमल सौराग जस्तो राष्ट्रिय प्रतिभा आफ्नो जिल्लामा जन्मिएकाेमा गौरव लागेको बताए । सौरागबाट जिल्लाका अरु कलाकारहरुले पनि सिक्नुप पर्ने भन्दै अर्घाखाँचीकाे लोक सस्कृति जर्गेना, पर्यटन प्रबद्र्धन र पिछिडिएका वर्गको उत्थानमा सहयोग पुग्ने धारणा राखे । लाली गुरास महिला विकास वचत तथा ऋण सहकारी सस्था र आकार नृत्य तथा म्युजिक सेन्टरले आफ्नो एकल साझ आयोजना गरेर जीवनमा कहिल्यै तिर्न नसक्ने गुन लगाएको गाएक कमल सौरागले बताए । उनले साझमा आफुलाई विभिन्न किसिमले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा राष्ट्रिय कलाकार जीवन परियार, विमा कुमारी दुरा, मधुसुदन बन्जाडे, जलजला परियार, सम्झना लामिछाने मगर, कल्पना श्रीपाल, मैना रेस्मी मगर, गौरव गिरी, कृष्ण सापकोटा लगायतका कलाकारहरुको प्रस्तुतिले साझलाई अझ रौनकतामा थपेकाे थियो । स्थानीय कलाकारहरुको गित तथा नृत्यको वेजोड प्रस्तुतीले जिल्ला समन्वयको समितिको सभाहलमा उपस्थित दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । साझमा अर्घाखाँचीलाई चिनाउने लोपोन्मुख लाखे नाच, भैराम नाच, सराये नाच, सोरोठी, भजन, लगायतका प्रस्तुती राखिएकाे थियो । सन्धिखर्क नगरपालिकाको वाड नम्वर ८ किमडाडामा जन्मिएका लोक तथा दोहोरी गायक कमल सौरागले घुम्टि नरपानी, हाम्रो अर्घाखाँची, भिजायो पछौरी, दैला मुनी जौ लगायतका दर्जनौ गितहरु गाएर राष्ट्रिय ख्याती कमाएका छन । सौरागको एकल साझको सन्दर्भमा नेपाल सुन चादी कालीगढ संघका अध्यक्ष बाबुराम विश्वकर्माले सौरागको कलाबाट प्रभावित भएको बताए । विश्वकर्माले रौरागको गीतले साच्चै नेपाली जनजीवनका कथा वेथा र पर्यटन प्रवद्धनमा टेवा पु¥याएको भन्दै उनले एकल साझ आयोजना गर्न पाएकोमा गौरववान्वित भएको बताए । राष्ट्रिय कलाकारसंगै स्थानीय कलाकारहरुले गीत तथा नृत्यका विभिन्न विधाका वेजोड प्रस्तुतीले जिल्ला समन्वय समितिको सभाहलमा उपस्थित दर्शकहरुलाई जुरुक जुरुक उठाएको थियो । एकल साझमा अर्घाखाँचीलाई चिनाउने लोपोन्मुख लाखे नाच, भैराम नाच, सराये नाच, सोरोठी, भजन, लगायतका जिल्लाका सास्कृतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियो । कमल सौरागको सम्मानमा एकल साझको आयोजना गरिएको कार्यक्रममा जिल्लाका सबै कलाकारहरुको सहभागिता रहनुका साथै सौरागले आफ्ना गुरु सौगात सायर र विवि अनुरागीलाई सम्मान गरे ।      

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies