Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एउटा फिल्मबाट कति कमाउँछन् बलिउड अभिनेता ?

\"\"फ्यानहरूलाई चासो हुनु स्वाभाविक हो, अभिनेताहरू फिल्म खेलेबापत कति पारिश्रमिक लिन्छन् ? लिउड अभिनेताका फ्यान नेपालमा पनि उत्तिकै छन् । अमिताभ बच्चनदेखि सलमान, शाहरुख र आमिर खान अनि रणवीर कपुर र ऋतिक रोशनलगायत चर्चित अभिनेताले फिल्मबाट लिने पारिश्रमिक कम छैन । आखिर कसले कति लिन्छन् ? आमिर खान आमिर खानले चाहे भने बलिउडमा ५० देखि ६० करोड रुपैयाँसम्म पारिश्रमिक लिन सक्छन् । तर, उनी पारिश्रमिकभन्दा फिल्मको मुनाफाबाट बढी कमाउँछन् । फिल्म बनाउँदा उनी प्रायः ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । ‘दंगल’ फिल्मबाट उनले एक सय ५० करोड रुपैयाँभन्दा बढी कमाए । आमिरलाई थाहा हुन्छ कि उनको फिल्म ‘हिट’ हुन्छ, त्यसैले उनी पारिश्रमिकको सट्टा साझेदारीमा बढी जोड दिन्छन् । सलमान खान पनि फिल्मको कमाइबाट केही हिस्सा लिने गर्छन् । उनी आफूले अभिनय गर्ने फिल्ममा ७० देखि ८५ प्रतिशतसम्म हिस्सा लिन्छन् । ‘सुल्तान’बाट उनले सय करोडभन्दा धेरै कमाएका थिए । कुनै फिल्ममा केवल पारिश्रमिकका लागि मात्रै लिए भने ६० करोड रुपैयाँभन्दा बढीमा सम्झौता गर्छन् । रणवीर सिंह ‘बाजीराव मस्तानी’ खेल्नुभन्दा पहिले रणवीर सिंहले एउटा फिल्मको पारिश्रमिक तीनदेखि पाँच करोड भारु लिन्थे । तर, बाजिराव मस्तानीको सफलतासँगै उनको अभिनयको मूल्य बढ्यो । यसपछि उनको पारिश्रमिक तीन गुणाले बढ्यो । अहिले उनी एउटा फिल्मका लागि १० करोड रुपैयाँ लिन्छन् ।   अमिताभ बच्चन अमिताभ बच्चन उमेरले ७५ वर्ष पुगिसके । तर, बलिउडका कुनै युवा अभिनेताको भन्दा कमजोर छैन, उनको अभिनय । उनको माग र पारिश्रमिक पनि चलेकै युवा अभिनेताको हाराहारीमा छ । फिल्ममा कति लामो भूमिका हुन्छ, त्यसैअनुसार उनले पारिश्रमिक लिने गर्छन् । मोटामोटी उनले एउटा फिल्म खेलेबापत १२ देखि १५ करोड रुपैयाँ लिन्छन् । शाहरुख खान शाहरुख खानको पारिश्रमिक फिल्मअनुसार घटी–बढी हुन सक्छ । करण जौहर या आदित्य चोपडाको फिल्म गर्दा उनी पारिश्रमिकमा ‘बार्गेनिङ’ गर्दैनथे । जति दियो उति नै लिन्थे । तर, अन्य फिल्ममा भने शाहरुख ४० देखि ४५ करोड रुपैयाँसम्म लिन्छन् । उनी पनि आमिरझैँ फिल्मको मुनाफाको हिस्सा लिन रुचाउँछन् । आफ्नो फिल्मको मार्केटिङ गरेबापत पनि उनी करोडौँ रुपैयाँ कमाउँछन् । कैयौँ फिल्ममा उनले सय करोडभन्दा बढी कमाएका छन् । सलमान खान ऋतिक रोशन ऋतिक रोशन निकै कम फिल्ममा जिम्मा लिने अभिनेतामा पर्छन् । उनी कम फिल्म खेल्छन्, तर पारिश्रमिक चर्को लिन्छन् । एउटा फिल्मबाट उनी औसतमा ३० देखि ४० करोड रुपैयाँ लिन्छन् । कुनै फिल्ममा उनले योभन्दा धेरै पारिश्रमिक लिएका पनि छन् । अजय देवगन अजय देवगन फिल्मको बजेटअनुसार आफ्नो पारिश्रमिक कम या बढी लिने अभिनेतामा पर्छन् । तर, कम्तीमा ३० करोड उनले लिएकै हुन्छन् । ३० देखि ४० करोड रुपैयाँ उनको औसत रेट हो । अक्षयकुमार पारिश्रमिक लिने सवालमा अक्षयकुमार सबैभन्दा अगाडि छन् । उनी ४० देखि ५० करोड रुपैयाँसम्म लिन्छन् । कुनै–कुनै फिल्ममा नाफाको हिस्सा लिने गरी सम्झौता पनि गर्छन् । ‘जोली एलएलबी २’ मा उनले पारिश्रमिकबाहेक मुनाफा हिस्सा पनि लिएका थिए । यो फिल्मबाट उनले कुल ५५ करोड रुपैयाँ कमाइ गरेका थिए । वरुण धवन वरुण धवनले अहिलेसम्म आधा दर्जनभन्दा बढी फिल्म खेलिसके । उनका कुनै पनि फिल्म घाटामा गएका छैनन् । धेरै फिल्ममा उनले पाँचदेखि सात करोड रुपैयाँ पारिश्रमिक लिए । तर, ‘बद्रीनाथ कि दुल्हनिया’पछि उनको पारिश्रमिक ह्वात्तै बढेर १० देखि १२ करोड रुपैयाँ पुगेको छ । रणवीर कपुर रणवीर कपुरका कैयौँ फिल्म फ्लप भएका छन् । तर, फिल्म फ्लप भए पनि रणवीर कहिल्यै फ्लप भएनन् । बलिउडमा उनको माग कहिल्यै कम भएको छैन । उनको पारिश्रमिक पनि राम्रो छ । एउटा फिल्मको उनी २० देखि २५ करोड रुपैयाँसम्म लिन्छन् । एजेन्सी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies