Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

१८ वर्षीया किशोरीलाई विद्यालयले कपाल कालो पार्न लगाएपछि मुद्दा दायर

\"\"जापानमा एक १८ वर्षीया किशोरीलाई उनको विद्यालयले प्राकृतिक रुपमै खैरो रहेको कपाललाई बारम्बार कालो पार्न लगाएपछि क्षतिपूर्ति माग गर्दै उनले स्थानीय सरकारविरुद्ध मुद्दा दायर गरेकी छन् । ओसाका नजिकै रहेको उनको माध्यमिक विद्यालयले विद्यार्थीहरुको कपाल कालो रंगको हुनुपर्ने नियम पालना नगरिए विद्यालय छाड्न भनेको ती किशोरीले बताइन् ।

ती किशोरीले कपाल कालो गर्न प्रयोग गरिएको रंगले आफ्नो कपाल र तालुमा असर पुर्‍याएको बताएको जनाइएको छ । \'काइफूकान हाइ स्कूल\'ले कपाल रंगाएका विद्यार्थीहरुलाई प्रतिबन्ध गर्ने विद्यालयको नीति रहेको बताएको छ । जन्मिंदादेखि नै आफ्नी छोरीको कपालको रंग खैरो रहेको जानकारी उनकी आमाले विद्यालयलाई गराएपनि विद्यालयले बारम्बार ती किशोरीलाई कपाल कालो गर्न निर्देशन दिएको थियो । विवरणहरुका अनुसार ती किशोरी गत वर्षको सेप्टेम्बरदेखि विद्यालय गएकी छैनन् ।उनले क्षतिपूर्तिस्वरुप १९ हजार ३ सय डलर माग गरेको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाका प्रिफेक्चरले अदालतलाई उनको दाबी अस्वीकार गर्न माग गर्ने बताइएको छ । उक्त मुद्दाबारे \'काइफूकान हाइ स्कूल\'का प्रधानाध्यापक मासाहिको ताकाहाशीले कुनै प्रतिक्रिया दिएनन् । विद्यार्थी कस्तो देखिने भनेर जापानका धेरै विद्यालयमा कडा नियमहरु रहेको बताइन्छ । त्यसमा कपालको रंग, मेकअपको प्रयोग र स्कर्टको लम्बाइ लगायत पर्दछन् । यसै वर्षको शुरुतिर असाही शिम्बुन पत्रिकाले गरेको एक सर्वेक्षणमा राजधानी टोकियोका झण्डै ६० प्रतिशत उच्च विद्यालयहरुले कपालको रंग कालो नभएका विद्यार्थीलाई उनीहरुको कपालको रंग प्राकृतिक रुपमै त्यस्तो भएको प्रमाणहरु, जस्तो कि शिशु हुँदाका फोटोहरु पेश गर्न भनिएको थियो । जापानको जन्मदर घट्दो छ र नयाँ विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा आकर्षित गर्ने बढ्दो प्रतिस्पर्धाबीच विद्यार्थीको अनुशासन विद्यालयहरुका लागि आफ्नो प्रचार गराउने बलियो माध्यमका रुपमा हेरिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies