Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अधिकांश जिल्लामा वाम गठबन्धन अगाडि, हेर्नुहोस् कुन जिल्लामा कसको मत कति ?

\"\"काठमाडौं । पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको प्रतिनीधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा एमाले–माओवादीको बामगठबन्धन र काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनवीच चुनावी भिडन्त हुँदैछ । एमाले, माओवादी र जनमोर्चाको गठबन्धन बनाएपछि हाल संसदको ठुलो दल नेपाली कांग्रेसलाई अधिकांश जिल्लाको चुनाव फलामको चिउरा साबित हुने देखिएको छ । काँग्रेसले पनि आफ्नै नेतृत्वमा राप्रपालगायतका शक्तिहरु समेटेर लोकतान्त्रिक गठबन्धनको कसरत जारी राखेको भएपनि स्थानीय तह निर्वाचनमा बाम गठबन्धनले पाएको मतलाई हेर्दा काँग्रेसलाई चुनाव जित्न हम्मे–हम्मे पर्ने निश्चित छ । मतदाताको मन जित्न दुबै गठबन्धनले आफ्नो पक्षमा चुनावी प्रचार प्रसारलाई तीब्र बनाएका छन् । स्थानीय तह निर्वाचनका आधारमा कुन गठबन्धनको मत कति ? १ सोलुखुम्बु पहिलो चरणको निर्वाचनका लागि सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र नेपाली कांग्रेसका तर्फबाट बलबहादुर केसीवीच चुनावी प्रतिष्पर्धा हुँदैछ । बाम दल– २१ हजार ६ सय ९९ नेपाली कांग्रेस–१२ हजार ७ सय १८ वाम गठबन्धन ८ हजार ९ सय ८१ मतले अगाडि २ ओखलढुङ्गा ओखलढुङ्गामा प्रतिनिधी सभा निर्वाचनका लागि बाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार र नेपाली कांग्रेसका रामहरी खतिवडा चुनावी भिडन्तमा छन् । वामगठबन्धन–३३ हजार ५ सय ३१ नेपाली कांग्रेसले २६ हजार १ सय ५ वाम गठबन्धन नेपाली कांग्रेस भन्दा ७ हजार ४ सय २६ मतले अगाडि ओखलढुङ्गामा राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम र नयाँ शक्तिले पाँच सय मत समेत देखिँदैन । ३ ताप्लेजुङ ताप्लेजुङ्मा प्रतिनिधी सभा निर्वाचनका लागि बाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका केशब दाहाल प्रतिष्पर्धामा छन्। बाम गठबन्धन– २४ हजार ९ सय १७ नेपाली कांग्रेस– १९ हजार ५ सय ७२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– १२ सय ७ मत नेपाली कांग्रेस भन्दा बाम गठबन्धन ५ हजार ३ सय ४५ मतले अगाडि ४ संखुवासभा पहाडी जिल्ला संखुवासभामा माओवादी केन्द्र र एमालेको बाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र नेपाली कांग्रेसका दीपक खड्का चुनावी मैदानमा छन् । खड्का पूर्वमन्त्री समेत हुन् । बाम गठबन्धन– ३३ हजार ६ सय २४ नेपाली कांग्रेस– २७ हजार ४ सय ६१ राप्रपा– १ हजार नेपाली कांग्रेस भन्दा बाम गठबन्धन ६ हजार १ सय ६३ मतले अगाडि ५ पाँचथर पाँचथरमा एमाले माओवादी गठबन्धनबाट एमाले नेता बसन्त नेम्वाङ् र नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्दाम्बे चुनावी प्रतिष्पर्धामा छन् । बाम गठबन्धन– ४० हजार ४ सय १८ नेपाली कांग्रेस– २७ हजार ७ सय ७६ राप्रपा– १५ सय संघीय समाजबादी फोरम–११ सय ६ भोजपु भोजपुरमा प्रतिनिधीसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादीका नेता सुदन किँराती र नेपाली कांग्रेसका उमेशजंग रायमाझीबिच प्रतिष्पर्धा हुनेछ । बाम गठबन्ध– ३८ हजार ४ सय ५४ नेपाली कांग्रेस– २० हजार ५ सय ६१ मत ७ खोटाङ खोटाङमा बाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराई र नेपाली कांग्रेसका तर्फबाट सरस्वती मजिमयवीच प्रतिष्पर्धा हुने भएको छ । बाम दल– ३३ हजार ५ सय ३१ नेपाली कांग्रेस– २६ हजार १ सय ५ नेपाली कांग्रेस भन्दा बाम गठबन्धन ७ हजार ४ सय २६ मतले अगाडि ८ रसुवा रसुवामा बाम गठबन्धनबाट एमालेका जनार्दन ढकाल र नेपाली कांग्रेसका मोहन आर्चायवीच प्रतिष्पर्धा हुँदैछ । बाम गठबन्धन– ९ हजार ६ सय ५१ नेपाली कांग्रेस, राप्रपा र नयाँ शक्तिको गठबन्धन–११ हजार २ सय ७० कांग्रेस गठबन्धन १ हजार ६ सय १९ मतले अगाडि ९ धादिङ १ नम्वर क्षेत्र आगामी प्रतिनिधी सभा निर्वाचनका लागि धादिङ–१ बाट बाम गठबन्धनबाट भूमि त्रिपाठी र कांग्रेस तर्फबाट विश्व अर्याल चुनावी मैदानमा छन् । बाम दल– ५९ हजार ८ सय ६८ नेपाली कांग्रेस– ३० हजार २ सय कांग्रेस भन्दा वाम गठबन्धन३३ हजार ६ सय ३७ मतले अगाडि १० धादिङ २ नम्वर क्षेत्र नेपाली कांग्रेस– ३० हजार २ सय नेकपा एमाले– २३ हजार ८ सय २६ माओवादी केन्द्र– २२ हजार २ सय २८ नयाँ शक्ति– १ हजार १२ राप्रपा– ३ हजार ३ सय ६९ नेपाली कांग्रेस भन्दा वाम गठबन्धन १५ हजार ८ सय ५४ मतले अगाडि ११ सिन्धुपाल्चोक १नम्वर क्षेत्र २ निर्वाचन क्षेत्र रहेका सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच चुनावी तालमेल भएको छ । क्षेत्र नं१ मा माओवादी केन्द्रका अग्नीप्रसाद सापकोटा र र नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतवीच प्रतिष्पर्धा हुने भएको छ । बाम गठबन्धनण् ४३ हजार २ सय ८३ लोकतान्त्रिक गठबन्धन– २६ हजार ३ सय ६ लोकतान्त्रिक गठबन्धन भन्दा बाम दल १६ हजार ९ सय ७७ मतले अगाडि १२ सिन्धुपाल्चोक २ नम्वर क्षेत्र सिन्धुपाल्चोक २ नम्वर क्षेत्रमा बाम गठबन्धनबाट एमालेका नेता शेरबहादुर तामाङ र नेपाली कांग्रेस र राप्रपाको गठबन्धनबाट पशुपतिशमशेर राणावीच चुनावी प्रतिष्पर्धा हुँदैछ । बाम गठबन्धन– ४० हजार ७ सय ९० लोकतान्त्रिक गठबन्धन– ३० हजार ७ सय ३७ बाम गठबन्धन १० हजार ३ सय ५३ मतले अगाडि १३ दोलखा नेपाली कांग्रेसबाट रुद्रबहादुर खड्का र बाम गठबन्धनबाट एमालेका पार्वत गुरुङवीच प्रतिष्पर्धा हुँदैछ । बाम दल– ५१ हजार ६ सय ४८ नेपाली कांग्रेस– २९ हजार १ सय ८२ बाम दल नेपाली कांग्रेस भन्दा २२ हजार ४ सय ६६ मतले अगाडि १४ रामेछाप प्रतिनिधीसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कान्छाराम तामाङबिच प्रतिष्पर्धा हुँदैछ । बाम गठबन्धन–५६ हजार ६ सय ६४ नेपाली कांग्रेस–२७ हजार ३ सय ५४ नेपाली कांग्रेस बाम गठबन्धन भन्दा २९ हजार ३ सय १० मतले पछाडि १५ नुवाकोट१ नम्वर क्षेत्र नुवाकोट१ नम्वर क्षेत्रमा बाम गठबन्धनका तर्फबाट हितबहादुर तामाङ र नेपाली कांग्रेसका तर्फबाट डा। रामशरण महतवीच प्रतिष्पर्धा हुँदैछ । बाम गठबन्धन– ३६ हजार ९ सय ६२ नेपाली काँग्रेस– २२ हजार ६ सय ५२ नेपाली कांग्रेस भन्दा वाम गठबन्धन १४ हजार ३ सय १० मतले अगाडि १६ नुवाकोट २ नम्वर क्षेत्र नुवाकोट क्षेत्र नं२ मा बाम गठबन्धनका तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा र नेपाली कांग्रेसका तर्फबाट अर्जुननरसिंहवीच केसीवीच प्रतिष्पर्धा हँुदैछ । बाम दल– ३९ हजार ३ सय २५ नेपाली कांग्रेस– २१ हजार ४ सय ६६ १७ हजार ८ सय ५९ धेरै मतले बामदल अगाडि १७ मुस्ताङ प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा वाम गठबन्धनबाट एमालेका प्रेमप्रसाद तुलाचन र नेपाली काङ्ग्रेसबाट रोमी गौचन थकाली चुनावी प्रतिष्पर्धामा छन् । नेपाली काङ्ग्रेस– २ हजार ६ सय ५ बाम गठबन्धन– २ हजार २३ नेपाली काङ्ग्रेस वाम गठबन्धन भन्दा ५ सय २८ मतले अगाडि १८ गोरखा क्षेत्र नम्वर १ गोरखा १ मा नयाँ शक्तिले नेपाली काङ्ग्रेसलाई सघाउने र २ मा काङ्ग्रेसले शक्तिलाई सघाउने सहमती बनेको छ । जसअनुसार क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसका तर्फबाट चीनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट माओवादीका हरि अधिकारी प्रतिस्पर्धामा रहेका छन् । काङ्ग्रेस– ३८ हजार ५ सय ५६ माओवादी केन्द्र– ३५ हजार २७ नेकपा एमालले– १७ हजार ८ सय ४६ नयाँ शक्ति नेपाल– १४ हजार २ सय ६३ राप्रपा– ६ सय सङ्घीय समाजवादी फोरम– ५१ कांग्रेस–नयाँ शक्ति भन्दा वाम गठबन्धन ५४ मतले अगाडि १९ गोरखा क्षेत्र नम्वर २ आगामी निर्वाचनमा गोरखा २ मा रोचक चुनावी भिडन्त हुने देखिएको छ । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच क्षेत्र नं। २ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली काङ्ग्रेस– १७ हजार ७० माओवादी केन्द्र– १७ हजार ८ सय ९४ नेकपा एमाले– ७ हजार २ सय ८ नयाँ शक्ति नेपाल– ७ हजार ९ सय यहाँ एमाले र माओवादी केन्द्रको मत मिसाउँदा २५ हजार २५ मत हुन्छ भने नेपाली काङ्ग्रेस र नयाँ शक्तिले पाएको मत मिसाँउदा २४ हजार ९ सय ७० हुन्छ । यस आधारमा यहाँ ५५ मतले माओवादी एमाले गठबन्धन अगाडि देखिन्छ । २० लमजुङ लमजुङमा बाम गठबन्धनका तर्फबाट माओवादी नेता देव गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट दिलबहादुर घर्ती चुनावी मैदानमा रहेका छन् । नेपाली काङ्ग्रेस– ३२ हजार ३३७ वाम दलको ३४ हजार ६ सय ३३ राप्रपा– ५ सय २८ नयाँ शक्ति– ४ सय ६१ वाम दलको कूल मतभन्दा १२ सय १ मतले अगाडि २१ मनाङ मनाङमा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका पाल्देन गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर गुरुङ चुनावी मैदानमा थिए । नेपाली काङ्ग्रेस– १२ सय १८ बाम गठबन्धन– १८ सय ५५ काङ्ग्रेस भन्दा बाम गठबन्धन ६ सय ३७ मतले अगाडि २२ बाग्लुङ क्षेत्र नम्वर १ बाग्लुङ क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभा निर्वाचनमा चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका डा। सूर्य पाठक प्रतिष्पर्धामा रहेका छन् । नेपाली काङ्ग्रेस– ४० हजार ८ सय ७३ वाम दल(जनमोर्चा सहित)– ५५हजार ५ सय ३३ वाम गठबन्धन १४ हजार ८ सय ७३ मतले अगाडि २३ बाग्लुङ क्षेत्र नम्वर २ क्षेत्र नं।२ मा वाम गठबन्धनबाट माओवादीका देवेन्द्र पौडेल र नेपाली काङ्ग्रेसका नरबहादुर पुनबीच प्रतिष्पर्धा हुँदैछ । २४ म्याग्दी म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट भूपेन्द्रबहादुर थापा र नेपाली काङ्ग्रेसबाट गम्भीर गर्बुजा चुनावी मैदानमा रहेका छन् । नेपाली काङ्ग्रेस– १६ हजार १ सय ३९ बाम गठबन्धन–२६ हजार ३ सय २६ राप्रपा– ४ हजार १ सय ३४ काङ्ग्रेस भन्दा वाम गठबन्धन १० हजार १ सय ८७ मतले अगाडि २५ रुकुम (पूर्वी भाग) रुकुम जिल्ला पूर्वी भागमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कमला रोका र नेपाली काङ्ग्रेसका नेता अमरसिंह पुनबीच प्रतिष्पर्धा हुँदैछ । वाम गठबन्धन–१३ हजार ९ सय ५ नेपाली काङ्ग्रेस– २ हजार ८ सय ८८ वाम गठबन्धन ११ हजार १७ मतले अगाडि २६ रोल्पा रोल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका वर्षमान पुन र नेपाली काङ्ग्रेसकातर्फबाट अमरसिंह पुनबीच चुनावी प्रतिष्पर्धा हुँदैछ । वाम गठबन्धन– २५ हजार २ सय ३९ नेपाली काङ्ग्रेस– १६ हजार ५ सय ९६ वाम गठबन्धन नेपाली काङ्ग्रेसभन्दा ८ हजार ६ सय ४३ मतले अगाडि २७ रूकुम (पश्चिम भाग) रुकुम जिल्ला पश्चिम भागमा प्रतिनिधि सभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी नेता जनार्दन शर्मा र नेपाली काङ्ग्रेसका गोपालजीजङ्ग शाह चुनावी मैदानमा भिड्दैछन् । वाम दल– ३५ हजार ८ सय ३५ नेपाली काङ्ग्रेस– १९ हजार ६७ काङ्ग्रेस भन्दा वाम दल १६ हजार ७ सय ६८ मतले अगाडि २८ जाजरकोट जाजरकोटमा वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र नेपाली काङ्ग्रेसका राजिव विक्रम शाहीबीच चुनावी प्रतिष्पर्धा हुँदैछ । नेपाली काङ्ग्रेस– १९ हजार ४ सय ३९ नेकपा एमाले– २० हजार ६०० माओवादी केन्द्र– १७ हजार ४ सय ६१ राप्रपा– २ सय ८५ काङ्ग्रेस भन्दा वाम दल १८ हजार ६ सय २२ मतले अगाडि २९ हुम्ला हुम्लामा वाम गठबन्धनबाट माओवादी केन्द्रका चिमी लामा र नेपाली काङ्ग्रेसका मङ्गल शाहीबीच प्रतिष्पर्धा हुँदैछ । नेपाली काङ्ग्रेस– ६ हजार ८ सय ८६ बाम गठबन्धन– १३ हजार १ सय ४५ ६ हजार २ सय ५९ मतले वाम गठबन्धन अगाडि ३० मुगु मुगुमा वाम गठबन्धनका तर्फबाट एमाले नेता गोपाल बम र नेपाली काङ्ग्रेसका तर्फबाट हस्तबहादर मल्लबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । नेपाली काङ्ग्रेस– ८ हजार ६ सय ६ वाम दल– ११ हजार ९ सय ६१ वाम गठबन्धन ३ हजार ३ सय ५५ मतले अगाडि ३१ जुम्ला जुम्लामा बाम गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत र नेपाली काङ्ग्रेसका तर्फबाट देवेन्द्र शाही चुनावी मैदानमा छन् । वाम गठबन्ध– २५ हजार ६ सय ९७ नेपाली काङ्ग्रेस– १२ हजार १ सय २७ १३ हजार ५ सय ७० मतले वाम दल अगाडि ३२ कालिकोट कालीकोटमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गाबहादुर रावत र नेपाली काङ्ग्रेसका भुपेन्द्रजङ्ग शाही चुनावी मैदानमा रहेका छन् । बाम दल– २८ हजार ३ सय ४७ नेपाली काङ्ग्रेस– १२ हजार २ सय ७४ राप्रपा– ९ सय ७३ १६ हजार ७३ मतले वाम दल अगाडि ३३ डोल्पा डोल्पामा वाम गठबन्धनका तर्फबाट एमाले नेता धनबहादुर बुढा र नेपाली काङ्ग्रेसका तर्फबाट अङ्गद बुढाबीच प्रतिष्पर्धा हुँदैछ । नेपाली काङ्ग्रेस– ३ हजार १ सय ९५ वाम गठबन्धन– ८ हजार २ सय ९६ काङ्ग्रेस भन्दा ५ हजार १ सय १ मतले वाम दल अगाडि ३४ दार्चुला दार्चुलामा वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि गणेश ठगुन्ना र नेपाली काङ्ग्रेसका तर्फबाट विक्रम सिंह चुनावी मैदानमा छन् । नेपाली काङ्ग्रेस– २१ हजार ७ सय ६८ वाम गठबन्धन– ३० हजार ४ सय ९६ ८ हजार ७ सय २८ मतले वाम गठबन्धन अगाडि   ३५ बझाङ बझाङमा वाम गठबन्धनका तर्फबाट एमाले नेता भैरवबहादुर सिंह र नेपाली काङ्ग्रेसकातर्फबाट पृथ्वीबहादुर सिंह चुनावी मैदानमा छन् । नेपाली काङ्ग्रेस– २६ हजार १ सय २२ वाम गठबन्धन– ४१ हजार १४ हजार ८ सय ७८ मतले वाम गठबन्धन अगाडि ३६ बाजुरा बाजुरामा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका लालबहादुर थापा र नेपाली काङ्ग्रेसका कविराज पण्डित चुनावी मैदानमा छन् । नेपाली काङ्ग्रेस– २३ हजार २ सय ३ बाम गठबन्धन–२६ हजार ५ सय २५ ३ हजार ३ सय २२ मतले वाम दल अगाडि   ३७ बैतडी बैतडीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका दामोदर भण्डारी र नेपाली काङ्ग्रेसका नरबहादुर चन्द बीच चुनावी प्रतिष्पर्धा हुँदैछ । नेपाली काङ्ग्रेस– २७ हजार ६ सय ८० बाम गठबन्धन– ४३ हजार ८ सय ७ १६ हजार १ सय २७ मतले वाम दल अगाडि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies