Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चिच्याएर वर माग्दा पनि नसुन्ने अनाैठाे मेला

\"\"पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवती तालमा चिच्याएर वरदान (वर) माग्ने मेला लाग्ने भएको छ ।

सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा सत्यवती धार्मिक मेला यही कात्तिक १६, १७ र १८ गते सम्म हुने भएको हो । रातको समयमा सत्यवती तालमा लिंगो गाडेर बिहान सही लिंगो चिनेर पूजा गर्ने चलन रहेको छ । सत्यवती बजैको कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने चलन रहेको समितिका अध्यक्ष अध्यक्ष सुनवीर गाहाले बताए। अँध्यारो भएपछि तालमा पुग्ने र बिहान झिसमिसे उज्यालो नहुँदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष गाहाले बताए । कात्तिक शुक्ल पूर्णिमा कात्तिक महिनामा परेमात्र यो मन्दिरमा पूजा गर्ने बढी आउने गर्दछन् । प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमाका दिनसम्म सत्वयती तालमा धार्मिक मेला लाग्ने भएपछि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट समेत दर्शन गर्न आउने गरेको सचिव लालबहादुर दर्लामीले बताए । \"\"सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्याएर वर माग्ने चलन रहेको हो । त्यहाँ पुग्ने हजारौँले एकैपटक चिच्याएर वर माग्दा जंगलको सुनसान रात गुञ्ज्यमान हुने तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले सत्यवती ताल क्षेत्र धार्मिक आस्थाको केन्द्र रहेकाले यसलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुपर्ने बताए । तानसेन—बुटवल सडकखण्डको चौबिस माइलबाट एकघण्टा ३० मिनेटको उकालो चढेपछि सत्यवती ताल, सत्यवती बजैको मन्दिरमा पुग्न सकिन्छ । सत्यवती बजैका लागि परेवा र बाख्राको बलि दिने चलन छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies