Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

चौंरीको आलो रगत पिलाएर शिक्षकलाई तलब भत्ता

 

\"\"बेनी । सरकारी दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भएपछि म्याग्दीका दुईवटा विद्यालयले संयुक्तरुपमा लगानी गरी चाैंरीपालेर त्यसबाट हुने आम्दानीे शिक्षकलाई तलब खुवाउने र भौतिक तथा शैक्षिक पूर्वधारमा खर्च गर्ने गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको पाउद्वार मावि र वडा नं–८ को हिमाञ्चल मावि नागीले चौंरीपालन गरी त्यसको आम्दानीले विद्यालय सञ्चालन गर्दै आएको हो । खयरबराह क्षेत्रमा चौंरीपालन गरी चौंरीको आलो रगत र मासु बिक्रीबाट वार्षिक हुने आम्दानीले निजी स्रोतका शिक्षकको तलब भत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक साम्रगी खरिदका साथै विद्यार्थीको शैक्षिक क्षमता विकाससम्बन्धी विभिन्न गतिविधिमा खर्च गर्दै आइरहेको हिमाञ्चल मावि नागीका प्रअ रमन पुनले बताए । दुबै विद्यालयले विद्यालयको आन्तरिक आम्दानीलाई दिगो बनाउन करिब एक दशक अगाडिदेखि चौंरीपालन गर्दै आइरहेको पाउद्वार माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद तिलिजाले बताए । अहिले १ सय ६८ वटा चौंरी रहेका र ती चौंरीबाट वार्षिक रु १० लाख आम्दानी हुने गरेको तिलिजाको भनाइ छ । साउन र फागुन महिनामा चौंरीको आलो रगत पिउने र मासु बिक्रीबाट हुने आम्दानीलाई खर्च कटाएर दुईवटा विद्यालयले आम्दानी बाँडफाँड गर्ने गरिएको छ । दुईजना कर्मचारीलाई प्रतिव्यक्ति रु १२ हजार तलब, लत्ता कपडा, जंगली जनावरको आक्रमणबाट जोगिने औजारका साथै खाद्य साम्रगीलगायतका सुविधा उपलब्ध गराउने गरेको संयुक्त चौंरीपालक कृषक समूहले जनाएको छ । मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली क्षेत्रमा चौंरीपालन सम्भव देखिएपछि दुबै विद्यालयले आफ्नो लगानीमा चौंरी भित्र्याएका थिए । “दुबै विद्यालयका प्रतिनिधि आवश्यकताअनुसार चरन क्षेत्रमै पुगेर चौंरीको हेरचाह गर्ने गरेका छौंँ” हिमाञ्चल माविका प्रधानाध्यापक रमन पुनले भने । उनका अनुसार चौंरीबाट भएको आम्दानीले निजी स्रोतका दुई/दुईजना शिक्षकलाई तलब भत्ता दिनुका साथै शैक्षिक गतिविधिमा राहत मिलेको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies