Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

इतिहासको संश्लेषणसहित सम्मानजनक पार्टी एकता हुन्छ – प्रचण्ड

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने स्पष्ट पारेका छन । सोमबार बिहान अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासका सकारात्मक परिघटनाको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने बताएका हुन । ‘हामीले एमाले लगायतका कम्युनिष्ट र वामपन्थी समूहसँग पार्टी एकताको तयारी गरेका छौं । एकताको तयारीपछि कतिपय साथीहरुले जनयुद्धको भूमिका के हुन्छ रु महान् जनयुद्धमा बलिदान गरेका सहिदहरुको सम्मान हुन्छ कि हुँदैन रु बेपत्ताहरुको सम्मान कसरी हुन्छ रु जस्ता प्रश्न उठाउनु भएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूल्ठूला बलिदान भएका छन्, संघर्ष भएका छन् । तिनै बलिदानी र संघर्षको बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । जनयुद्धसहित इतिहासका यी सबै घटनाहरुको सम्मान हुन्छ, संश्लेषण हुन्छ र इतिहासमा भएका सकारात्मक परिघटना र योगदानको सम्मानसहित पार्टी एकता हुन्छ ।’ ‘समाजवादको तयारी हाम्रो मिसन हो, त्यही मिसनमा जाने एकरुप समझदारीका साथ पार्टी एकता गर्ने भनेका छौं’, अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न सकियो भने समाजवादको यात्रालाई कसैले रोक्न सक्दैन । हामीले सहमतिपत्रमा समाजवादी मिसनका आधारमा एकता गर्ने, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, सामाजिक न्यायजस्ता मुद्दाहरु संस्थागत गर्ने, उत्पीडित वर्ग, जाति र समुदायका जायज मागहरु सम्बोधन गर्न लोकतान्त्रिक, शान्तिपूर्ण र कानूनी संघर्षको बाटो अख्तियार गर्ने भनेका छौं । त्यसैले हामी वैचारिक रुपमा नयाँ संश्लेषणसहित एकतामा पुग्छौं ।’ ‘विद्यार्थी आन्दोलन कम्युनिष्ट आन्दोलनमा उत्तराधिकारी निर्माणको आन्दोलन हो’, अध्यक्ष प्रचण्डले भने, ‘अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचनमार्फत् केन्द्रीय समिति निर्वाचित गरेको छ । यो हाम्रा लागि महत्वपूर्ण अनुभव र शिक्षा पनि हो । विद्यार्थी आन्दोलन कम्युनिष्ट आन्दोलनमा उत्तराधिकारी निर्माण गर्ने आन्दोलन पनि हो । आन्तरिक प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने नेताहरु नै विरोधीहरुसँगको प्रतिस्पर्धामा पनि आफूलाई विजयी बनाउन सक्छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies