Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सडक निर्माण भएपछि होटल व्यबसाय संकटमा

\"\"बेनी । जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ । यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए पनि पदायात्रा भने छोटिँदै गएको टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले बताउनुभयो । “योसँगै अन्नपूर्ण क्षेत्रको मजदुरीमा आश्रित मजदुरको रोजीरोटी नै धरापमा परेको छ,” उनले भने । भूकम्पपछि क्रमिकरूपमा पर्यटक आगमन वृद्धि हुँदै गए पनि जथाभावी कच्ची सडक निर्माणले पदयात्रा छोटिँदै गएको हो । “महिना दिनको यात्रा हुँदा पर्यटन व्यवसायी, सरकार, स्थानीय र आबद्ध सबैलाई फाइदा हुन्थ्यो । मोटरबाटो आवश्यक भए पनि जथाभावी खनिएका कच्ची सडकले पर्यटन उद्योग खुम्चिन पुगेका छन्” अध्यक्ष अधिकारीले भने । नेपालकै चर्चित पदयात्राका रूपमा रहेको यस क्षेत्रको पदयात्रा सुरक्षित र व्यवस्थित बनाउन पर्यटन बोर्ड पोखराको अनुमति लिनुपर्ने व्यवस्था छ । बोर्डबाट अनुमति लिएका पर्यटक अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)लाई तोकिएको शुल्क तिरेपछि मात्र पदयात्रामा जान पाउँछन् । अनावश्यक सडक निर्माणले पर्यटकको पदयात्रा र बसाई अवधि छोटिएकाले उनीहरूले गर्ने खर्चसमेत घटेको व्यवसायीको भनाइ छ । पदयात्रा अवधिसँगै यस क्षेत्रका स्थानीयको पर्यटन व्यवसायबाट हुने आम्दानी पनि घटेको छ । आधा दशक अगाडिसम्म दैनिक २०० को हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग हिजोआज संकटमा परेका छन् । पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा पर्दै जान थालेको छ । जिल्लाकै प्रमुख पर्यटकीयस्थल घोडेपानी, तातोपानी हँुदै मुस्ताङ जाने पर्यटकले प्रयोग गर्ने बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगर–घार– शिखगाउँ हुँदै प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीमा पुग्ने पदमार्गमा सडक विस्तार भएपछि त्यस क्षेत्रका होटल बन्द हुने अवस्थामा पुगेका छन् । अव्यवस्थित पदमार्ग, स्थान परिचय झल्काउने बोर्ड, पदमार्ग चिह्नलगायतका पूर्वाधार नहँुदा पर्यटकले रुट परिवर्तन गरेको घारकी पर्यटन व्यवसायी राममाया पुनले बताए । सडक विस्तारपछि पदमार्गमा व्यवसाय गरिरहेका अधिकांशको होटल बन्द गरेर कृषि तथा अन्य व्यवसायमा लागेका छन् । यो क्षेत्र हुँदै आवतजावत गर्ने विदेशी पर्यटक कास्कीको नयाँपुल, घान्द्रुक हुँदै जाने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies