Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

महासचिवले पानीको बोतलले हानेपछि सामान्य मन्त्रालयका सहसचिवले मागे सरूवा

\"\"काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का महासचिव प्रभाषकुमार शाहले सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजाललाई दुव्र्यवहार गर्दै पानीको बोतल प्रहार गरेका छन् । कर्मचारी सरुवामा असन्तुष्ट केही पक्षले सहसचिव रिजाललाई बारम्बार धम्क्याउने र दुव्र्यवहार गर्ने क्रम बढेपछि उनले सामान्यबाट अन्यत्र सरुवा मागेका छन्। उक्त संगठन माओवादी केन्द्रनिकट कर्मचारी संगठन हो । सरुवासम्बन्धमा विवाद भएपछि गत शुक्रबार महासचिव शाहले सहसचिव रिजालमाथि दुव्र्यवहार गरेका हुन्। अाजको अन्नपूर्णमा खबर छ-सामान्यका अनुसार केही कर्मचारीको सरुवाबारे छलफल गर्न गएका शाहले सरुवामा मनपरी गरेको भन्दै सहसचिव रिजाललाई सुरुमा धम्क्याउँदै कार्यकक्षमा राखिएको पानीको बोतलले आक्रमण गर्न खोजेका थिए । तर, सँगै रहेका अन्य कर्मचारीले उनलाई रोकेका थिए । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले भने सहसचिव रिजाल र शाहबीच सामान्य असमझदारी मात्रै भएको र विवाद समाधान भइसकेको दाबी गरे। ‘दुव्र्यवहारभन्दा पनि दुई पक्षबीच केही विवाद भएको हो, अब मिलिसकेको छ\', अध्यक्ष रावलले भने । सामान्यले सहसचिव रिजालमाथि कर्मचारी सरुवालाई लिएर बारम्बार धम्की र आक्रमण हुन थालेपछि आइतबारदेखि प्रहरी सुरक्षा मागेको छ। प्रहरीले आइतबारदेखि मन्त्रालयमा सुरक्षा दिन थालेको सामान्यले जनाएको छ । सामान्यले स्थानीय तहमा कर्मचारी पठाउनकै लागि केही महिनायता १५ सयभन्दा धेरै कर्मचारी सरुवा गरेको छ । केही दिनअघि मात्रै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका तत्कालीन सांसद शिवजी यादवले आफ्नी छोरीको सरुवा नसच्याएको भन्दै सहसचिव रिजाललाई अभद्र व्यवहार र गाली गलौज गरेका थिए। केही साताअघि सरुवाकै विषयमा केही ट्रेड युनियनका पदाधिकारीले समेत उनलाई गाली-गलौज र अपमानित गरेका थिए। सहसचिव रिजालले कर्मचारी सरुवाको दबाब सहन नसकी मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग सरुवाको माग गरेको स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies