Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

१२२ दल थिए, ४५ मा सीमित रहे

\"\"काठमाडाैं । ०६४ को संविधानसभा निर्वाचनमा ५४ दलले समानुपातिक निर्वाचनमा उम्मेदवारको बन्दसूची बुझाएका थिए । त्यसमध्ये २५ दलका उम्मेदवार निर्वाचित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा १२२ दलले समानुपातिक निर्वाचनमा उम्मेदवारको बन्दसूची बुझाएका थिए । आगामी निर्वाचनका लागि निर्वाचन आयोगका दर्ता भएका ८८ मध्ये ४५ दलले समानुपातिक निर्वाचनमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ४५ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएका छन् ।आजको नयाँ पत्रिकामा खबर छ-८८ मध्ये नेकपा संयुक्त, चुरेभावर, अखण्ड नेपाललगायत केही दल अन्य ठूला दलमा विलय भएपछि संख्या घटेको हो । आइतबार मध्यरातसम्म दलहरू आयोगमा बन्दसूची बुझाउन बसेका थिए । आयोगको समानुपातिक निर्वाचन कार्यतालिकाअनुसार आइतबारबाट १४ कात्तिकसम्म बन्दसूचीमा परेका उम्मेदवारको नाम दलहरूले सच्याउन पाउनेछन् । दलहरूले संशोधित नामसहितको बन्दसूची ६ देखि १२ कात्तिकभित्र आयोगमा बुझाउनुपर्नेछ । पहिलो चरणमा हुने निर्वाचनअन्तर्गतको प्रत्यक्ष निर्वाचनको मनोनयन ५ कात्तिकमा भएकाले प्रत्यक्षमा उम्मेदवार हुन चाहने व्यक्तिले समानुपातिकबाट नाम फिर्ता लिएर उम्मेदवारी दर्ता गर्न सक्नेछ । निर्वाचन कार्यक्रमअनुसार १३ कात्तिकसम्म उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहेमा आयोगमा निवेदन दिन सक्नेछ र १४ गते आयोगले सम्बन्धित दललाई जानकारी गराउनेछ । फिर्ता लिन चाहेको उम्मेदवारको नाम फिर्ता लिई दलले १५ गतेभित्र बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ । आयोगले १७ कात्तिकमा बन्दसूचीमा रहेका उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । ती नामावलीमा १८ देखि २५ कात्तिकसम्म दाबी–विरोध गर्न पाइनेछ भने २ मंसिरमा हटाइएका उम्मेदवारको नाम सूचना सार्वजनिक गर्नेछ । ३ मंसिरमा बन्दसूचीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले संविधान कार्यान्वयनका लागि ऐतिहासिक दिन भएको दाबी गरे । उनले समानुपातिक निर्वाचनको बन्दसूची बुझाउन दलहरूको उत्साहपूर्ण सहभाागिताले मंसिरको निर्वाचन सफल हुने बताए । निर्वाचन आयोगले प्रतिनिधिसभाका लागि ५० हजार र प्रदेश सभाका लागि २५ हजार रुपैयाँका दरले दलहरूबाट धरौटी रकम लिएको थियो । समानुपातिक निर्वाचनमा निर्वाचित नहुने दलको धरौटी भने जफत हुनेछ । जुन क्रमको उम्मेदवारले फिर्ता लियो त्यही क्रममा दफा २१ अनुसार उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछ । तर, दफा २२ अनुसार दलको केन्द्रीय समितिको बैठकले निर्णय गरी अर्को उम्मेदवार पठाउनुपर्नेछ । दलले अर्को उम्मेदवार मनोनयन गरी पठाउँदा नाम फिर्ता लिएको उम्मेदवारको नाम बन्दसूचीको जुन क्रममा रहेको छ, सोही क्रममा वा त्यस्तो बन्दसूचीको अन्तिम क्रममा उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ । संशाोधित नाम अन्तिम क्रममा दफा २० अनुसार मुख्य निर्वाचन अधिकृतले दलका उम्मेदवारको बन्दसूची सच्याउन सूचना प्रकाशन गरेपछि सम्बन्धित दलले बन्दसूची संशोधन गरी केन्द्रीय समितिको निर्णयबाट स्वीकृतपछि निर्वाचन अधिकृतलाई बुझाउन सक्नेछन् । बन्दसूची संशोधन गरी पेस गर्दा कुनै उम्मेदवारको नाम हेरफेर गरी अर्को उम्मेदवारको नाम समावेश गर्दा त्यसरी थप गरिने उम्मेदवारको नाम बन्दसूचीको अन्तिम क्रममा समावेश हुने गरी राख्नुपर्नेछ । ५० प्रतिशत महिला समानुपातिकमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकाअनुसार प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्नेछ । यसरी सिट संख्या निर्धारण गर्दा नाम समावेश गर्नुपर्ने महिलाको संख्या दशमलवमा आएमा सोभन्दा माथिको पूर्ण संख्यामा गर्नुपर्ने व्यवस्था गरिएको छ । समयमा ध्यान नदिने दल समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको सूची बुझाउन दलहरू निकै सकसमा देखिए । निर्वाचन आयोगले निर्धारणको समयमा सूची दर्ता गराउन कुनै पनि दल समयमा पुग्न सकेनन् । आयोगले सूची दर्ता गराउन आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म समय तोकेको थियो । तर, दिउँसो १ बजेसम्म कुनै पनि दलले सूची बुझाएका थिएनन् । दिउँसो सवा १ बजेतिर राष्ट्रिय यथार्थवादी पार्टी नेपाल र नेपाल समाजवादी पार्टी (लोहियावादी)ले मात्र सूची बुझाएका थिए । यथार्थवादीले प्रतिनिधिसभाका निर्वाचनका लागि ११ जना उम्मेदवारको बन्दसूची दर्ता गरायो भने लोहियावादीले प्रदेश नम्बर २ मा ४१ जना उम्मेदवारको सूची दर्ता गराएको थियो । सवा ४ बजेतिर एमाले नेताहरू सुवास नेम्वाङ, राजेन्द्र पाण्डे र कृष्णगोपाल श्रेष्ठ आयोग पुगेका थिए, तर सूची बुझाउन भने सकेनन् । नेताहरूसँग धरौटीबापतको रकम, उम्मेदवारको सूची र पत्र पनि थिएन । यस्तै, कांग्रेसले बन्दसूची बुझाउन पहिले नै टोकन लिएको थियो । तर, ५ बजेसम्म सूची बुझाउन सकेन । माओवादी कार्यालय सचिव प्रह्लाद बुढाथोकी टोकन लिए पनि ५ बजेभित्र बन्दसूची बुझाउन सकेनन् । दिनभर हरेक दल समानुपातिक निर्वाचनका उम्मेदवारको सूची टुंगो लगाउन व्यस्त भए । समयको महत्व दिने ठानिएका नयाँ शक्ति र साझा विवेकशील पार्टी पनि समयमा पुगेनन् । विवेकशीलका प्रवक्ता डा. सूर्यराज आचार्यको टोली साढे ३ बजेतिर आयोग पुगेको थियो, तर उससँग आवश्यक कागजात थिएन । नयाँ शक्तिकी नेतृ हिसिला यमीसहितको टोली आयोगमा साँझतिर पुगेकी थिइन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राईसहितको टोली ३ बजेतिर आयोग पुगेको थियो । दलहरूलाई समानुपातिक समावेशी बनाएर उम्मेदवारको सूची बनाउन साह्रै गाह्रो भएको नेता राईको टिप्पणी थियो । ‘जिल्लाबाट पार्टीले समानुपातिक समावेशी बनाउन आरक्षित कोटाअनुसार सूची नपठाउँदा केन्द्रलाई समस्या परेको र ढिला भएको हो,’ राईले नयाँ पत्रिकासँग भने । हचुवाका भरमा सूची दर्ता सच्याउन सजिलो छैन – समानुपातिक उम्मेदवारको सूची दर्ता गर्ने अन्तिम दिन आइतबारसम्म पनि दलहरूले गृहकार्य सकेका थिएनन् । दिनभरिको प्रयासपछि पनि सहमति गर्न नसकेका ठूला दल साँझ मात्र निर्वाचन आयोगमा पुगेका थिए । उम्मेदवारको सूची सच्याउने कानुनी व्यवस्था भएकाले पछि मिलाउने भन्दै दलहरूले भद्रगोल सूची बुझाएका छन् । तर, दर्ता भएको सूचीमा संशोधन गर्न दलहरूले सोचेभन्दा जटिल छ । – २९ असोज अर्थात् आइतबार दर्ता भएको सूची १४ कात्तिकसम्म दलहरूले संशोधन गर्न सक्छन् । तर, सूचीमा रहेको उम्मेदवारको क्रम संख्या तलमाथि गर्न सक्दैनन् । कुनै उम्मेदवारको उम्मेदवारी फिर्ता हुन सक्छ, त्यही ठाउँमा बाहिरको मान्छे थप्न सकिन्छ । तर, क्रमसंख्याको पछिल्लो पंक्तिमा रहेको उम्मेदवारलाई अघिल्लो पंक्तिमा ल्याउन सकिँदैन । त्यसैले अहिले पछिल्लो पंक्तिमा रहेका उम्मेदवार संसद्मा जाने सम्भावना लगभग समाप्त भएको छ । – अघिल्लो चुनावसम्म दलहरूले सूचीमध्येको कुनै पनि उम्मेदवारलाई संसद्मा पठाउन सक्थे । तर, यसपालि सूचीमा दर्ता भएको क्रम संख्याअनुसार मात्र संसद्मा पठाउन सकिने व्यवस्था छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार पनि दलहरूले समानुपातिक निर्वाचनका बन्दसूचीका उम्मेदवारका नाम संशोधन गर्न सक्नेछन् । ‘त्यसरी संशोधन गर्दा थपिएका उम्मेदवारको क्रमसंख्या भने अन्तिममा हुनेछ,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies