Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा ?

\"\"काठमाडौं । माओवादी केन्द्रले संघीय संसद् (प्रतिनिधिसभा) का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ ।निर्वाचन आयोगमा आइतबार समानुपातिकतर्फका पार्टी उम्मेदवारको बन्दसूची बुझाउँदै माओवादीले घर्तीलगायत नेतालाई समानुपातिकतर्फ उम्मेदवार बनाउँदै सूची बुझाएको हो । वरिष्ठ नेता रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदलले गृहकार्य गरी अन्तिममा मुख्य तीन नेता बसेर बन्दसूची तयार पारेका थिए । अाजको अन्नपूर्णमा खबर छ-निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम समयतिर साँझ ५ बजे आयोग पुगेर माओवादीले सूची बुझाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । माओवादीले पूर्वसभामुख घर्तीका अतिरिक्त पूर्वमन्त्री हितराज पाण्डे, रेखा शर्मा, नेता मणि थापा, नारायण दाहाल, तिलक परियार, जयपुरी घर्ती, श्रवण वर्वरिया यादव, पूर्णकुमारी सुवेदी, देवी खड्का, विमला सुवेदी, पासाङ शेर्पा, सुरेश आलेमगर, नारायण शर्मा, धर्मशिला चापागाईं, बलावती शर्मालगायतको नाम समानुपातिक सूचीमा राखेको छ । माओवादीभित्र श्रीमान्/श्रीमती नै राजनीतिमा सक्रिय भएकामध्येबाट कतिपयले प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका टिकट पाउने करिब-करिब पक्काजस्तै भएको छ । समानुपातिक सूचीमा परेकी पूर्वसभामुख ओनसरीको श्रीमान् वर्षमान पुन रोल्पाबाट प्रत्यक्षमा निर्वाचन लड्दै छन् । अध्यक्ष दाहालका भाइ नारायण दाहाल समानुपातिक सूचीमा परेका छन् । समानुपातिकमा परेकी पूर्वमन्त्री रेखा शर्मा कृष्णध्वज खड्काकी श्रीमती हुन् । खड्का प्युठानबाट प्रत्यक्षमा निर्वाचन लड्ने गरी सिफारिसमा परेका छन् । ‘दर्जन हाराहारीमा श्रीमान्, श्रीमती प्रत्यक्ष र समानुपातिक उम्मेदवार बन्दै हुनुहुन्छ,’ माओवादीका ती नेताले भने, ‘तर उहाँहरूले पार्टीमा योगदान पुर्‍याएर र जिम्मेवारीमै रहेका कारण उम्मेदवार बन्ने मौका पाउन लाग्नुभएको हो ।’ शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायतलाई प्रत्यक्षमै निर्वाचन लडाउने गरी कसैको पनि नाम समानुपातिक सूचीमा राखिएको छैन । नेता बादललाई समानुपातिक उम्मेदवार बनाउने गरी माओवादीभित्र सुरुमा चर्चा चले पनि उनले प्रत्यक्षमै निर्वाचन लड्ने बताएपछि उनको नाम समानुपातिक सूचीमा राखिएको छैन । दाहाल चितवन ३, थापा चितवन २ र श्रेष्ठ गोरखा २ बाट निर्वाचन लडाउने माओवादी योजना छ । नेता कृष्णबहादुर महरा, वर्षमान पुन, चक्रपाणि खनाललगायतलाई माओवादीले प्रत्यक्षमै उम्मेदवार उठाउने भएको छ । ‘पार्टी शीर्ष नेता प्रत्यक्षमै निर्वाचन लड्नुहुन्छ, समानुपातिकमा बस्नुभएको छैन’, सूची बुझाउन निर्वाचन आयोग पुगेका नेता देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘बन्दसूचीमा पनि नाम सच्याउन आयोगले अझै समय छुट्ट्याएकाले अझै केही फेरबदल हुन सक्छ ।’ आयोगमा बुझाएको नाममा माओवादीले संघीय संसद् (प्रतिनिधिसभामा) ११० र प्रदेशसभाका लागि २२० जनाकै नाम बुझाइएको प्रवक्ता भुसालले बताइन् । संघीय संसद् (प्रतिनिधिसभा) तर्फ ५७ महिला र ५३ पुरुषको नाम बुझाइएको छ ।प्रेमबहादुर र लोकमणि परे, साध्यबहादुर परेनन् । माओवादीले पार्टीको तर्फबाट समानुपातिक सूचीमा माओवादीको निर्वाचन चिह्न लिई निर्वाचन लड्न चाहेका समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र जनजागरण पार्टीका लोकमणि ढकालको नाम समावेश गरेको छ । सिंहलाई पिछडिएको क्षेत्रमा राखेर नाम समावेश गरिएको छ । माओवादीसँग समानुपातिक सूचीमा नाम माग गरिरहेका जनमोर्चाका नेता साध्यबहादुर भण्डारीलाई भने माओवादीले बन्दसूचीमा नाम समेटेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies