Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

सदनमा प्रचण्डको प्रशंसा गरेपछि..

\"\"काठमाडौं । सभामुख ओनसरी घर्तीले पूर्व मन्त्री तथा सांसद विश्वेन्द्र पासवानलाई सम्बोधनका लागि बोलाइन । पासवान रोष्टममा आए । उनले शुरुमा सम्बोधन गर्दै आदरणीय नेपाली कांग्रेसका सम्मानित नेता, नेकपा एमालेका सम्मानित नेता भनेर सम्बोधन गरे । माओवादीको पालो आउँदा भने उनले भने– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सम्मानित नेता । पासवानले एमालेका अध्यक्षको नाम लिएनन् न त अन्य दलका अध्यक्षको नै । पासवान यतिमा मात्रै सीमित भएनन् । उनले संक्षिप्तमा व्यवस्थापिका संसदले संविधान निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गरे । र, यो क्रममा उनले फेरी प्रचण्डको नाम लिए । उनले भने, “यो संविधान न कांग्रेसले भने जस्तो भएको छ, न एमालेले, न त माओवादी अध्यक्ष पुष्पकमल दाहालले खोजेजस्तो नै । यो हामी सबैको साझा सम्पत्ति बनेको छ ।” सम्बोधनका क्रममा पासवानले संसदमा संसदहरुको उपस्थिति नभएकोमा चित्त दुखाए । उनले भने, “कम्तीमा आज त सबै सांसद आउनुपथ्र्यो ।” पासवानले दलित र जनजातिका मुद्दाहरुको कुरा अघि सार्दै अन्तिममा “आजको दिन भाषण गर्ने दिन नभएर धन्यवाद दिने दिन हो” भने । संविधान निमाृण गर्न सफल भएकोमा उनले नेपाली कांग्रेस र एमालेलाई धन्यवाद दिएपछि प्रचण्डतर्फ हेर्दै भने, “‘र म खास गरी प्रचण्ड जीलाई विशेष धन्यवाद दिन चाहन्छु । वहाँले आफ्ना कैयन एजेण्डाहरुलाई थाती राखेर भएपनि, पछाडि हटेर, लचकता देखाएर भएपनि सबैलाई एउटा साझा मुद्दामा ल्याउन सफल हुनुभयो । वहाँको प्रयासले आज हामी संविधान कार्यान्वयन गर्ने चरणमा पुगेका छौं ।” पासवानले आरक्षणको पालना गरी उपेक्षित समुदायलाई राज्यका सबै तहमा सहभागी गराउन समेत जोड दिए । उनले शुरु र अन्तिममा जय भीम को सलाम गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies