/  Fri, December 15, 2017

सुन ओसारपसारमा संलग्न तस्करको हत्या

फाइल फोटो

काठमाडौं । नागार्जुन नगरपालिका वडा नम्बर ३ मा फेला परेको रसुवा पार्वतीकुण्ड नगरपालिका गगन लामाको शवको अनुसन्धानबाट उक्त हत्या सुन तस्करीका कारण भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको अन्तर्यमा भने रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राइएको १८ केजी अवैध सुनको ओसारपसारसँग जोडिएको देखिन्छ । गत असार २ गत चिनियाँ नागरिक वोई र तेन्जिङले रसुवा गोसाईकुण्ड गाउँपालिका १ का लाक्पा ग्यालजेन तामाङलाई १८ केजी सुन काठमाडौं पुऱ्याउने जिम्मा दिएका थिए । ग्यालेजने भने सो जिम्मेवारी किर्ती भन्ने छिरिङ तामाङ, लिङजो भन्ने पासाङ तामाङ र गगन लामालाई जिम्मा दिएका थिए ।

सुन लिएर काठमाडौं आएका तीनमध्ये सुन बोकेका गगन लामा आफ्ना साथीहरुको सम्पर्क बाहिर रहेर सुटुक्क हिंडेका गगनले १८ मध्ये १० केजी सुन काठमाडौंमा ल्याएर सुन लिने भनिएका व्यक्तिलाई नै दिए । बाँकी रहेको ८ केजी सुन भने गगनले आफैसँग राखे र गुण्डाहरुले लुटेर लगेको बताए ।

सुन धनी र अन्य साथीहरुले निरन्तर पिछा गरेपछि लामाले २ केजी सुन भने सुन धनी तेन्जिङलाई नै फिर्ता गरे । बाँकी ६ केजी सुन दिने भनिएको व्यक्तिलाई पनि नदिएपछि र सम्पर्क बाहिर बसेपछि सुन पुऱ्याउने जिम्मा पाएकाहरुले नै लामाको हत्या गरेको निश्कर्ष प्रहरीको छ ।

प्रहरीले लामाको हत्या अभियोगमा रसुवा घर भएका लाक्पा तामाङ, रसुवा गोसाईकुण्डका लाक्पा ग्यालजेन, किर्ती भन्ने छिरिङ लामा, सविन थोकर र सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका ९ घर भएका प्रकाश शाक्यलाई पक्राउ गरेको बताएको छ ।

 

 

अशोज २६ गते, २०७४ - १८:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

काठमाडाैं । विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले...   
कर नतिर्ने घरधनिको नामावली सार्वजनिक, किन तिर्दैनन् ठुला घरधनी कर ?

कर नतिर्ने घरधनिको नामावली सार्वजनिक, किन तिर्दैनन् ठुला घरधनी कर ?

काठमाडाैं । ललितपुर हानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठुला घरधनीहरुको नाम सार्वजनिक गरेको...   
जोखिममा एटीएम

जोखिममा एटीएम

काठमाडाैं । निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम...   
नयाँ सरकारसँग भारतले राख्यो यस्तो अाशा

नयाँ सरकारसँग भारतले राख्यो यस्तो अाशा

काठमाडाैं । भारतले नेपालमा हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्दै ‘नयाँ...   
प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

काठमाडाैं । वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष...   
कसरी गुम्यो सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड

कसरी गुम्यो सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड

काठमाडाैं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले साढे २५ करोड रुपैयाँ गुमाएका छन्। संयुक्त राष्ट्रसंघको...   
सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद

सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद

राष्ट्रिय सभा गठनपछि मात्रै नयाँ सरकार बन्न सक्ने कांग्रेसको तर्क, पहिले सरकार बन्नुपर्ने एमाले–माओवादीको...   
राष्ट्रपति अलमलमा: राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

राष्ट्रपति अलमलमा: राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

फाइल फोटो काठमाडाैं । राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी...   
समानुपातिक मतगणना अपडेटः कुन दलले ल्याए कति भोट ?

समानुपातिक मतगणना अपडेटः कुन दलले ल्याए कति भोट ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको समानुपतिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ। समानुपातिक...   
कुन दलबाट को–को बने सांसद ?(सूचीसहित)

कुन दलबाट को–को बने सांसद ?(सूचीसहित)

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भईसकेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top