Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

राष्ट्रपति भण्डारी डोटीमा, प्रदेश न. ७ को राजधानी दिपायल बनाउन माग

\"\"डोटी । राष्ट्रपति बिद्यादेवी भण्डारीले डोटी सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको दर्शन गरेकी छन । कडा सुरक्षा व्यवस्था सहित मन्दिर क्षेत्रमा पुगेकी भण्डारीले शैलेश्वरी मन्दिरमा पुजा अर्चना गरेको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टले जानकारी दिए । देशका बिभिन्न स्थानहरुको भ्रमण गर्ने क्रममा जुम्ला हुँदै बुधवार सुदूरपश्चिम पृतना मुख्यालय दिपायल पुगेकी राष्ट्रपति भण्डारीले बिहीबार शैलेश्वरी दर्शन गरेकी हुन । सो अवसरमा राष्ट्रपति भण्डारीले शैलेश्वरी क्षेत्रमा हालै निर्माण भएको खानेपानीको धाराको पनि उद्घाटन गरेकी छन । समितिले आफ्नै लगानीबाट मुहान खरीद गरि ल्याइएको धारामा सधैंभरी पानी आईरहने समितिका अध्यक्ष भट्टले बताए ।   ज्ञापन पत्र राष्ट्रपति भण्डारीको डोटी भ्रमणको अवसर पारी प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने माग गर्दै डोटीको दिपायल सिलगढी नगरपालिकाले ज्ञापन पत्र बुझाएको छ । शैलेश्वरी मन्दिर क्षेत्रमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा नगरपालिकाका प्रमुख मञ्जु मलासीले राष्ट्रपति भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा राणाकालीन ससमयमा चार गौंणा मध्ये पश्चिम गौणाको प्रशासनिक केन्द्र डोटीमा रहेको र साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि डोटीमै भएका कारण ऐतिहासिक रुपमा डोटी नै राजधानी हुनु पर्ने माग गरिएको छ । ज्ञापन पत्रमा सरकारी जमीन र सरकारी भौतिक संरचनाहरु डोटीमै बनेका र उच्च अदालत, सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रदेशस्तरीय कार्यालय र प्रहरीको प्रदेशस्तरीय कार्यालय डोटीमै स्थापना भईसकेकाले डोटी राजधानीका लागि भूमिका निर्वाह गरिदिन हुन राष्ट्रपतिलाई आग्रह गरिएको छ । फाेटाेमा \"\" \"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies