/  Wed, July 18, 2018

वाम गठबन्धनबाट भोलिसम्म बाहिरिने बाबुरामको संकेतः यस्तो छ विवादको ‘चुरो कुरो’

काठमाडौं । नेकपा माओवादी केन्द, नेकपा एमाले र नयाँ शक्ति पार्टीको संयुक्त वाम गठबन्धनमा विवाद उत्पन्न शुरु भएको छ । उत्पन्न विवादसँगै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पर्ख र हेरको स्थितिमा छ । गठबन्धन घोषणा भएको एक सातादेखि विवाद उत्पन्न भएपछि बाबुरामले भोलि विहानसम्म पर्खने त्यसपछि आफुहरुले भनेजस्तो नभए भोलि दिउँसो नै गठबन्धनबाट बाहिरिने निर्णय गरिसकेका छन् ।

के हो विवाद ?
विवादको पहिलो कुरा भनेको बाबुराम गृहजिल्ला गोरखा हो । त्यसपछि दोस्रो विवादको विषय बनेको नयाँ शक्तिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कति प्रतिशत हिस्सा पाउने भन्ने हो ।

माओवादीले गोरखाको दुबै क्षेत्र नछाड्ने अडान वाम गठबन्धनको एक पार्टी नेकपा एमालेसँग राखेको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ बाट चुनावमा उठ्दैछन् । माओवादीभित्र प्रचण्डपछि दोस्रो वरियताक्रमा श्रेष्ठ नै हुन् । श्रेष्ठले अध्यक्ष प्रचण्ड र सिट बाँडफाट गर्न बनेको त्रिपक्षिय कार्यदलमा दबाब दिइरहेका छन् । त्यसो त गोरखा–१ पनि माओवादीले कुनै हालतमा नछाड्ने उक्त कार्यदलमा कुरा पुगिसकेको छ । माओवादीले गोरखाको कुनै क्षेत्र नछाड्ने भएपछि कार्यदलसमेत समस्या परेको छ ।

माओवादीबाट फुटेर नयाँ शक्ति गठन गरेका बाबुराम आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने भएपछि माओवादीले गोरखाको कुनै क्षेत्र पनि नछाड्ने निर्णय गरेको माओवादी नेताहरुभित्र चर्चा चल्न थालेको छ । बाबुरामले गोरखाको एक क्षेत्र आफुलाई मिलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । तर बाबुरामले माओवादीसँग भने गोरखामा आफुलाई चाहिने बिषयमा छलफलसमेत गरेका छैनन् । वाम गठबन्धनबाट आफ्नो गृहजिल्लामा आफ्नै लागि सिट नपाएपछि भोलि दिउँसोसम्म बाबुराम बाहिरिन सक्ने सिट बाँडफाँड गर्न गठित कार्यदलका एक सदस्यले खबरडबलीलाई बताए ।

यस्तो छ नयाँ शक्तिको भनाई
सिट बाँडफाँडको अन्तिम टुंगो लागिसकेको छैन् । बाबुरामका एक सहयोगी विश्वदिप पाण्डेले खबरडबलीलाई बताएअनुसार नयाँ शक्ति के कति पाउने भन्ने अझै पनि छलफल भएको छैन् । हामीले भनेजस्तै सिट पाएको खण्डमा नयाँ शक्ति गठबन्धन बस्ने र भनेजस्तै नभए बाहिरिने पाण्डेले बताए । पाण्डेका अनुसार भोलि बिहानसम्म गठबन्धनमा बस्ने कि बाहिरिने भन्ने टुंगो लाग्ने बताए । हदैसम्म गिरेर वाम गठबन्धनमा नबस्ने बाबुरामको मनस्थित छ । वाम गठबन्धनबाट बाबुराम बाहिरिएको खण्डमा आँखा चुनाव चिन्ह लड्दैछन् ।

ओलीको बाबुरामलाई जवाफः गोरखा त माओवादीले नछाड्ने भो कम्रेड
बुधवार हिजो केपी ओलीलाई भेटन बाबुराम बालकोट पुगेका थिए । ओली निवासमा भएको छलफलमा बाबुरामले गोरखा–२ सहित नयाँ शक्तिले प्रतिनिधिसभा १५ र प्रदेशसभामा ३० सिट पाउनुपर्ने माग राखे । यसलाई ओली घुमाउरो शैलीमा अस्विकार गरेका थिए । ओली बाबुरामलाई भने ‘माओवादीले गोरखा कुनै हालतमा नछाड्ने भनेको छ । यसलाई मिलाउन गाह्रो भयो’ ओलीले भेटमा भने ।
ओलीसँगको भेटपछि निराश भएर फर्केका बाबुराले दिउँसो करिब १२ बजेतिर बबरमहलस्थित कार्यालयमा पार्टीका नेताहरुको बैठक राखेर ओलीसँगको भटको सबै कुरा राखेका थिए । बैठकमा केही नेताहरुले आफ्नो मागलाई एमाले र माओवादीले पूरा नगरे वाम गठबन्धनबाट बाहिरिनुपर्ने बाबुरामलाई सुझाव दिएका थिए ।

 

अशोज २६ गते, २०७४ - १६:५१ मा प्रकाशित

कुँवर खबरडबलीका संवाददाता हुन्, राजनीति र साहित्यमा रिपोर्टिङ गर्छन् ।

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी...   
प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग...   
अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री...   
पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी...   
चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता...   
‘फ्ल्यासब्याक’मा दुइ मन्त्रीः जनयुद्धका प्रमुख योजनाकारदेखि एलडिओलाई शौचालयमा थुन्नेसम्म

‘फ्ल्यासब्याक’मा दुइ मन्त्रीः जनयुद्धका प्रमुख योजनाकारदेखि एलडिओलाई शौचालयमा थुन्नेसम्म

काठमाडौं । केपी शर्मा ओली नेतृत्व सरकारमा आज चार जनाले सपथ लिएका छन् । प्रधानमन्त्री ओलीकै पार्टी नेकपा...   
एमालेले भन्यो–माओवाद मान्दैनौं जबज मान्नुपर्छ, माओवादीले भन्यो त्यसो भए सरकारमा जाँदैनौं

एमालेले भन्यो–माओवाद मान्दैनौं जबज मान्नुपर्छ, माओवादीले भन्यो त्यसो भए सरकारमा जाँदैनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे प्रधानमन्त्रीको रुपमा सपथ लिदैंछन् । आजै...   
माओवादीले गर्यो यस्तो निर्णयः प्रचण्ड बन्ने भए सहअध्यक्ष, ओली प्रधानमन्त्री

माओवादीले गर्यो यस्तो निर्णयः प्रचण्ड बन्ने भए सहअध्यक्ष, ओली प्रधानमन्त्री

फाइल फोटो काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सकिएको छ । बैठकमा सहभागी माओवादीका...   
गुपचुप राखिएको माओवादीका यी दुई नेताले दिएको राजीनामा

गुपचुप राखिएको माओवादीका यी दुई नेताले दिएको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका दुई नेताले राजीनामा दिएको कुराले माओवादी हेडक्वार्टरमा खैलाबैला...   
‘झारमा लुकेर बाँच्दा साथीहरुलाई नाफा भो, मलाई घाटा’

‘झारमा लुकेर बाँच्दा साथीहरुलाई नाफा भो, मलाई घाटा’

जब एक बाबुआमाले सन्तानको जन्म दिन्छन् तब उसको काँधमा अनेक जिम्मेवारी थपिएर धर्तीको मुहार देख्छ । अनेकौं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top