/  Tue, October 17, 2017

यौन दुर्व्यवहारका कारण चलचित्र निर्माताको सदस्यता खारेज

हलिउडका गन्नेमान्ने चलचित्र निर्माता हार्बी वाइन्सटिनमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि ओस्कारका आयोजकहरुले उनको भुमिका अब के हुने भन्नेबारे आपतकालीन बैठक गर्दैछन्। मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइन्सटिनविरुद्धका यौन दुर्व्यवहारका आरोपहरु घृणित भएको बताएको छ।

वाइन्सटिनले भने आफूमाथिका अभियोगहरुको कडा रुपमा प्रतिवाद गरेका छन्। ब्रिटिश एकेडेमी अफ फिल्म (बाफ्टा) ले उनको सदस्यता निलम्बन गरिसकेको छ। प्रहरी प्रशासनले त्यसबारे थप विवरण उपलब्ध गराएको छैन। वाइन्सटिनको मिराम्याक्स र वाइन्सटिन कम्पनीले निर्माण गरेको ८१ वटा चलचित्रहरुलाई ओस्कार दिएको युएस एकेडेमीले शनिबार उनीमाथि लागेको आरोपबारे छलफल गर्ने भएको छ।

एनजेलिना जोली र गुइनथ प्याल्ट्रोसहित चर्चित केही अभिनेत्रीहरुले चलचित्र निर्मातामाथि लागेको अभियोगबारे बोलेका छन्। वाइन्सटिनले अनुचित ढंगले व्यवहार गरेको भन्दै आरोप लगाउने ब्रिटेनकी अभिनेतृ तथा मोडल कारा डेलिभिन हुन्।

एउटा विज्ञप्तिमा उनले वाइन्सटिनले आफूले होटलको कोठा छोड्न लाग्दा आफूलाई चुम्बन गर्ने प्रयास गरेको बताइन्। उनले भनिन्,मैले एकदमै शक्तिहीन महसुस गरेँ र डराएँ । द न्यू योर्कर पत्रिकाले आफूमाथि लगाएको बलत्कारको अभियोग मंगलबार वाइन्सटिनले अस्वीकार गरेका छन् ।

सोही दिन उनकी श्रीमतिले उनलाई छोड्न लागेको बताएकी थिइन्। बुधबार अमेरिकाका अभियोजनकर्ताहरुले एकजना महिलाले सन् २०१५ मा वाइन्सटिनले आफूलाई गरेको व्यवहारविरुद्ध उजुरी दिएपछि उनीहरुले वाइन्सटिनविरुद्ध कुनै कारबाही नगर्ने आफ्नो निर्णयको बचाउ गरेका छन्।

इटलीकी २२ वर्षीय मोडलले पनि वाइन्सटिनले आफूलाई अनुचित ढंगले छोएको भन्दै प्रहरी कहाँ पुगेकी थिइन्। म्यानह्याटनको महान्यायाधिवक्ताको कार्यालयले उजुरीकर्ता र वाइन्सटिनबीच भएको गुप्त अडियो अपराध प्रमाणित गर्नका लागि पर्याप्त नभएको बताएको छ। विविसी

अशोज २६ गते, २०७४ - १२:५१ मा प्रकाशित
बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

  खोटाङ । चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले...   
वाईसीएलले गर्यो १ बुथ १ सय युथको निर्णय

वाईसीएलले गर्यो १ बुथ १ सय युथको निर्णय

काठमाडौं । नेकपा माओवादी निकट वाईसीएल नेपाल २ नम्वर प्रदेशको पूर्ण बैठक सम्पन्न भएको छ । महोत्तरीको...   
नगदसहित ८ जना पक्राउ

नगदसहित ८ जना पक्राउ

  कैलाली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज १ लाख ६४ हजार नगदसहित आठ जनालाई पक्राउ गरेको छ । धनगढी...   
मुलुकलार्इ विद्युतीय सवारी साधन तर्फ लैजाने

मुलुकलार्इ विद्युतीय सवारी साधन तर्फ लैजाने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र...   
१ करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

१ करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रु एक करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र...   
सूचनाको सही प्रयोग गरौं : राष्ट्रपति

सूचनाको सही प्रयोग गरौं : राष्ट्रपति

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको...   
८८ किलो सुन प्रकरणका व्यापारी पक्राउ

८८ किलो सुन प्रकरणका व्यापारी पक्राउ

काठमाण्डौ । प्रहरीले नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङलार्इ पक्राउ गरेको छ।...   
२६ हजार चालकले विना लाइसेन्स सवारी चलाउँछन्

२६ हजार चालकले विना लाइसेन्स सवारी चलाउँछन्

  काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या...   
लोकतान्त्रिक गठबन्धनमा जाँदैनाै : अध्यक्ष यादव

लोकतान्त्रिक गठबन्धनमा जाँदैनाै : अध्यक्ष यादव

  विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक...   
कुसल क्रान्तिकारी तथा युवा नेता गंग बहादुर घर्ती दैलेखबाट सिफारिस

कुसल क्रान्तिकारी तथा युवा नेता गंग बहादुर घर्ती दैलेखबाट सिफारिस

काठमाडाैं । कम्यूनिष्ट पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा होमिएका तथा भूमिगत जीवन जनयुद्धमा समर्पित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top