Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नाबालक श्रीमतीसंगको यौनसम्बन्ध राखे बलात्कार ठहरिने

\"\"भारत । श्रीमानलाई आफ्नो नाबालक श्रीमतीसंग यौनसम्बन्ध राख्‍न अनुमति दिने एउटा कानुनी प्रावधानलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । बलात्कार सम्बन्धी कानुनको एक भागका रुपमा रहेको उक्त बुंदामा विवाहीत दम्पत्तीबीच वैध यौन सम्बन्धका लागि श्रीमतीको उमेर १५ वर्ष भन्दा बढी हुनुपर्ने उल्लेख थियो ।

अब नयां कानुनी प्रावधान अनुसार नाबालक श्रीमतीसंगको यौन सम्बन्ध बलात्कार ठहरिनेछ । भारतमा विवाह र यौन सम्बन्धका लागि महिलाको न्यूनतम कानुनी उमेर १८ रहेको छ तर वैवाहीक बलात्कारलाई अपराध मानिंदैन । सर्वोच्च अदालतको फैसलालाई महिला अधिकारवादी अभियानकर्ताहरुले प्रसंशापूर्वक स्वागत गरेका छन् तर सम्बाददाताहरु भन्छन् नयां कानुनी प्रावधान लागु हुन निकै गाह्रो पर्नेछ । अदालतको फैसला अनुसार १८ वर्षभन्दा कम उमेरका विवाहीत नाबालकहरुले सहमति विना यौन सम्बन्ध राख्‍ने आफ्ना श्रीमानका विरुद्ध बलात्कारको मुद्दा चलाउन पाउने छन् । तर त्यसका लागि जबर्जस्ती यौन सम्बन्ध राखिएको एक वर्षभित्रै उजुरी गर्नु पर्नेछ । सर्वोच्च अदालतमा आवेदन दिएका एकजना प्रमुख अभियानकर्ता विक्रम श्रीवास्तव भन्छन् सर्वोच्च अदालतको फैसलाले किशोरीहरु विरुद्धको ऐतिहासिक भूल सच्चाएको छ । तर दिल्लीस्थित पत्रकार गीता पाण्डे भन्छिन् बालविवाहको व्यापक रुपमा अभ्यास हुने भारतजस्तो देशमा नयां कानुन प्रभावकारी रुपमा लागु हुन अप्ठ्यारो छ । उनी भन्छिन् अदालत र प्रहरीले दम्पत्तीहरुको कोठामा जांच गर्न जाने कुरा भएन । साथै अभिभावकको स्वीकृतिमा विवाह बन्धनमा बांधिकाएका नाबालक दुलहीहरुले आफ्नो श्रीमानका विरुद्ध मुद्दा दायर गर्न प्रहरी वा अदालतसम्म जाने साहस सामान्यतया जुटाउन सक्ने देखिंदैन । भारत सरकार भन्छ बालविवाहको प्रचलन देशको लगभग सबैजसो विकास लक्ष्यमा ठूलो तगारोका रुपमा रहेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies