Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यसरी क्षेत्र बाँड्दै छन् एमाले-माओवादीः कुन जिल्लामा कसले कति पाउँदैछन् ?

\"\"काठमाडौं । एमाले-माओवादी वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फको क्षेत्र भागबन्डा अन्तिम चरणमा पुर्‍याएका छन् । दुवै पक्षले दाबी गरेका क्षेत्रबारे गहन छलफल गरेर जिल्लागत रूपमा भागबन्डा लगाउन थालिएको नेताहरूले बताएका छन् । मंगलबारसम्म सोलोडोलो छलफल गरेका उनीहरूले बुधबारबाट भने जिल्लागत रूपमा क्षेत्र टुंगो लगाउन थालेका हुन् । यी दुई दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा ६० र ४० प्रतिशत उम्मेदवार लिएर निर्वाचन लड्ने समझदारी गरेका थिए । अाजको अन्नपूर्णमा खबर छ-त्यही आधारमा क्षेत्र बाँडफाँट गर्न बसेको कार्यदलले बुधबारबाट भने प्रदेश १ का जिल्लाको क्षेत्र बाडफाँट टुंगो लगाउन सुरु गरेको कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए। ‘केही जिल्लाको हामीले टुंगो लगाइसकेका छौं,\' उनले भने, ‘अन्य जिल्लामा पनि प्रदेशस्तरबाट टुंगो लगाउँदै जान्छौं ।\' कार्यदलले बुधबार प्रदेश १ अन्तर्गतका ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, ओखलढुंगा, सोलखुम्बु र खोटाङ जिल्लाको निर्वाचन क्षेत्र भागबन्डा टुंग्याएको उनले जानकारी दिए । जित्नसक्ने वर्चस्वलाई आधार बनाउँदै क्षेत्र भागबन्डा टुंग्याउन थालेको उनको भनाइ छ । तर, टुंगिएका जिल्लाका कुन क्षेत्र कुन दलले लिने भन्ने विषय कार्यदलले सार्वजनिक गरेको छैन । दोस्रो संविधानसभा निर्वाचन र स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार बनाएर क्षेत्र बाँडफाँट गरिएको नेताहरूले बताएका छन् । ‘एकसरो प्रस्ताव हामीले उहाँहरू (माओवादी) लाई दिएका थियौं,\' एमाले नेता पाण्डेले भने, ‘उहाँहरूले पनि पहिल्यै दिनुभएको थियो, दुवै पक्षको ड्राफ्टमा सानोतिनो विषयमा नमिले पनि अब प्रदेशस्तरबाट मिलाउँदै जान थालेका छौं ।\' कार्यदलले कुन जिल्लामा कुन पार्टीले कति क्षेत्र लिने भन्ने विषयमा भने मोटामोटी आँकडा टुंग्याएका छन् । तर, कतिपय जिल्लामा दुवै पक्षको दाबी रहेका कारण छलफल आवश्यक रहेको नेताहरूको भनाइ छ । दुईवटा निर्वाचन क्षेत्र रहेका उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङलगायत जिल्लामा दुवै दलले एक-एक क्षेत्र लिने समझदारी बनेको स्रोतको दाबी छ । मधेसका ३२ क्षेत्रमध्ये माओवादीले १७ र एमालेले १४ वटामा दाबी गरेका छन् । कार्यदलका एक सदस्यका अनुसार सप्तरीमा माओवादीले क्षेत्र १ र २ दाबी गरेको छ । उक्त जिल्लामा दुई-दुई क्षेत्र बाँड्ने समझदारी भएको छ । क्षेत्र १ मा दुवै दलको दाबी रहेका कारण टुंगिन सकेको छैन । सिरहाको क्षेत्र ३ मा दुवै दलले दाबी गरिरहेका छन् । क्षेत्र १ एमाले र ४ माओवादीले लिने गरी सहमति जुटेको छ । क्षेत्र २ मा भने दुवै दलले दाबी गरेका छैनन् । धनुषामा भने दुई दलबीच कुरा मिलेको छ। त्यहाँको क्षेत्र १ र २ मा माओवादी तथा ४ मा एमालेले दाबी गरेको छ । ३ मा भने कुनै पनि दाबी छैन । महोत्तरीमा माओवादीले १, ३ र ४ मा दाबी गरेको छ भने एमालेले एउटा मात्र क्षेत्र मागेको छ । क्षेत्र २ दुवै पक्षको दाबी छैन भने ४ मा दुवैले दाबी गरेका छन् । सर्लाहीमा दुई-दुई क्षेत्र बाँड्ने समझदारी भए पनि दुवैले क्षेत्र १ र ३ दाबी गरेका छन् । क्षेत्र २ र ४ मा दुवैले दाबी गरेका छैनन्। बारामा माओवादीले दुई सिट र एमालेले तीन सिटमा दाबी गरेको छ । एमालेले १, ३ र ४ मा तथा माओवादीले ३ र ४ मा दाबी गरेको छ । २ मा भने दुवैको दाबी परेको छैन । पर्सामा माओवादीले ४ र एमालेले ३ नम्बर क्षेत्रमा दाबी गरेको छ । बाँकी १ र २ मा भने कसैको दाबी छैन । एउटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँची, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, कालिकोट माओवादीलाई दिने समझदारी छ । अर्घाखाँचीमा भने एमालेले पनि दाबी छोडेको छैन । ताप्लुजुङ, पाँचथर, धनकुटा, एमालेले पाउने भएको छ । कार्यदल तहमा निर्वाचन क्षेत्र बाँडफाँट गर्दा सुरुमा प्रदेश र प्रतिनिधिसभा दुवैमा गरेर भए पनि दुवै दलको प्रतिनिधत्व ७७ वटै जिल्लामा गराएर उम्मेदवार उठाउने छलफल भए पनि त्यस्तो नहुने भएको छ । एमाले अत्यधिक बलियो रहेको क्षेत्रमा एमालेकै मात्र र माओवादी बलियो रहेको क्षेत्रमा माओवादीकै मात्र उम्मेदवार उठाउने गरी कार्यदलमा पछिल्लो छलफल चलेको छ । ‘प्रत्येक जिल्लामा प्रतिनिधित्व नै भन्ने आधारमा छैन, अब कुनैमा माओवादीको उम्मेदवारी हुँदैन, उहाँहरू बलियो रहेको ठाउँमा हाम्रो उम्मेदवारी हुँदैन,\' कार्यदल सदस्य पाण्डेले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies