Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सिट बाँटफाँडमा ७ वटै प्रदेशमा माओवादी र एमालेवीच ‘बार्गेनिङ’, कुन प्रदेशमा कति ?  

\"\"काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच ६० र ४० को अनुपातमा निर्वाचन क्षेत्र वाँडफाँड गर्ने सहमति भएको थियो ।
तरअहिलेसम्म यस विषयमा सहमति हुन सकेको छैन । अहिलेसम्मको छलफल र गृहकार्य अनुसार माओवादी केन्द्रले प्रतिनिधी सभामा ५६ सीट पाउने देखिएको छ । केन्द्रमा रहेका कुल १सय ६५ सीट मध्ये वाम गठबन्धनमा आउने अन्य शक्ति र नयाँ शक्तिलाई सीट छुट्याएपछि वाँकी रहेकोबाट एमाले र माओवादीबीच ६० र ४० अनुपातमा सीट वाँडफाँड गर्नै सहमति भएको थियो । उक्त सहमति अनुसार माओवादीले केन्द्रमा ५६ सीट पाउने देखिएको हो । कुन प्रदेशमा कसलाई कति ? अहिलेसम्म चलिरहेको छलफलका आधारमा ७ वटै प्रदेशमा माओवादी र एमालेवीच ‘बार्गेनिङ’ चलिरहेको छ । यो सहमति अन्तिम नभए पनि सूत्रहरुले दिएको जानकारी अनुसार सीटको बाँडफाँट सम्बन्धी बहस यस्तो छः प्रदेश १ प्रदेश १ मा प्रतिनिधिसभातर्फ माओवादीले बढीमा ५ सीट पाउने सम्भावना देखिएको छ । यद्यपि उसले ८ सीटसम्म दाबी गरेको छ । प्रदेश १ का २८ सीटमध्ये झापामा १, मोरङमा २ र उदयपुरमा १ सीट माओवादीले पाउने लगभग निश्चित छ । माओवादीले सोलुखुम्बु, भोजपुर, खोटाङ र सुनसरीको एउटा सीटमा पनि दाबी गरेको छ । यीमध्ये बढीमा दुई सीट माओवादीलाई दिएर प्रदेशसभा बढी लिने गरी सहमतिको प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ । प्रदेश २ प्रदेश २ का ३२ मध्ये माओवादीलाई १६ सीट छाड्न एमाले तयार भइसकेको छ । यो चनावमा स्थानीय चुनावमा वडाको मतका आधारमा एमाले र माओवादीले बराबरी जितेका छन् भने लोकप्रिय मतमा एमाले केही मतले अगाडि छ । प्रदेश २ अन्तर्गत एमालेले सप्तरीमा माओवादीलाई २ सीट छाड्नेछ । बाँकी २ मध्ये एक सीटमा मधेसवादी दलका नेता मोहम्मद इस्लामलाई छाडेर एमाले एक सीटमा लड्न सक्ने सम्भावना छ ।
सिरहामा माओवादीले ३ सीट दाबी गरेको छ । एमालेले दुई(दुई सीट बाँड्ने प्रस्ताव राखेको छ ।
धनुषामा एमाले र माओवादीले दुई(दुई सीट बाँड्ने तयारी गरेका छन् भने महोत्तरीमा माओवादीले ३ र एमालेले १ सिट पाउने सम्भावना छ । सर्लाही, रौतहट, बारा र पर्सामा दुई दुई सीट बाँड्ने अनौपचारिक सहमति भएको बुझिएको छ । यद्यपि माओवादीले रौतहटमा पनि तीन सीट दाबी गरेको छ । यहाँ स्थानीय तहको चुनावमा एमाले पराजित भएको थियो । प्रदेश २ मा माओवादीले १७ सीट पाउने सम्भावना छ । एमालेले आफ्नो कोटाबाट राजपाका अर्का नेतालाई सूर्य चिन्हबाट लडाउने गरी १४ सिटमात्रै लिने तयारी गरेको छ । प्रदेश ३ स्रोतका अनुसार प्रदेश ३ का ३३ निर्वाचन क्षेत्रमध्ये माओवादीले १२ सीट दाबी गरेको छ, जसमा सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, काभ्रे र ललितपुरमा माओवादीले एक(एक सिट पाउनेछन् । त्यस्तै रामेछापमा पनि प्रतिनिधिसभाको सिट माओवादीले पाउने भएको छ । काठमाडौंमा माओवादीले खासै धेरै सीटमा रुची देखाएको छैन । उसले बढीमा ३ सीटसम्म पाउन सक्ने सम्भावना रहेको स्रोतले बतायो । एमाले स्रोतले दिएको जनाकारी अनुसार दोलखा, भक्तपुर र रसुवामा माओवादीले प्रतिनिधिसभामा दाबी गरेको छैन । प्रदेश ३ मा माओवादीले १२ सीट पाउने सम्भावना छ । प्रदेश ४ प्रदेश ४ मा प्रतिनिधिसभाका १६ सिटमध्ये माओवादीले ७ सिट दावी गरेको छ । तर, स्थानीय तहको चुनावको परिणाम र सांगठानिक अवस्था हेर्दा माओवादीलाई बढीमा ४ सिट भन्दा छाड्न नसकिने निष्कर्षमा एमाले नेताहरु छन् । माओवादीले गोरखाका दुबै सीट दाबी गरेको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् । अहिले यो सबैभन्दा पेचिलो विषय बनेको छ कार्यदलमा । माओवादी कायकर्ताहरु सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामप्रति असाध्यै नकारात्मक देखिएको एक एमाले नेताले बताए ।
स्रोतका अनुसार माओवादीलाई गोरखा, तनहँ र बाग्लुङमा एक(एक सीट दिन एमाले सहमत भएको छ ।
माओवादी नेता देव गुरुङले इच्छा व्यक्त गरेकाले एमालेका पृथ्वीसुब्बा गुरुङ सहमत भएमा माओवादीले लमजुङ पाउनेछ । कास्की र स्याङ्जामा भने माओवादीको जित्न सक्ने मत नभएकाले त्यहाँ दावी नगरेको एमाले नेता बताउँछन् । यद्यपि देव गुरुङले कास्की १ बाट चुनाव लड्ने रुची देखाएका छन् । मनाङ र मुस्ताङमा माओवादीको उपस्थिति कमजोर रहेकाले उसले म्याग्दीको प्रतिनिधिसभाको सीट दावी गरेको छ । सम्भवतः माओवादीले गोरखा, तनहुँ, लमजुङ, बाग्लुङ र म्याग्दी समेत गरी ५ सीट पाउने एमाले नेता बताउँछन् । प्रदेश ५ प्रतिनिधिसभामा २६ सीट रहेको प्रदेश नम्बर ५ मा माओवादी र एमालेमात्र होइन, राजापाका विद्रोही नेतालाई पनि सीट बाँडफाँड गरिँदैछ, जसमा हृदयेश त्रिपाठी नेतृत्वका चार राजपा नेताले चार सीट पाउनेछन् । उनीहरु सूर्य चिन्हबाट लड्ने निश्चित भइसकेको छ । बाँकी रहेका २२ सिटमध्ये माओवादीले नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ र बर्दियामा एक(एक सीट पाउने एमाले नेता बताउँछन् । त्यस्तै अर्घाखाँची, रोल्पा र रुकुमका तीनै सीट माओवादीले पाउने सम्भावना छ । प्युठानमा मसाललाई छाड्ने वा वामदेव गौतम लडेको खण्डमा एमालेले पाउने भन्ने टुंगो छैन । त्यहाँ माओवादीले पनि मणि थापाका लागि दाबी पेश गरेको छ । प्रदेश नं ५ मा माओवादी र राजपाका विद्रोही नेताले लिएर बाँकी रहेका १४ वा १५ सीटमा एमाले लड्ने स्रोतले जनाएको छ । प्रदेश ६ स्थानीय तहको मत परिणामका आधारमा एमालेभन्दा केही मतले मात्रै पछि परेको माओवादीले प्रदेश ६ मा आधा अर्थात ५० प्रतिशत सिट पाउने एमाले नेताहरु बताउँछन् । प्रदेश ६ का १२ सीटमध्ये माओवादीले सल्यान, रुकुम, जाजरकोट, कालिकोट र जुम्ला पाउने लगभग सहमति भइसकेको नेताहरुले बताएका छन् ।
माओवादी तर्फबाट हुम्ला र सुर्खेतको २ नम्बर क्षेत्र पनि दावी पेश भएको छ । यीमध्ये दुवै सिट माओवादीले पाएमा एमालेले १२ मध्ये ५ सिटमा मात्रै प्रतिनिधिसभा सदस्य उम्मेदवार उठाउनेछ । तर, उसले सुर्खेतका दुवै सीटमा दाबी गरेको छ ।
प्रदेश ७ प्रदेश ७ मा प्रतिनिधिसभा १६ सीटमध्ये एमाले र माओवादीबीच कतिकति बाँड्ने भन्ने बारेमा कार्यदलमा छलफल भइसकेको छैन । माओवादीले कैलालीमा ५ मध्ये २ र कञ्चनपुरमा ३ मध्ये एक सिट पाउने अनौपचारिक सहमति भएको स्रोतले अनलाइनखबरलाई बतायो । त्यस्तै वैतडी, दार्चुला र डडेलधुराका तीन सीटमध्ये माओवादीले एउटा र एमालेले दुई सिट पाउने सम्भावना छ । उता सेतीका पहाडी जिल्लामध्ये डोटी, बझाङ र बाजुरा एमालेले दाबी गरेको छ । अछाममा एक(एक सीट बाँड्ने सम्भावना रहेको स्रोतको भनाइ छ । यसो गर्दा माओवादीले ७ नम्बर प्रदेशका १६ मध्ये ५ सिट पाउनेछ । तर, माओवादी पक्षबाट भने १६ मध्ये कम्तिमा ६ सीट दावी पेश भएको स्रोतको भनाइ छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies