/  Thu, July 19, 2018

संसद् गठनको एक महिनाभित्रै नयाँ राष्ट्रपति, यस्तो हुन्छ छनोट प्रक्रिया

काठमाडौं । संसद्ले आइतबार राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक पारित गर्दै संविधान कार्यान्वयन पछिको पहिलो राष्ट्रपति निर्वाचन सम्बन्धी वैधानिक व्यवस्था गरेपछि संघीय संसद् र प्रदेशसभा गठनको एक महिनाभित्रै देशले तेस्रो राष्ट्रपति पाउने भएको छ ।

अन्तरिम संविधानअनुसार निर्वाचित गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिलाई संविधान जारीलगत्तै संक्रमणकालीन संवैधानिक व्यवस्थाअनुसार बिदा गरिएको थियो । संविधानसभाबाट रूपान्तरित संसद्ले निर्वाचित गरेको गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिको कार्यकाल संविधानको धारा २९७ को उपधारा ५ अनुसार संघीय संसद् र प्रदेशसभाका सदस्यहरबाट निर्वाचन मण्डलबाट निर्वाचित हुने राष्ट्रपतिले कार्यभार नसम्हालेसम्म रहनेछ ।

‘यो ऐन प्रारम्भ भएपछिको पहिलो निर्वाचन भने संघीय संसद् र प्रदेशसभा गठनको एक महिनाभित्रै हुनेछ,’ आइतबार पारित विधेयकमा भनिएको छ । यो व्यवस्थाको कार्यान्वयनले संविधान जारी भएपछि रूपान्तरित संसद्ले चयन गरेको (संक्रमणकालीन व्यवस्थाअनुसार) राष्ट्रपतिको कार्यकाल सकिने छ । विधेयकले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिएको छ । विधेयकअनुसार आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त भएमा त्यसको एक महिनाभित्र निर्वाचन हुने गरी चुनावको मिति तोकी त्यसको जानकारी नेपाल सरकारलाई दिनुपर्छ ।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचक मण्डलमा प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र ७ प्रदेशका कुल ५ सय ५० प्रदेशसभा सदस्यहरू गरी ८ सय ८४ मतदाता हुन्छन् । विधेयकले संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रिय सभा० का सांसदले दिने मतको भार ७९ र प्रदेशसभाका सदस्यहरूले दिने मतको भार ४८ हुने निश्चित गरेको छ । राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचक मण्डलका सदस्यहरूको मतको भार संघीय कानुनमा व्यवस्था भएबमोजिम फरक हुने संवैधानिक व्यवस्थाअनुसार जनसंख्या र सिट संख्याको अनुपातमा यस्तो मतभार तय गरिएको छ ।

मतदाता (निर्वाचक मण्डलका सदस्य) सांसदहरू मात्रै हुने भए पनि राष्ट्रपति–उपराष्ट्रपतिको उम्मेदवार संसद् बाहिरबाट हुन सक्छन् । संसद्ले पारित गरेको विधेयकमा देशको सर्वोच्च आलंकारिक पदमा उम्मेदवारी दर्ताका लागि धरौटी रकम आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

विधेयकले राष्ट्रपति–उपराष्ट्रपतिको उम्मेदवार हुनका लागि ५ सांसद प्रस्तावक र ५ सांसद समर्थक हुनुपर्ने व्यवस्था गरेको छ । राष्ट्रपति–उपराष्ट्रपति पदमा उम्मेदवारी दिन २५ प्रस्तावक र २५ समर्थक गरी पहिले नै ५० सांसदको समर्थन हुनुपर्ने विधेयकको प्रस्तावित व्यवस्थाको चौतर्फी आलोचना भएको थियो ।

विधेयकमा उपराष्ट्रपति पदको उम्मेदवार मनोनयनका लागि राष्ट्रपतिभन्दा फरक लिंग वा समुदायको व्यक्ति हुनुपर्छ । यस्तो व्यवस्थाका कारण राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकैपटक हुन सक्दैन । राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि प्रस्तावित यो व्यवस्थाअनुसार राष्ट्रपति निर्वाचनको परिणाम घोषणा पछिमात्रै उपराष्ट्रपति निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

 

अशोज २३ गते, २०७४ - १४:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले समयमै पैसा नदिएपछि अस्पतालको गुनासो-डायालिसिस सेवा दिनै गाह्रो भयो

सरकारले समयमै पैसा नदिएपछि अस्पतालको गुनासो-डायालिसिस सेवा दिनै गाह्रो भयो

काठमाडाैं । मृगौला रोगीलाई डायालिसिस सेवा दिने स्वास्थ्य संस्थाहरूलाई सरकारले बेलैमा रकम दिन नसक्दा...   
डा. केसीका समर्थकमाथि लाठी चार्ज, विद्यार्थी र डाक्टर घाइते

डा. केसीका समर्थकमाथि लाठी चार्ज, विद्यार्थी र डाक्टर घाइते

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत रहेका डा. केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले...   

डा. केसीले सिंहदरबारलार्इ यस्तो सन्देश पठाए (पूर्णपाठसहित)

जुम्ला ।  अनसनरत डा. गोविन्द केसीले सन्देश दिएका छन् । केसीलार्इ काठमाडाैं लैजान हेलिकोप्टर अाएपछि...   

यस कारण काठमाडाैं जान तयार भए डा. केसी

जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । बिहिबार प्रहरीले आफ्ना समर्थकमाथि...   
डा. केसीको अनसनस्थलमा झडपको स्थिति, प्रहरीले बल प्रयोग गर्यो

डा. केसीको अनसनस्थलमा झडपको स्थिति, प्रहरीले बल प्रयोग गर्यो

जुम्ला । डा. गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपको स्थिति सिर्जना...   
भारतीले ल्याए सिन्धुपाल्चोक चिनाउने ‘मेरो प्यारो सिन्धुपाल्चोक’

भारतीले ल्याए सिन्धुपाल्चोक चिनाउने ‘मेरो प्यारो सिन्धुपाल्चोक’

काठमाडौं ।  सिन्धुपाल्चोक कुञ्चोकका नवगायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीत सार्वजनिक...   
टर्कीमा दुई वर्षपछि ‘संकटकाल अन्त्य हुँदै’

टर्कीमा दुई वर्षपछि ‘संकटकाल अन्त्य हुँदै’

टर्कीको सरकारी सञ्चारमाध्यमले दुई वर्षअघि भएको असफल ‘कू’ पश्चात लगाइएको संकटकाल सरकारले हटाउन...   
पहिरो खस्दा १२ बाख्रा पुरिए

पहिरो खस्दा १२ बाख्रा पुरिए

दार्चुला । मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् । मंगलबार...   

भारतिय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नयाँदिल्ली । लोकसभाका सभामुख सुमित्रा महाजनले मोदी सरकारविरुद्ध साढे चार वर्षे अवधिमा पहिलो पटक अविश्वास...   

देउवाले मनोनीत गरे आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top