/  Fri, December 15, 2017

विवादस्पद डिआइजी सिलवाल राजीनामा टुंगो नलाग्दै एमालेमा प्रवेश, कारवाहीको तयारी

काठमाडौं । विवादस्पद छविका डिआइजी नवराज सिलवालको राजीनामाको टुंगो नलाग्दै पार्टी प्रवेश गरेका छन् । राजीनामाको टुंगो नलाग्दै शुक्रवार डिआइजी सिलवाल एमालेमा प्रवेश गरेपछि प्रहरी संगठनभित्र हल्लीखल्ली मच्चिएको छ । प्रहरी नियमावलीमा रहेको कानुनी प्रावधान अनुसार बहालवाला प्रहरी अधिकारीलाई राजनीतिक क्रियाकलापमा पूर्ण बन्देज लगाइएको छ ।

डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश

प्रहरी स्रोतका अनुसार राजीनामा टुंगो नलाग्दै पार्टी प्रवेश गरेपछि प्रहरी प्रधान कार्यालयले डिआइजी सिलवालविरुद्ध आचारण विरुद्धको कारबाहीको प्रक्रिया अघि बढाउने तयारी छ । सिलवालले सर्वोच्च अदालतमा दिएको रिट निवेदन भदौ २७ मा पूर्ण इजलासले खारेज गरेपछि भदौ २८ मा प्रहरी सेवाबाट राजीनामा दिएका थिए । उक्त पत्र सिलवालले प्रहरी प्रधान कार्यालयमा बुझाएका थिए । सरकारले बरियता मिचेर डिआइजी जयबहादुर चन्दलाई आइजिपी सिफारिस गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।

सिलवालले रिट दायर गर्नेक्रममा सर्वोच्चमा पेश गरेको कागजात कीर्ते भएको भन्दै गृह र प्रहरी प्रशासनले कारबाहीको तयारी अगाडि बढाएका थिए । त्यसैका लागि उनको राजीनामा स्वीकृत नगरी थाँती राखिएको थियो।

२०७३ फागुन १ गते डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च गएका सिलवालको रिट निवेदनको सुनवाइ गर्दै फागुन ८ मा जयबहादुर चन्दको बढुवा बदर गरिएको थियो। सरकारले चैत २९ मा डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि सिलवाल दोस्रो रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले पहिलो रिट निवेदनको सुनवाइका क्रममा मगाएको कार्य सम्पादन मूल्यांकनमा कीर्ते गरेको आशंकामा वैशाख ११ मा सिलवाल पक्राउसमेत परेका थिए ।

अशोज २० गते, २०७४ - १७:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

काठमाडाैं । विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले...   
कर नतिर्ने घरधनिको नामावली सार्वजनिक, किन तिर्दैनन् ठुला घरधनी कर ?

कर नतिर्ने घरधनिको नामावली सार्वजनिक, किन तिर्दैनन् ठुला घरधनी कर ?

काठमाडाैं । ललितपुर हानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठुला घरधनीहरुको नाम सार्वजनिक गरेको...   
जोखिममा एटीएम

जोखिममा एटीएम

काठमाडाैं । निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम...   
नयाँ सरकारसँग भारतले राख्यो यस्तो अाशा

नयाँ सरकारसँग भारतले राख्यो यस्तो अाशा

काठमाडाैं । भारतले नेपालमा हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्दै ‘नयाँ...   
प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

काठमाडाैं । वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष...   
कसरी गुम्यो सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड

कसरी गुम्यो सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड

काठमाडाैं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले साढे २५ करोड रुपैयाँ गुमाएका छन्। संयुक्त राष्ट्रसंघको...   
सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद

सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद

राष्ट्रिय सभा गठनपछि मात्रै नयाँ सरकार बन्न सक्ने कांग्रेसको तर्क, पहिले सरकार बन्नुपर्ने एमाले–माओवादीको...   
राष्ट्रपति अलमलमा: राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

राष्ट्रपति अलमलमा: राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

फाइल फोटो काठमाडाैं । राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी...   
समानुपातिक मतगणना अपडेटः कुन दलले ल्याए कति भोट ?

समानुपातिक मतगणना अपडेटः कुन दलले ल्याए कति भोट ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको समानुपतिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ। समानुपातिक...   
कुन दलबाट को–को बने सांसद ?(सूचीसहित)

कुन दलबाट को–को बने सांसद ?(सूचीसहित)

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भईसकेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top