Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

रोटीकारिताको क्रममा पल–पल भेटेका कुराहरुलाई कथामा उनेको छु : नवीन विभास

\"\"दाङ । बिर्सिने खतरामा रहेका सपनाहरुलाई सम्झाइदिने ‘रोल्पा सुइना’को घोराहीमा चर्चा गरिएको छ । कथा संग्रह ‘रोल्पा सुइना’का जन्मदाता कथाकार नवीन विभास दाङका पाठक, समीक्षकमाझ आफ्नो पछिल्लो कथाकृतिको चिरफारमा सहभागी भए । कार्यक्रममा कथाकार नवीन विभासले रोटीकारिता (पत्रकारिता) को क्रममा भेटेका र समाचारमा लेख्न नसकेका कथाहरुलाई पुस्तकका रुपमा लेखेको बताए । ‘रोटीकारिताको क्रममा पल–पलमा भेटेका र समाचारमा लेख्न नसकेका मनको अन्तरकुन्तरमा रहेका कुराहरुलाई कथामा उजागर गरेको हुँ’ उनले भने, ‘पत्रकारिताको क्रममा द्वन्द्व र माओवादी बीट हेर्ने भएकाले पनि मलाई जनयुद्ध र यसको सामाजिक, साँस्कृतिक प्रभावकाका बारेमा लेख्न सजिलो भयो ।’ कथाकार नवीन विभासले आफ्नो गाउँ ठाउँको कथा भन्नुपर्छ भनेर कथा लेखेको बताए । ‘काठमाडौं  अाइसकेपछि र अन्य साहित्यहरु पढिसकेपछि लाग्यो– हाम्रा कुराहरु भन्न धेरै बाँकी छ, जो हामीले नभनिदिएपछि कसले भनिदिने ?’ उनले भने, ‘आफ्नो ठाउँको कथा भन्नुपर्छ भनेर लेखेको हुँ । कथामा रोल्पाको लोकल कलरबाट माओवादी आन्दोलनलाई देखाउने कोसिस गरेको छु ।’ रोल्पा सुइना  दश वर्षे जनयुद्ध र त्यसबाट प्रभावित समाजको कथा बोल्ने ‘रोल्पा सुइना’लाई समीक्षकहरुले जनयुद्धसँग जोडिएर लेखिएको अहिलेसम्मकै सन्तुलित र यथार्थ कृति भएको बताए । समीक्षक टीकाराम उदासीले ‘रोल्पा सुइना’ जनयुद्धमा सहभागी भएका वा सहभागी नभए पनि प्रत्यक्ष/परोक्ष रुपले प्रभावित भूइँमान्छेहरुको कथा भएको बताए । ‘नवीनले दश वर्षे विद्रोहमा राप्ती क्षेत्र र विशेष गरी रोल्पा, रुकुम र दाङको परिवेशलाई समेटेर यहाँको सामाजिक, साँस्कृतिक पक्ष र यहाँका सीमान्तकृत समुदायका भोगाइलाई कथामा उजागर गरेका छन्, उनले भने, ‘रोल्पा सुइना जनयुद्धको विषय समेटिएको राप्तीको प्रतिनिधि कथा संग्रह हो ।’ जनयुद्धको समर्थन र विरोधमा थुप्रै कृति लेखिएको भए पनि रोल्पा सुइना अरुभन्दा सन्तुलित र यथार्थ रहेको उदासीले बताए । ‘जनयुद्धमा केन्द्रित रहेर लेखिएका युद्ध साहित्यहरुमाझ विश्वासिलो र सन्तुलित कृतिका रुपमा रोल्पा सुइना आएको छ, उनले भने, ‘कथामा सुइना देखाउनेहरुलाई खबरदारी छ, समाज परिवर्तनको आकांक्षा र आशावाद व्यक्त गरिएको छ ।’ अर्का समीक्षक महेन्द्र महकले ‘रोल्पा सुइना’ सपना पूरा नभएको कुरालाई कथामार्फत् प्रस्तुत गरिएको जनयुद्धको कथा भएको बताए । जनयुद्धले गरेको सामाजिक, राजनीतिक परिवर्तनले रोल्पामा के परिवर्तन भयो भन्ने कुरा नवीनका कथाहरुमा सशक्त रुपमा उठाइएको महकले बताए । ‘जनयुद्धले परिवर्तनबाट रोल्पाले परिवर्तनको अनुभूति गर्न सक्यो कि सकेन ? ती सुइनाहरुको अवस्था के छ भन्ने कुरा कथामा टड्कारो ढंगले उठाइएको छ’ समीक्षक महकले भने, ‘जनयुद्धले देखाएका सपनाहरु के हुन्छन् ? युद्धपछिको सामाजिक मनोदशालाई कथामा मिहीन तरिकाले उठाएका छन् ।’ कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरी, अग्रज साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा र राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले कथाकार नवीन विभासलाई शुभकामना दिए । सो अवसरमा डा. अमर गिरीले रोल्पा सुइना द्वन्द्वलाई विषय बनाइकन लेखिएको सशक्त कृति भएको बताए । ‘नवीन विभासले आफ्नो वैचारिक पक्षधरतालाई यथावत राख्दै सजीव ढंगले द्वन्द्वको चित्रण गर्नुभएको छ, गिरीले भने, ‘द्वन्द्वको कलात्मक, सजीव र यथार्थ चित्रण छ रोल्पा सुइनामा ।’ अग्रज साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले त झन् कथाकार नवीन विभासलाई रुसी उपन्यास अग्निदीक्षाका लेखक ‘अस्त्रोवस्की’कै विशेषण दिए । राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले नेपाली आधुनिक कथामा नवीन विभासले स्थानीय बोलीचालीको लवजलाई समेट्नुका साथै नौलो प्रयोग गरेको बताए । रोल्पा सुइनामा पछि पारिएका समुदाय र आवाजविहीनहरुको आवाज रहेको भन्दै खनालले पछि पारिएका पात्रहरुलाई अघि बढ्नका लागि प्रेरणा हुने बताए ।जनउभारबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies