Khabar Dabali Logo
  October 24, Thu

साहित्य चौतारीबाट राष्ट्रकवि अभिनन्दित

 

काठमाडौँ । साहित्य चौतारी (झापा) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज अभिनन्दन गरेकाे छ ।

राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा पुगेर सो संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ सहितका साहित्यकारले अभिनन्दन गरेका हुन । कवि घिमिरेको ९९औँ जन्म वर्ष र विजयादशमीको कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजित कार्यक्रममा उनले उपस्थित स्रष्टा र सञ्चारकर्मीलाई टीका लगाई आशीर्वाद दिए ।

राष्ट्रकवि घिमिरेले टाढादेखि साथीहरु आएर पूर्णिमाको दिनमा यस्तो कार्यक्रम राखेकामा आफ्नो आँगन मंगल भएको र आफू रोमाञ्चित भएको बताए।

कार्यक्रममा राष्ट्रकविका केही लोकप्रिय गीत र कविता वाचन गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेका रचनाले राष्ट्रिय भावनाको आवाज बोकेको र यो उमेरमा पनि उनको सक्रियताले साहित्य क्षेत्रले गौरवबोध गरिरहेको बताए । उनले कविवरको शताब्दी जन्मोत्सवलाई वर्षभरि मनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिए ।

झापामा विसं २०५६ मा स्थापित सो संस्थाको राष्ट्रकवि घिमिरेले नै उद्घाटन गरेका थिए ।

अशोज १९ गते, २०७४ - १७:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

काठमाडौं । दशैंको अवसरमा नेपाल प्रहरीले सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । ती बस...   
राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

काठमाडौं । नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शनिबार फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा...   

६३ वर्षीय वृद्धकाे हत्या गर्ने अभियुक्त पक्राउ

भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका–१०...   

भर्याङबाट धकेलेर आफ्नै भाईको हत्या

भक्तपुर । भर्‍याङबाट धकेलेर आफ्नै भाईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...   

दुई तिहाइ सरकार र नेकपाको अग्निपरीक्षा सुरु भएकाे छः नेता नेपाल

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको र नेपाल कम्युनिस्ट...   

नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।  काभ्रे र सिन्धुलीको...   
विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

काठमाडौं । मोरङमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले  भण्डारण गरेर राखेको विष्फोटक पदार्थ...   
दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

काठमाडौं । आश्विेन २१ गते परेको विजया दशमीको दिन नेपाली सेनाले राजधानीका विभिन्न ९ रुटमा निशुल्क...   
नगरपालिकाकाे लापरबाहीका कारण  ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

नगरपालिकाकाे लापरबाहीका कारण ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ...   
बँदेलको आक्रमणबाट चारजना घाइते

बँदेलको आक्रमणबाट चारजना घाइते

कञ्चनपुुर । जङ्गली बँदेलको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top