Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

एमालेसँगको एकताबारे यसो भन्छन् माओवादी नेता हरिबोल गजुरेल

\"\" सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरुले सुरु गरेको वाम एकता प्रक्रिया र चुनावी तालमेल अब कसरी अगाडि बढ्छ भन्ने चासो सर्वत्र छ । लगत्तै संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धनको प्रक्रिया सुरु गरिसकेको अवस्था छ । अबको ध्रुव्रिकृत राजनीति र गठबन्धन कसरी अगाडि बढ्ला रु वाम एकताले प्रचण्डपथ र जवजको अस्तित्व के हुने हो? नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसंग गरिएको कुराकानीः बाम एकता प्रक्रियासंगै चुनावी तालमेलको घोषणापछि तपाईको अनुभव सुनौं न मुख्य कुरा ऐतिहासिक कामको सुरुवात भएको छ । माओवादी शान्ति प्रक्रियामा आएदेखि नै वाम एकताको विषय उठेको थियो । अहिले आएर सार्थकता पाएको छ । सुशासन र अमनचयनका लागि बलियो कम्युनिष्ट हुँदा धेरै सहज हुने देखेको छु । अब परिवर्तनलाई आत्मसाथ गरेर सबैले नयाँ राजनीतिक धरातलमा समृद्ध नेपालको सपना साकार पार्न लाग्दा नेपाल विश्वमै उदाहरणीय बन्न सक्छ । नेपाली कम्युनिष्टहरुमा वैचारिक संकट छ त्यो चाहीँ अब हट्नेछ र हट्नुपर्छ । शान्ति प्रक्रियादेखि उठेको वाम एकतामा किन अलमल भयो त ? हैन कहाँ ह्वात्तै एकीककरणको निर्णय भयो त, धेरै चरणमा छलफलहरु भए । २०६४ सालमै वाम एकता प्रक्रिया धेरै अगाडि बढिसकेको थियो तर तत्कालिन अवस्थामा एमालेले गहिरिएर त्यो आवश्यता आत्मसाथ गरेन । उतिबेलै धेरै सहमति भएका थिए । अन्तत एकीकरण प्रक्रिया टुङ्गोमा नै नपुगी यथावत रह्यो । अहिले एमालेले आवश्यता महसुस गर्यो । यहि नै हो त वाम एकीककरणको आधार ? मुख्य कुरा दुबै पार्टीले दुबैको अस्तित्व स्वीकार गर्नु हो । प्रचण्डपथको बिषय छ । जवजको बिषय छ । अब यी सबैलाई कसरी अगाडि लैजाने भन्ने प्रश्न अहिले पनि उठ्छ, तैपनि हाम्रो मिसन एउटै थियो, नेपालमा कम्न्युनिष्ट केन्द्र बनाउने र विश्वलाई कुनै न कुनै प्रकारले नयाँ राजनीतिक सन्देश दिने । रुसी क्रान्तीलाई पनि हेर्न सक्छौँ । आवश्यताका आधारमा जोडिनै पर्थ्यो, जोडियौँ । मंगलवार कम्न्युनिष्टहरुका बीच भएको एकीककरण प्रक्रियाको धरातल धेरै पहिले तय भएको पनि भुल्न हुँदैन । ६४ सालमै भएको सहमतीलाई मुर्त रुपका हौँ । कार्यक्रर्ता नमिलेका कहाँ छन् भन्नुस त ? बरु मिलेर कुरा बिग्रेको छ क्या , कांग्रेस, माओवादी, एमाले लगायतका सबै दलका कार्यकर्ता मिलेका छन् । एउटा सानो विकास परियोजना नै किन नहोस सबै मिलेका छन् । काममा भन्दा धेरै बजेट अन्तै खर्च भैराख्या छ । अनि कसरी भ्रष्टाचार निर्मुल पार्न सकिन्छ । सुशासन कायम गर्न सकिन्छ । तल्लो तहदेखि माथीसम्मको यहि भ्रष्ट मनोवृतिको अन्त्य गर्दै सुशासन र अमनचयनका लागि बलियो कम्युनिष्ट केन्द्र बनाउँदा किन असन्तुष्टी हुनु रु कार्यकर्तामा केही असन्तुष्टी पक्कै छ तर त्यसको व्यवस्थान सहि रुपमा हुन्छ आत्तिनु पर्दन । भावनात्मक एकता पनि यत्ति सजिलो छ है ? हैन कार्यकर्ता केहि सन्तुष्टी छ । तर नयाँ राजनीतिक धरातलमा पुराना बिषयलाई उठाईराख्ने हो भने अगाडि बढ्न गाह्रो छ । नयाँ वैचारिक धरातलले विगतका विराशत बिर्साउनुपर्छ । नेतृत्व यसमा सजग छ र हुनुपर्छ । इमानदारी पुर्व सहमती कार्यान्वयन हुन्छ भन्नेमा पनि शंका छैन होला उसो भए रु विगतमा भएका सहमती भत्काउँदाको अनुभव एमालेले पनि गर्यो । माओवादी केन्द्रले पनि यसलाई मनन गरेकै छ । विगतका तिता बिषयलाई बिर्सनुपर्छ । म फेरि पनि जोड दिएर भन्छु की राजनीतिक ध्रुविकरण सहितको वाम एकीककरणले विगतका विराशत बिर्साउनुपर्छ । र नयाँ बैचारिक धरातलमा अगाडी बढ्नुपर्छ । हो सहमती कार्यान्वयन नगरिए आन्तरिक द्धन्द्ध हुन्छ । आन्तरिक रुपमै संघर्ष गर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies