Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

माओवादी रुपान्त्रणको सवाल, जुटेर क्रान्तिको अभिभारा पुरा गरौं

“क्रान्तिको बाटो घुमाउरो हुन्छ, समय परिस्थिति अनुसार चल्न पनि सक्नुपर्छ” भन्ने भनाइ राजनीतिक घटनाक्रममा सत्यसावित हुन खोजिरहेको छ यतिबेला । नैराष्यताको बादललाई च्यातेर आशाका किरणाहरु देखिन थालेका छन् । अराजकता, उदण्डता, नेतृत्वको चरित्र हत्या गर्ने, बदनाम गर्ने प्रवृत्तीको शिकार बनेको माओवादी स्थानिय तहको चुनाव समापनसंगै नयाँ शिराबाट क्रान्तिको अभिभारा पुरा गर्ने उदघोषले रुपान्तरणको संकेतमा देखिएको छ । चरम नवस्रशोधनवादको डिलमा पुगेको माओवादी मधेश अर्थात दुई नम्वर प्रदेशको चुनावले अझ सच्चिने र रुपान्तरणतर्फ उन्मुख हुनु पर्छ भन्ने विश्वास जन्मिएको छ । विभाजन, टुटफूट, निजी सम्पत्ती जोडजाम जस्ता गैरसर्वहारावादी चिन्तनले अधिबढेका नेता र कार्यकर्ता भनेर जनस्तरबाट उठेका यि शव्द सवाललाई माओवादीले गम्भीर भएर सोच्न र भ्रमलाई चिर्न स्थानिय तहको निर्वावाचनले पनि पाठ सिकाई सकेको छ । स्थानिय तहको निर्वाचन समापनले नयाँ आशा र भरोशा दिएको सबैमा अनुभूति भइरहेको छ यतिखेर । “संसदवादीहरुसंगको गोलचक्करभित्र गरिएका कमजोरीहरु र भएका उपलब्धीहरुको गहन ढंगले सश्लेषण गरि आँउदो मंसिर १० मा हुने प्रदेश र केन्द्रको चुनावमा पस्कन माओवादी नेतृत्व सफल हुनुपर्छ ।” \"\"संश्लेषण र कमजोरी स्विकारोक्तीको पद्दतीले माओवादी रुपान्तरणतर्फ उन्मुख नभएको होईन पटक पटक यस्ता अभिव्यक्ति नआएका पनि होईनन् अभिव्यक्ति संगसंगै विभाजन पनि नभएको होईन । माओवादी सेरोफेरोलाई केलाउने हो भने विभिन्न समयमा विचलनमा आएका धारहरु अहिले एकतामा आएको लहरले नैराष्यता कुण्ठा र विभाजनको भुमरीलाई चिर्दै क्रान्तिको अभिभारा पुरा गर्ने बाटो मोडिदिएको छ । यहि कडिलाई समातेर नेता र कार्यकर्ताबीचको ग्याप अन्त्य गर्न पार्टी अनुशासन, आर्थिक सुशासन जस्ता विषयलाई अझ कडाइका साथ लागु गर्ने हो भने आँउदो चुनावमा माओवादी पहिलो हुने संकेत पनि देखाएको छ । “शान्तिकालीन यात्रामा नेतृत्व तथा केही कार्यकर्तामा पैदा भएको ऐस–आराम, विलासी, घरजम जोडजाम र कार्यकर्ताप्रति वेवास्ता गर्ने प्रवृत्ती संस्थागत हुन थालेको चिन्तनलाई चिर्दै स्थानिय चुनावमा जनताले दिएको मतले यतिवेला नेतृत्वर कार्यकर्ताको माझमा रुपान्तरण र एकताको सन्देश दिएको छ । पार्टीभित्र मौलाएको उदण्डता, अराजकता, चरित्र हत्या गर्ने प्रवृत्तिको अन्त्य हुदैछ भन्न सकिन्छ यतिबेला । श्रमजीवि जनताको पक्षमा लड्ने पार्टी नवसंशोधनबादको खतराको कुहिरोबाट क्रान्तिकारी विचारमा रुपान्तरित हुन प्रयत्न गरेको हो भन्ने आशा गर्न सकिन्छ” । सर्वहारा जीवनशैलीबाट तडकभडक, अराजकताको सांस्कृतिक चिन्तन र व्यवहारले माओवादीलाई कमजोर बनाएको हो भन्ने जनताको आलोचनालाई एकमत गर्दै पार्टीलाई शुद्धीकरण र रुपान्तरणको यात्रामा हिडाउन जरुरी देखिन्छ । आमूल परिवर्तनको अभियानमा चलायमान माओवादी राजनीतिकरुपमा स्खलीत हुदै विभिन्न गुट उपगुटमा विभाजित भएको जनतालाई पचेको छैन । जनताको पक्षमा जनताका लागि जनताकै भनाईलाई समातेर यति बेला सचेतपूर्ण ढंगले सर्वहाराकरणको अभियानको यात्रालाई पुनः जोड्न र पाटीभित्रको विकृतीलाई चिर्दै चुनावलाई उपयोग गर्न प्रचण्ड गम्भीर भएर लाग्नुले पार्टी रुपान्तरणको संकेत हो भन्न सकिन्छ । तर अझ पुजीपति चिन्तनबाट ग्रसित मानसिक्ता बोकेकाहरुलाईनै प्रदेश तथा केन्दको चुनावमा उनिहरुलाई नै पोसेछ भने परिणाम पनि उहि निस्कने छ । अन्तत : चुनावि चहलपहलमा भएका र विगतमा आएको दम्वतालाई एकै छिन विर्सेर भएपनि कार्यकर्तामा आएको एकताको लहरले दुखेका घाउहरुमा केही मलहम लगाउन सफल भएको हो कि भन्ने विश्वास पैदा भएको छ । सर्वहारा वर्गीय नेतृत्वको जीवनशैली र व्यवहार हुनु पर्छ भन्ने उदाहरण विगतको चुनावले देखाई सकेको छ भने यहि कडिलाई समातेर कार्यकर्ताको अहिलेको एकताको लहरले विभाजनको रहरले बहकिएका र बाहिरिएकाहरुलाई विभाजनको कुनै तुक छैन भन्ने राम्रै झट्का पनि दिएको छ । खोक्रो क्रान्तिकारीताको शब्दावली भन्दा समयसापेक्ष क्रान्तिको बाटो र प्रयोगलाई उपयोग गर्न सक्नु नै क्रान्तिकारी बुद्धिमता नेतृत्व हुन्छ भन्ने यतिवेला नेपाली राजनीतिमा चित्रित भएको छ । क्रान्तिकारी पार्टी विभाजन गरेर विचलित हुन भन्दा नेतृत्वको शुद्धीकरण र सचेतीकरणको आवस्यकताको सिद्धान्त ख्याल गरिनु पर्छ । भावानात्मक एवं राजनीतिक रुपले विभाजित समूह कति कमजोर रहेछ भन्ने पनि स्पष्ट हुन्छ । किन कि आन्तरिक संघर्षबाट नेतृत्व शद्धीकरण या नेतृत्व परिवर्तनको कदमलाई छोडेर अत्यन्तै आधारहिन तर्क शैलीमा उठाइएको विभाजनको यो कदम कति राजनैतिक भूल रहेछ भन्ने कुरा यहि चुनावमा नै सावित भैसक्यो इतिहास कुर्नै पर्दैन । त्यसैले “विभाजन होइन, विगतको संमिक्षात्मक संश्लेष गर्दै एकताको आवस्यकता छ । जनतामा भ्रम छर्न हुदैन । जनतासंगको इमानको सिद्धान्त र व्यवहार आवस्यक छ भन्ने मान्यतालाई सबै पक्षले बुझ्न जरुरी छ । होइन भने सिद्धान्तत ः विचारको हिसाबले खासै अन्तर छैन ? भावनात्मक चोटले मात्र अलग बनाएको हो भन्ने प्रष्ट भएको हुँदा विभाजित मनहरुलाई एकतामा उन्दै आँउदो निर्वाचनमा एक भएर लड्ने सन्देश दिन तयार हुनै पर्छ यदि होइन भने नेपाली क्रान्तिका कुरा खाली जनता झुक्याउने खेल मात्रै हुनेछन्” । साच्चै अभिभारा पुरा गर्ने हो भने विगतमा गरिएका भूल र कमजारेीहरुको संश्लेषण गर्दै एकता गर्न सकिने आधारहरुमा प्रशष्टै छन् त्यस तर्फ अग्रसर हुन हिम्मत गर्नै पर्छ फुटेर होईन जुटेर क्रान्तिको अभिभारा पुरा गर्नु पर्छ । पााटी विभाजनको बहादुरी कामले नेपाली क्रान्तिलाई कमजोर बनाइएको छ कुनै व्यक्तीको कमजोरीको आडमा विभाजन हुनुले जनताको विश्वास गिद्दो अवस्थामा छ हिजो “युद्धको मैदानमा मृत्यूलाई हत्केलामा राखेर मोर्चाको सहयात्रीकासाथ हिडेको माओवादी नेता कार्यकर्ता एक अर्काबीच आरोप र प्रत्यारोप गरेर बदनाम गर्ने र मोहनविक्रमे शैलीबाट पाटी विभाजन गर्दै अराजकताको शब्दावलीले जनतामा भ्रम पार्नुले को कति पानीमाथि ओभानो छ भन्ने प्रष्ट भएको छ” ।  एकले अर्काेलाई सत्तोसरापेर नेतृत्वलाई विचलित बनाउने र आफु अगेनाको छेउमा बसेर अगेना पारी धार्ने हात लगाउने प्रवृत्तीको शिकार बनेर थालिएको परिवर्तनको पक्षधरताको राजनीति कहिल्यै पुरा हुदैन । किन कि एक थुकी सुकी सय थुक नदी भन्ने उखानको आत्मसात गरि विभाजनको क्षतीलाई पुरा गर्न सबैले हिम्मत गर्न जरुरी छ होइन भने माओवादी इतिहासमा मात्र सिमित हुनेछ । जसले गर्दा हजारौ शहिदहरुको आँशु र पसिना त्यत्तीकै खेर जानेछ । विभाजित भएर क्रान्तिकारी हुने हो भने मोहनविक्रम सिंह नेपाली कम्युनिष्ट आन्दोलनमा सबै भन्दा बलिया हुन्थे होला यतिबेला । नेपाली क्रान्तिको अभिभारा पुरा गर्न र लक्ष्यमा पुग्नका लागि जनताले एक भएर चुनाव लड भनिरहेका छन् । जनताकै भनाईलाई समात्ने हो भने पनि चुनावको मतपरिणाम केलाउदा माओवादीले अब फेरि एकताको अभियान थाल्नु पर्छ । भाइ फुटे गवाँर लुटे शैलीले माओवादी बलियो हुन नसक्ने भएकोले सशक्त ढंगले नयाँ शिराबाट क्रान्तिलाई सोच्न जरुरी छ । ऐतिहासीक अवसर र आउन सक्ने चुनौतिको ख्याल नगरि अराजक शैलीमा विखण्डित हुने हो भने इतिहासले कर्सैैलाई छोड्ने छैन । त्यसैले जुट्नुको विकल्प छैन । ०७४ असाेज १६ काेटेश्वर काठमाण्डौ

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies