Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

माओवादी/एमालेः चुनावमा पहिलो बन्ने दाउ कि एकता ?

हो प्रचण्ड खेलाडी हुन् । माओवादीको १० बर्षे जनयुद्व होस् या शान्ति प्रक्रियापछिका राजनीति खेलबारे किन नहोस्, उनी सबैमा ‘स्ट्राकर’ नै भए । सायद प्रचण्डले गोल नगरेको राजनीति खेल नगन्य होलान् । प्रचण्ड यस्तो राजनीति खेल खेल्छन् जसले एकै रातमा उथलपुथल ल्याएको उदाहरण पनि छन् । जसको पछिल्लो उदाहरण हो नेकपा एमाले र नेकपा माओवादी केन्द्रको आसन्न संघ र प्रदेशको चुनावी तालमेल र पार्टी एकताको बारे । माओवादी–एमालेबीचको सहमति १. बहुदलिय जनवाद र माओवादी केन्द्रले २०५२ सालदेखि सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्द (जनयुद्द) लाई बहसमा लैजाने । २. आसन्न निर्वाचनमा एमाले ६० र माओवादी केन्द्र ४० प्रतिशतमा रहने गरी उम्मेदवार मिलाउने । ३. आगामी सरकारको प्रमुख र पार्टी नेतृत्व बाँफाँड (अलग–अलग) गरेर लैजाने । ४. पार्टीको नाम फेर्ने । ५. एकता संयोजन समिति गठन गर्ने । ६. सुर्य चिन्ह लिएर चुनाव लड्ने, यसलाई माओवादीले ठुलो विषय नबनाउने । ७. समाजवादी क्रान्तिको मोडालिटि तयार पारेर अघि बढ्ने । अब यता लागौं नेपाली राजनीतिको चतुर खेलाडीभित्र माओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम छुटाउदा अन्याय नै हुन्छ । यी दुईले नेपाली राजनीतिलाई कहिले पूर्व त कहिले उत्तरतिर धकेलिदिन्छन् । [caption id=\"attachment_117150\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] अझ भनौं राजनीतिमा यी दुईले सेन्टरबाटै गोल हान्न खप्पिस छन् । हाल सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रको सहकार्यमा सरकार सञ्चालन भएको बर्ष दिन नाघिसक्यो । त्यसो त जति कांग्रेस र माओवादी मिलेर सरकार आलोपालो सञ्चालन गरेको जतिभयो एमाले प्रमुख प्रतिपक्षको भूमिकामा बसेको पनि त्यति नै भइसक्यो । प्रतिपक्षको भूमिकाबाट रन्थनिएपछि एमालेले कांग्रेस–माओवादीको गठबन्धन भत्काउन अनेक उपाय यो बीचमा रचेको थियो त्यो सफल हुन सकेको थिएन् तर अन्त्यमा आएर ओलीको गोल प्रचण्डले रोक्न सकेनन् र पार्टी एकताको ‘तुरुप’ फ्याँकेर चुनावी तालमेल गर्न बाध्य बनाए । नेपालमा दुई बामपन्थि शक्ति एमाले र माओवादी एकता गर्ने बिषय जसरी एकै रातमा सिमलको भुवा झैं फैलिएको छ त्यो राम्रो कुरा हो । तर पार्टी एकिरण जस्तो बिषय त्यति सजिलो छैन्, फलामको च्यूरा चपाउनुभन्दा कठिन छ । प्रचण्डसँगै १० बर्षे राजनीतिमा होमिएका मोहन बैद्य ‘किरण’, डा. बाबुराम भट्टराई र नेत्र विक्रम चन्द ‘विप्लव’हरु त एकै घरमा बस्न सकेनन् भने अब ओली र प्रचण्ड एकै घरमा बस्न सक्लान् ? कति बर्ष ? कति महिना बस्न सक्लान् माओवादीभित्र तिब्र बहसको बिषय बनेको छ । अथवा ओलीले आफ्नो पार्टी (एमाले)का वरिष्ठ नेता माधबकुमार नेपाललाई त घरमा राम्रो बास दिएका छैनन् भने अहिले एकिकरणमा जाने माओवादीका नेताहरुलाई कस्तो घरमा कस्तो बास देलान यो माओवादीभित्र अर्को बहसको विषय हो । ओलीले प्रधानमन्त्री पद छाड्नु पर्दा माओवादीमाथिको घातको श्रृखला पक्कै पनि माओवादी नेतृत्वले सम्झिएको होला । तर राजनीतिमा ‘इख’ लिनु भन्ने शब्द कमै मात्रमा भेटिन्छन् । कुरा यस्तो पनि हुन सक्छ लामो अन्तरालपछिको स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षमा भएर पनि एमाले पहिलो शक्ति बन्यो । अब एमाले–माओवादी चुनावी तालमेल गरेर प्रदेश र केन्द्रको चुनावमा ६० र ४० प्रतिशतको भागबन्डा लगाएका छन् । यहि भूमिकामा एक्लै लडेर प्रदेश र केन्द्रको चुनावमा एमाले पहिलो शक्ति बन्न कठिन छ । यसैलाई हत्याउनका लागि एमालेले पार्टी एकिकरणको तुरुप पनि फ्याँकेको हुनसक्छ । स्थानीय चुनावमा पहिलो शक्ति बनेको एमालेले अबको प्रदेश र केन्द्रको चुनावमा पनि पहिलो शक्ति बन्न एकताको तुरुप फ्याँकेको माओवादीका केहि नेताहरुलाई शंका उब्जेको छ । यसमा चनाखो हुन माओवादीलाई जरुरी छ । नत्र प्रचण्डले भने जस्तो ‘चोरलाई चौतारो साधुलाई सूली’ भन्ने उखान यहि प्रयोग हुनसक्छ । हाल तेस्रो शक्तिमा रहेको माओवादीले पनि एकताको नाममा ‘तुरुप’ फ्याँकेर चुनावमा ४० प्रतिशत जित्ने बाँकि बहसमा ल्याउने सहमतिलाई डस्टपिनमा फ्याँकेर एकतालाई कथा जस्तो बनाउने पनि हुनसक्छ । त्यसोत कतिपय माओवादी कार्यकर्ताले प्रचण्डलाई सिद्याउने एमालेको खेल पनि भन्न भ्याएका छन् । माओवादी कार्यकर्तामा तरङ्गको कारण जुन अबको चुनावमा एमालेको सूर्य अंकित चिन्ह लिएर माओवादीका नेता उठदैछन्, त्यो माओवादीका समर्थक÷कार्यकर्तामध्ये करिब ३५ प्रतिशत असन्तुष्टी छन् । पार्टी एकिकरण हुन राम्रो भएपनि यसलाई माओवादीका समर्थक÷कार्यकर्ताले चौतर्फि विरोध जनाएका छन् तर एमालेका समर्थक÷कार्यकर्ता भने चुपचाप नै छन् । चुपचाप हुनुको कारण एमालेकै चुनाव चिन्ह हुनु हो । जति माओवादीलाई भोट आउँछ यदि सूर्य चिन्हमा माओवादीकै नेता चुनावमा उठेपनि अब करिब ३५ प्रतिशत भोट आफ्नै कार्यकर्ताबाट उसले गुमाउनुपर्ने स्थिति नआउला भन्न सकिन्न । यसलाई बेलैमा नसोचे माओवादीभित्र केहि दिनमै अर्को उथलपुथल आउन सक्छ । जसरी बैद्य, बाबुराम र विप्लवले शान्ति प्रक्रियापछिको माओवादी कार्यकर्ता करिब ४० प्रतिशत लगेका छन् । बाँकि ६० प्रतिशत प्रचण्डसँगै छन् । अब बैद्य, बाबुराम र विप्लव माओवादीसँग फुटेर प्रचण्डसँग बाँकि रहेका ६० प्रतिशत समर्थक÷कार्यकर्ता सूर्य चिन्हको तालमेलपछि माओवादीले जोगाउन गाह्रो छ । यदि एमाले–माओवादीको एकता भएपनि टिक्न निकै कठिन नहोला भन्न सकिन्न । यदि ओलीहरु र प्रचण्डहरु एकताको केहि समयपछि एकजुट हुन नसकेर फुट्दा प्रचण्डसँग कति नेता, कार्यकर्ता र समर्थक बाँकि रहलान् त्यो माओवादी नेतृत्वले सोच्नुपर्ने अर्को गहन बिषय पनि हो ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies