Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राजनैतिक संरक्षणमा त्रिशुली दोहन र उत्खनन बढ्यो

\"\"त्रिशुली । अनुगमन र कर्मचारी तन्त्र सुस्ताएको मौका छोपेर त्रिशुली दोहन र नदीजन्य उत्खनन बढेको छ । जिल्ला अनुगमन समितिले रोक लगाएका दर्जनौं अवैध बालुवा खानीहरु रातारात सञ्चालनमा छन् । गिट्टी कुटने उद्योगहरुका लागि रातारात त्रिशुलीमा उपकरण लगाएर ढुंगा झिक्ने क्रम पनि रोकिएको छैन भने जिल्ला अनुगमन समितिले गत २ हप्ता अघि मात्रै बालुवा उत्खनन र निकासीमा रोक लगाएका अवैधखानीहरु रातभर सञ्चालनमा छन् ।
पृथ्वीराजमार्ग वरपर रहेका अवैधखानीहरु विशेष गरि बेनीघाट, गजुरी, गल्छी र थाक्रे तथा साविवको सल्यानटारको नेत्रावती नदी व्यापक दोहन भइरहेको छ । राजनैतिक प्रभावमा त्रिशुलीको दोहन अनुगमन समितिलाई टाउको दुखाईको विषय बनेको छ ।
जिल्लामा खानी तथा भूगर्भ विभागबाट जम्मा २ वटा खानीलाई मात्रै ईजाजत दिएकोछ । गजुरी र गल्छीमा रहेका ईजाजत प्राप्त दुवै खानीले वार्षिक २६ /२६ हजार घनमिटर मात्रै बालुवा निकासी गर्न पाउँछन् । ‘तर अनुगमनमा त्यसो देखिएन, एउटै खानीले दैनिक १५० देखि २ सय टिप्पर सम्म बालुवा अवैध रुपले वेचेको देखियो,\' जिल्ला प्राकृतिक श्रोत साधन अनुगमन समितिका सदस्य सचिव समेत रहेका स्थानीय विकास अधिकारी जीवलाल भुसालले भने । राजनैतिक संरक्षणमा त्रिशुली दोहन र नदीजन्य पदार्थको तस्करीको जालो स्थानीयस्तरदेखि राजधानीका सरोकारवाला निकाय सम्म पुग्ने गरेको छ । ‘सेटिङ्ग’मा लाग्ने खर्च समेत ग्राहकहरुसँग असुल्ने गरिन्छ । बालुवा प्रशोधन, क्रसर व्यवसायी , ट्याक्टर र टिप्पर ढुवानी व्यवसायी, तथा बालुवाखानी सञ्चालकहरुले ‘सेटिङ्ग मिलाउन मासिक ६ लाखसम्म संकलन गर्ने गरेका छन् । ‘ हामी व्यवसाय हेरेर मासिक १२ देखि १५ हजार रकम लेवी बुझाउँछौं । रकम संकलक गर्ने समूहले क-कस्लाई भागवण्डा गर्छन थाहा छैन,\'  राजमार्गस्थित थाक्रेका एक जना क्रसर व्यवसायीले भने । यतिखेर भूकम्पीय पुनर्निर्माणको चाप परेको छ । नेपाल प्रहरी, जिल्ला मालपोत, कृषि लगायत एक दर्जन सरकारी कार्यालय र तिनका क्वार्टर, भूकम्पले भत्काएका आवासीय तथा   व्यापारिक भवन, विद्यालयहरु धमाधम निर्माणका चरणमा छन् । सडक सुधारका कार्यक्रमहरु  पनि त्यत्तिकै छन् । त्रिशुली र अन्य खोलामा मोटर गुडने पुल पनि आधा दर्जन निर्माणाधीन छन् । तर जिल्लामा निर्माण सामाग्रीको हाहाकार छ । सरकारले म्याद थप नगरि सञ्चालन अनुमति नदिएका गिट्टी कुटने क्रसर उद्योगहरु दिनभर बन्द र रातभर सञ्चालनमा छन् । यसै मौकामा कृत्रिम अभाव सिर्जना गरि गिट्टीको साविक मूल्य ह्वात्तै बढाइएको छ । वर्षायाममा त्रिशुलीबाट उपकरण प्रयोग गरि ढुंगा, गिट्टी, बालुवा झिकेर उद्योग सञ्चालन गरेका हरु अनुगमन समितिको कडाईले कच्चा पदार्थको अभाव देखाउदैं गत ६ महिना अघि २२ हजार पर्ने प्रति टिप्पर गिट्टीको मूल्य स्थानीय स्तरमै २८ देखि ३० हजार पुरयाएका छन् । गल्छीका बालुवाखानी विभागबाट लिएको स्वीकृति अनुसार नभै अन्तै सार्वजनिक जग्गा अतिक्रमण गरिएको फेला परेको छ । गिट्टी र बालुवाको अभाव देखाउँदै गत आर्थिक वर्षमै सक्नु पर्ने जिल्ला मालपोतको निर्माण कार्य अन्तिम अवस्थामा अधुरो भयो । ‘ हामीले ठेक्का सम्झौता गर्ने बेलाको गिट्टी बालुवाको मूल्यमा आकाश पाताल फरक भइसक्यो, सबै भवन निर्माणका ठेकेदारको अवस्था उस्तै हो, ’ सदरमुकाममा निर्माणाधिन जिल्ला मालपोत कार्यालयका ठेकेदार बाबुकृष्ण श्रेष्ठले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies