Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कौन बनेगा करोडपतिमा एक करोड जित्ने पहिलो महिला

\"\"एजेन्सी ।  झारखण्ड, पेशाले सामाजिक कार्यमा सक्रिय, सामान्य परिवारमा जन्मेकी अनामिका । तर अहिले उनको चर्चा चौतर्फी छ ।
उनले चर्चामा आउने काम पनि गरेकी छिन् । बलिउडका बिख्यात कलाकार अमिताभ बच्चनले सञ्चालन गर्ने भारतीय टेलिभिजन शो “कौन बनेगा करोडपति” मा एक करोड जितेपछि उनको चर्चा चुलिएको हो । केबिसीको इतिहासमा पहिलो महिला र यो सिजनमा पहिलो करोडपतिका रुपमा अनामिकाका बारेमा भारतीय मिडियाहरुले चर्चा गरेका छन् । अनामिकाले एक करोड जितेको शो भोली सोमबार प्रसारण हुने बताइन्छ । “मेरा लागि बिग बी ९अमिताभ बच्चन०का अगाडि बस्नु नै सौभाग्यको कुरा थियो” अनामिकाको भनाई उद्दृत गर्दै दैनिक भास्करले लेखेको छ, “म निकै नर्भस थिएँ तर पनि हिम्मत नहारी खेलेँ” एक करोड जितेपछि अमिताभले उनलाई दिएको सल्लाह निकै महत्वपूर्ण रहेको उनको भनाई छ । शो मा एक करोड जितेपछि अमिताभले उनलाई पैसाको सही सदुपयोग गर्न सल्लाह दिएका थिए । पैसालाई त्यत्तिकै कुनै बस्तु खरीदमा उपयोग गर्नुभन्दा लगानी गर्ने र त्यसबाट प्राप्त हुने रकमबाट सामाजिक कार्य गर्न संस्थालाई समेत पैसा प्राप्त हुने सल्लाह अमिताभले उनलाई दिएका थिए । फेस इन इण्डिया नाम एनजीओ चलाउने अनामिका मजूमदारको जन्म जमशेदपुरमा भएको हो । वर्ष २००२ मा सत्यप्रिय मजूमदारसँग उनको विवाह भयो । उनका दुई छोरा छन् । कौन बनेगा करोडपति भारत र भारतबाहिर पनि चर्चित शोका रुपमा लिइन्छ । यो शो मा सोधिएका प्रश्नहरुको सही उत्तर दिन सकिएमा ५ करोडसम्म जित्न सकिन्छ । अमिताभ बच्चनले होष्ट गर्दै आएको शो मा सहभागी हुन भने त्यति सहज छैन । शुरुमा एक हजारको प्रश्नबाट शुरु हुँदै धनराशी बढ्दै जाने गर्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies