Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

\"\"अर्घाखाँची । आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ । निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अर्थात् प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रेवतीप्रसाद भुसाल, डा रामबहादुर बिसी र मुक्ति श्रेष्ठको नाम सिफारिस भएको क्षेत्रीय सभापति केशवराज कुँवरले बताए । समानुपातिकतर्फ मानबहादुर विक, पुष्पा भुसाल, छविलाल पौडेल, भोजबहादुर बस्नेत, ताराप्रसाद श्रेष्ठ र पीताम्बर खनालको नाम सिफारिस भएको छ । प्रदेश सभाका लागि प्रत्यक्षतर्फ चार र समानुपातिकका लागि २५ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ केशवराज कुँवर, विष्णुप्रसाद खनाल, चन्द्रमान श्रेष्ठ र बाबुराम पौडेल रहनुभएको छ । समानुपातिकतर्फ कृष्णबहादुर ज्ञवाली, मोहमद सफर मिया, हरिहर आचार्य, केशव श्रेष्ठ, देवराज श्रेष्ठ, लोकेन्द्र विक, अनिता ज्ञवाली, निर्मला क्षेत्री, किमकला भुसाल, रामबहादुर रानाको नाम सिफारिस भएको छ । त्यसैगरी बैकुण्ठ थापा मगर, मणिराम परियार, मीरा पाण्डे, ताराप्रसाद फुल्लेल, हुमकला भुसाल, विनोद आचार्य, कमलप्रसाद आचार्य, मानबहादुर सुनार, ज्ञानबहादुर पाण्डे, ढकलाल पौडेल, मुमलाल फुल्लेल, पूर्णकुमारी बञ्जाडे, रामबहादुर खत्री, हरिनारायण बस्नेत र राधा आचार्यको नाम सिफारिस भएको क्षेत्रीय सचिव ताराप्रसादले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं २ को बैठकले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ खनाल, डा बिसी, रेवतीप्रसाद, बालकृष्ण पाण्डे, र मुक्तिको नाम सिफारिस भएको क्षेत्रीय सभापति अच्युत गौतमले बताए । प्रदेश सभाका लागि प्रत्यक्षतर्फ सात र समानुपातिकका लागि १६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ हिम्मत टण्डन, यादवप्रसाद घिमिरे, कृष्णप्रसाद शर्मा, डा जयबहादुर टण्डन, धर्मराज भुसाल, दिनेशमणि घिमिरे र अहमद हुसेनको नाम उम्मेदवारीका लागि केन्द्रमा सिफारिस गरिएको छ । प्रदेश सभाको समानुपातिकमा श्यामनाथ काश्यप, छविलाल पौडेल, प्रेमनारायण बेल्वासे, हेमन्त बेल्वासे, कुमारकेशव सिंह, निमबहादुर विक, गणेशबहादुर सिंह, खिमकुमार श्रेष्ठ र कमल विकको नाम सिफारिस भएको छ । त्यस्तै जम्सेर मिया, रजब मिया, सुवि शाह, भोजराज शास्त्री र महिलातर्फ शान्ता भण्डारी, अम्बिका पोख्रेल र चम्पा पोख्रेलको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको क्षेत्रीय सचिव कृष्णलाल पुरीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies