/  Sun, May 27, 2018

प्रदेश न.१ बाट को छन् त माओवादी, काँग्रस र एमाले उमेद्धार ?

तेह्रथुम । दलहरुले संघ र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् । नेकपा (माओवादी केन्द्र), र
नेपाली काँग्रेस संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका छन। नेकपा (एमाले) लगायत दलले भने आन्तरिक तयारी थालेका छन् ।

नेकपा (माओवादी केन्द्र) र काँग्रेसले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार चयन गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)ले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । समानुपातिकतर्फ केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज दुर्गाप्रसाद चापागाईं र पूर्वविधायक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ । प्रदेशतर्फ क्षेत्र नंं १ मा इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ सिफारिस गरिएको छ । यस्तै क्षेत्र नंं २ मा प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङ्वा र जिल्ला सहसंयोजक ताराप्रसाद भट्टराईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ तेजमान कन्दङ्वा, बलिराज इङ्नाम र चूडामणि बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

काँग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
संघको निर्वाचनमा समानुपातिकतर्फ काँग्रेसले पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको छ । यस्तै प्रादेशिक निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ ।

यस्तै समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवालगायतको नाम जिल्लाबाट सिफारिस भएको छ ।

एमालेसहितका दलले पनि पार्टीभित्र आन्तरिक रुपमा उम्मेदवारको तयारी गरिरहेको बुझिएको छ । दशैँलगत्तै पार्टीले एउटा मापदण्ड बनाएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताउनुभयो । प्रदेशको निर्वाचनमा क्षेत्र नं १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् ।

यसअघि संविधानसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० मा एमाले र २०६४ मा काँग्रेसले जितेका थिए ।

अशोज ११ गते, २०७४ - ११:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली व्यवसायीलाई अपहरण गर्ने चार भारतीय प्रहरी पक्राउ

काठमाडौं । दुई नेपाली व्यवसायीलाई अपहरण गरी भारत लैजान खोज्ने चार भारतीय प्रहरीलाई सशस्त्र प्रहरीले...   

साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा, १२ जेठ । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका...   
समृद्धिको यात्रामा सरकारलाई सघाउन प्रमकाे केन्द्रीय सदस्यलाई निर्देशन

समृद्धिको यात्रामा सरकारलाई सघाउन प्रमकाे केन्द्रीय सदस्यलाई निर्देशन

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको...   

सुन तस्करका नायिके गाेरेकाे बयान बिहिबार पनि जारी

विराटनगर, १० जेठ  । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला...   

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज...   
मलेसियाका नवनिर्वाचित प्रधानमन्त्रीले गरे यस्ताे निर्णय, नेपालमा सम्भव हाेला ?

मलेसियाका नवनिर्वाचित प्रधानमन्त्रीले गरे यस्ताे निर्णय, नेपालमा सम्भव हाेला ?

मलेसिया । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा...   
अार्थिक वर्ष ०७५/०७६का लागि सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ हेर्नुहाेस् )

अार्थिक वर्ष ०७५/०७६का लागि सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ हेर्नुहाेस् )

काठमाडौँ । आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्...   

आफ्नो चुनाव प्रचारका विरुद्धमा भएको घुसपैठको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग

वासिङ्टन, ७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ...   

संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको छः दाहाल

काठमाडौँ, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको...   

पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानु नपर्ने

काठमाडौं । सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top