/  Fri, December 15, 2017

महिला हिंसा अन्त्य हुन्छ : उपप्रमुखमा विजयी प्रथम शहीद पत्नी कान्तिदेवी

रौतहट । रौतहटको पहिलो शहीद पत्नी एवं फतुुआ विजयपुुर नगरपालिकाबाट निर्वाचित उपप्रमुख कान्तिदेवी महतोले महिला हिंसाको अन्त्य गरी महिलालाई सशक्त बनाउने बताएकी छन् ।

फतुुआ विजयपुुर नगरपालिकाको उपप्रमुखका रुपमा आइतबार औपचारिक शपथ लिएपछि उपप्रमुख महतोले जनताको विश्वासलाई विकासको लहर ल्याएर मूर्त रुप दिने बताईन । उनका श्रीमान् मनरुप महतोले सशस्त्र द्वन्द्वकालमा शहादत प्राप्त गरेका थिए ।

जिल्लामै पिछडिएको नगरपालिका फतुुआ विजयपुुरमा दलित, गरिब, विपन्न र महिलाका लागि विशेष योजना ल्याई नेतृत्व तहमा पुु¥याउने दृढता पनि उनले व्यक्त गरिन ।

आफू शहीद पत्नीमात्र नभई अति विपन्न तथा जनजातिबाट माओवादी कार्यकर्ताका रुपमा नेतृत्व गर्दै आएकाले उनीहरुको पीडा र समस्याबारे जानकार रहेको उपप्रमुख महतोले प्रष्ट पारिन ।

फतुुआ विजयपुुर नपा–११ भैंसहीटोल घर भएका महतोले लामो समय माओवादीमा महिलाको जिल्ला अध्यक्षका रुपमा रहेर काम गरिसक्नु भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य पनि हुन ।

माओवादीद्वारा सञ्चालित सशस्त्र संघर्षमा प्रत्यक्षरुपमा लागेका महतोका श्रीमान् मनरुप महतोको २०५७ साल मंसिर ७ गते हालको बृन्दावन नगरपालिका तोरीबारीमा बम बनाउने क्रममा आफैँ विष्फोट भएर मृत्युु भएको थियो ।

महतो रौतहटमा माओवादीका प्रथम शहीद हुनुहुन्छ । श्रीमान्को मृत्युुपछि केही समय घरमा बस्नुभएका महतो भारतको पटनामा अध्यक्ष पुुष्पकमल दाहालसँगको भेटपछि पार्टी कार्यकर्ताका रुपमा सक्रिय रहँदैआएको उनले बताईन।

पहाडमा कैयौँ ठाउँमा भएको भिडन्तमा खटेको र रौतहटको इलाका प्रहरी कार्यालय कटहरियामाथि आक्रमण गर्दा पनि आफूले एउटा मोर्चा सम्हालेको स्मरण उनिसँग छ ।

दुुईदशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा फतुुआ विजयपुुर नगरपालिकामा महतोले नेपाली काँग्रेसका अम्बेया खातुुनलाई पराजित गर्दै जित हासिल गरेकि हुन ।

अशोज १० गते, २०७४ - १७:३८ मा प्रकाशित
दैलेख बन्यो वाम गठबन्धनको किल्ला

दैलेख बन्यो वाम गठबन्धनको किल्ला

दैलेखमा प्रतिनिधी सभाको अहिले सम्मको मतपरिणाम सार्वजनिक भएसंगै दैलेखका सवै क्षेत्रमा वाम गठबन्धनको...   
८० न्यायाधीशविरुद्ध मुद्दाको सुनुवाइ मंसिर २८ हुने

८० न्यायाधीशविरुद्ध मुद्दाको सुनुवाइ मंसिर २८ हुने

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको...   
प्रचण्डले किन छाडे एकाएक अविर माला लगाउन ?

प्रचण्डले किन छाडे एकाएक अविर माला लगाउन ?

काठमाडौं । सँधैजसो औपचारीक कार्यक्रममा अवि मालाले सजिसजाउ हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...   
आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन

आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन

काठमाडौं । निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा...   
केपी ओली भन्छन्ः राप्रपालाई कुनै हालतमा धोका दिँदैनौँ

केपी ओली भन्छन्ः राप्रपालाई कुनै हालतमा धोका दिँदैनौँ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग गठबन्धन भएको झापा ३ मा राप्रपालाई धोका नदिने...   
बम विस्फोटमा मारिएका म्यादी प्रहरीको अन्त्येष्टि

बम विस्फोटमा मारिएका म्यादी प्रहरीको अन्त्येष्टि

दाङ । मंगलबार तुलसीपुरमा भएको बम विस्पोटमा परि मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीको बिहीबार चौधरीको...   
एभरेष्ट प्रिमियर लिग खेल तालिका सार्वजनिक

एभरेष्ट प्रिमियर लिग खेल तालिका सार्वजनिक

काठमाडौं । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका...   
वाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचनमा कति सिट जित्ला ? यस्तो छ दाबी

वाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचनमा कति सिट जित्ला ? यस्तो छ दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५...   
कम्युनिष्ट नै लोकतान्त्रिक शक्ति हुन्ः भुसाल

कम्युनिष्ट नै लोकतान्त्रिक शक्ति हुन्ः भुसाल

ललितपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने...   
‘तीन नम्बर प्रदेशको राजधानी भक्तपुर’

‘तीन नम्बर प्रदेशको राजधानी भक्तपुर’

भक्तपुर । पूर्वउद्योगमन्त्री महेश बस्नेतले ३ नं प्रदेशको राजधानी भक्तपुरमा बनाइने बताएका छन् । आज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top