Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गरिने

\"\"काठमाडौं । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने धारणा स्थापित गराएको चिलिमे जलविद्युत् कम्पनीले ५८५ मेगावाट क्षमताका दुई परियोजनाको अनुमतिपत्र पाएको छ । विद्युत् विकास विभागले चिलिमे कम्पनीलाई गोरखामा आयोजनास्थल रहेको ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक र बझाङमा आयोजनास्थल रहेको सेती नदी तेस्रोको अध्ययन अनुमति दिएको हो । कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजना सन् २०१८ को डिसेम्बरसम्ममा निर्माण गरिने भएका छन् । रसुवागढी १११ मेगावाट, मध्य भोटेकोशी १०२ मेगावाट, माथिल्लो सान्जेन १४।८ मेगावाट र सान्जेन ४२ मेगावाट क्षमताका आयोजना हुन् । ती आयोजना सम्पन्न भएपछि कम्पनीले कुन आयोजना निर्माण गर्ने भन्नेबारेमा अन्यौलमा थियो । कम्पनीले निर्माण गरिरहेका र अध्ययन अनुमतिपत्र पाएका आयोजनाको कुल क्षमता ८५५ मेगावाट हुनेछ । शेयर बजारमा समेत चिलिमे जलविद्युत् कम्पनीको शेयर उच्चस्थानमा छ । नेपाल स्टक एक्चेन्जका अनुसार हाल चिलिमेको प्रतिकित्ता शेयर मूल्य रु ७९८ पुगेको छ । नागरिकलाई जलविद्युत् क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास दिलाउन सफल कम्पनीले विभागबाट अनुमतिपत्र पाएपछि अध्ययनको काम यही दशैँलगत्तै शुरु गर्ने जनाएको छ । यस्तै १११ मेगावाटको र रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, साढे ४२ मेगावाटको सान्जेन र १४।८ मेगावाटको माथिल्लो सान्जेन अहिले निर्माण भइरहेका छन् । विभागका महानिर्देशक नवीनराज सिंहले गत भदौ २६ गते बूढीगण्डकी प्रोक र गत असोज १ गते सेती नदीको अध्ययन अनुमतिपत्र कम्पनीलाई दिइएको जानकारी दिए । दशैँलगत्तै यी दुई आयोजनाको अध्ययन शुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक दामोदरभक्त श्रेष्ठले बताए। उनले निर्माणाधीन आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लागेको र नयाँ आयोजनाको समेत अध्ययन अनुमतिपत्र पाएपछि कम्पनीको बजार मूल्य समेत बढ्न जाने र शेयर बजारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीको रहेको बताए। सरकारको बास्केटमा रहेका बूढीगण्डकी प्रोक र सेती नदी तेस्रो आयोजना पहिले आवेदन दिएको आधारमा विभागले कम्पनीलाई दिएको हो । कम्पनीका अनुसार बूढीगण्डकी नदी प्रवाहमा आधारित आयोजना हो भने सेती अर्धजलाशय (पिआरओआर) ढाँचाको परियोजना हो । ती आयोजना आगामी दुई वर्षभित्र अध्ययन शुरु गरेर निर्माण शुरु गर्ने लक्ष्य कम्पनीको छ । चिलिमे कम्पनीले ती आयोजनाका निर्माणका लागि फरकफरक कम्पनी स्थापना गर्नेछ । कम्पनीको प्रारम्भिक अध्ययनमा बूढीगण्डकी प्रोकको लागत रु ५० अर्ब र सेतीको रु २५ अर्ब लाग्ने अनुमान गरिएको छ । ती आयोजनामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र सम्बन्धित जिल्ला र गाँउपालिका तथा प्रभावित क्षेत्रका नागरिकले समेत लगानी गर्ने छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies