Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्राधिकरणका महानिर्देशक पर्यटन मन्त्रालय तानिए

\"\"काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएका छन् । महानिर्देशक गौतमलाई आजदेखि लागू हुने गरी मन्त्रालयमा हाजिर गराइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए। दुई वर्षअघि महानिर्देशकमा चार वर्षका लागि नियुक्त भएका गौतमलाई पर्यटनमन्त्री जीतेन्द्रनारायण देवले मन्त्रालय तानेको बताइएको छ । मन्त्रालय तानिएका गौतमको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलको सदस्यमा उपसचिवद्वय प्रमोद नेपाल र निराजन घिमिरे रहेका छन् । उक्त कार्यदललाई नेपाल सरकारको हवाई नीति ०६३ लाई पुनरावलोकन गरी नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारमा अवलम्बन गर्नुपर्ने नीति र गर्नुपर्ने कार्यबारे सुझाव पेस गर्ने जिम्मेवारी दिएको छ । यसैगरी दोस्रो अन्तरराष्ट्रिय निजगढ विमानस्थल निर्माणका लागि कोरियन कम्पनी एलएमडब्ल्युले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदन अध्ययन गरी भुक्तानी तिर्नुपर्ने रकमको विषयमा राय सुझाव दिन कार्यदललाई जिम्मा दिइएको छ । त्यस्तै दोस्रो अन्तरराष्ट्रिय विमानस्थललगायतका सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति उच्च नतिजामुखी बनाउन ठोस कार्ययोजनासहित सुझाव दिन तथा नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाई स्थायीरुपमा हवाई सुरक्षा जाँच ब्यूरो स्थापना गर्ने सम्बन्धमा समेत सुझाव दिने गरी जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले महानिर्देशक गौतमललाई कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies