Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चार वर्षदेखि अवरुद्ध अछामको जलविद्युत् पुनः सञ्चालन

\"\"अछाम । वर्षाका कारण पहिरोले नहर भत्किएको चार वर्षपछि अछामको कैलाशखोला जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ । भत्किएको नहर र मुख्य उपकरण मर्मत पछि विद्युत् सञ्चालन गरिएको हो । विसं २०७० भदौ ६ मा वर्षाका कारण पहिरो जाँदा जलविद्युत् केन्द्रको करिब ६० मिटर नहर भत्किएको थियो । समयमै मर्मतका लागि पहल नहुँदा चार वर्षसम्म अवरुद्ध भएको विद्युत् सेवा पटक पटकको ताकेता र खबरदारीपश्चात् पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए। छसय किलोवाट क्षमताको जलविद्युत् केन्द्रले अहिले ४०० किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । उत्पादित विद्युत् सदरमुकाम मंगलसेन क्षेत्रमा वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख रोशनकुमार ठाकुरले बताए। तत्कालका लागि दिउँसोको समयमा मात्रै विद्युत् उत्पादन गर्ने गरेको उनको भनाइ छ । विद्युत् सेवा अवरुद्ध हुनु अघि आयोजनाबाट अछाम सदरमुकाम मंगलसेन, मुख्य व्यापारिक केन्द्र साँफेबगरसहित साविक १६ गाविसका दुई हजार ८ सय ५५ उपभोक्ता लाभान्वित थिए । मासिक १२ लाख भन्दा बढी विद्युत् महसुल संकलन हुने उक्त आयोजना अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई करोडौँ नोक्सानी भएको छ । चार वर्षसम्म विद्युत् उत्पादन नहुँदा १ करोड ४० लाख १६ हजार युनिट बिजुली खेर गएको छ । उक्त बिजुलीको प्रतियुनिट ८ दशमलव ५ रुपैयाँले हिसाब गर्दा ११ करोड ९१ लाख ३६ हजार राज्यलाई नोक्सानी भएको छ । असोज २ गतेवाट विद्युत् पुनः सञ्चालनमा आएपछि प्रजिअ चौधरीसहितको टोलीले स्थलगत अनुगमन गरी विद्युत् नियमित सञ्चालनका लागि सो वितरण केन्द्रलाई निर्देशन दिएको छ । मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि अछाम जिल्लामा विद्युत्भार कटौतीले विद्युत् प्रयोगकर्ता आजित भइसकेकाले अब कैलाशखोला जलविद्युत् केन्द्रबाट स्थानीयवासीका आवश्यकता पूर्ति गराउन पहल गर्नुपर्ने बताए। नियमितरुपमा ४०० किलोवाट विद्युत् उत्पादन गर्न सकिए अछामलाई विद्युत्भार कटौती मुक्त बनाउन सकिने वितरण केन्द्र प्रमुख ठाकुरले बताए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies