Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रचण्डसँग को–को चुनाव लड्दैछन् ?

\"\"चितवन । नेपाली हिन्दुधर्मालम्बीहरुको महान चाड विजया दशमी घरदैलोमा भित्रि सकेको छ । दसैंसँगै स्थानीय तहको निर्वाचन सकिएर प्रदेश र प्रतिनिधिसभाको चुनावी माहौल पनि भित्रिदैछ । आगामी मंसिर १० गते २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको चहलपहल शुरु भएको छ । दसैंभरि दलहरु चुनावी रणनीति बनाउँदैमा व्यस्त रहनेछन् । अब गरौं चितवनका कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट चुनाव उठ्ने घोषणापछि राजनीतिक वृतमा छुट्टै चर्चा परिचर्चा शुरु हुन थालेको छ । तत्कालिन नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोइराला निर्वाचित भएको तत्कालीन–४ नम्बर र हालको–३ नम्बर क्षेत्रमा प्रचण्डले निर्वाचनमा उठ्ने लगभग पक्कापक्कि नै भइसकेको छ । प्रचण्ड नै चुनाव उठ्ने भएपछि अब कसलाई उम्मेद्वार बनाउने भन्ने बिषय कांग्रेसभित्र चर्को रुपले उठन थालेको छ । कांग्रेसभित्र अन्य पार्टीसँग मिलेर चुनावमा होमिने पनि वहस शुरु भइसकेको छ । तर दोस्रो संविधानसभाको निर्वाचनमा जस्तो अहिले उक्त क्षेत्रमा कांग्रेस छैन् । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोगेको छ । गुमेको छवी सुर्धार्नेतर्फ कांग्रेस अग्रसर छ भन्दा दुई मत नहोला । पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)ले पनि चुनावी प्रचारलाई भित्री रुपमा शुरु गरेको छ । राप्रपाले चुनावमा को उठाउने भन्ने निर्णय लिन सकेको छैन् । राप्रपाको पहिलेको चितवन क्षेत्र नं–५ मा हालका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे हुन् । उनलाई उठाउने कि को उठाउने भन्ने राप्रपाभित्र बहसको विषय बनेको छ । पाण्डे भने आफै नै चुनावमा उठ्ने बताउँछन् । नेकपा एमाले संघ र प्रदेशको निर्वाचनमा अरु बढी उत्साहित बनेको छ । नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलकाअनुसार उम्मेदवार सिफारिसका विषयमा केन्द्रको निर्देशन कुरिरहेको छ । माओवादी केन्द्र चितवनका पूर्व अध्यक्ष एवं पोलिटब्युरो सदस्य यमबहादुर परियार अभियानकै रुपमा निर्वाचन प्रचार शुरु नगरे पनि तयारी भने थालिएको बताउँछन् । प्रचण्ड नै चुनावमा उठ्ने भएपछि माओवादीले तयारी तिव्र रुपमा थालेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies