/  Sat, December 16, 2017

प्रचण्डदेखि कमल थापासम्मको दसैं : पूर्वराजा छाडेर दाजुबाट टिका थाप्नेदेखि चुनावी रणनीतिसम्म

 

काठमाडौं । दसैं शुरु भइसकेको छ । नेपालीहरुको बिशेष चाडको रुपमा हेरिने दसैंसँगै प्रतिनिधि र प्रदेशसभाको चुनावले राजनीतिक दलहरुलाई छपक्कै छोपेको छ । भुगोल समुदाय र बर्ग अनुसार दसैं मनाउने आ–आफ्नै तौरतरिका छन् । दसंलाई सामाजिक, पारिवारिक र धार्मिक चाडका रुपमा समेत लिने गरिन्छ । घर परिवारबाट टाढिएकादेखि चिसिएका सम्बन्ध समेतलाई जोड्ने काम गर्दछ दसैंले । प्रायः दसैंलाई मिठो खाने, नयाँ लगाउने एवं फुर्सदिलो र मनोरञ्जनका हिसाबले मनाउने प्रचलन पूरानै हो । धेरैजसो मानिसले दसैंलाई सोहिअनुरुप नै मनाउने गर्दछन । तर देशका प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुले दसैंै कसरी मनाउछन होला ? यसमा सबैको चासो हुन सक्छ । नेपाली राजनीति घुमाउने देशका ५ शीर्ष नेताले यस बर्षको दसैं कसरी मनाउँदैछन् ?

भेटघाटममै बित्छ देउवाको दसैं
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको खासै दसैंको योजना भने बनेको छैन् । अघिल्ला वर्षहरुमा जस्तै परिवारसँग दसैंै मनाउने मनसायममा छन् देउवा । हरेक वर्ष पण्डितहरुको हातबाट टीका लगाउँदै आएका उनले परिवारसँगै नातागोता र पार्टी कार्यकर्तालाई टीका लगाईदिने गर्छन् । दसैंकै लागि भनेर उनले खासै किनमेल नगर्ने उनले मासुका परिकार पनि कम खाने गरेको उनका निकटस्थहरु बताउँछन् । प्रधानमन्त्री देउवा राजनीतिक र पारिवारिक भेटघाटमै दसैंभर ब्यस्त रहने छन् ।

ससुराली धाउँदैनन् केपी ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपालिका दसैंै भक्तपुरकोे बालकोटस्थित आफ्नै निवासमा मनाउने तयारीमा छन् । उनले आफ्ना बाबुको हातबाट टीका लागाउँने छन् भने ससुराली जादैनन् ओली । विगतको दसैं जस्तै यसपालि पनि उनले आफ्ना सुभचिन्तक, आफन्त तथा कार्यकर्तालाई टिका लगाईदिने कार्यक्रम रहेको छ । दसैंै अवधिभर ओली पारिवारिक र राजनीतिक भेटघाटमा व्यस्त रहने छन् । बालकोटस्थित ओली निवासमा दसैंैको टिका लगाउन कार्यकर्ताहरु आउने गर्दछन् ।

दसैंभर चुनावी रणनीति तय गर्ने मूडमा प्रचण्ड
दुई दशकदेखि दसैंको टिका नलगाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दसैंैमा अरुलाई टिका लगाइदिने कार्यक्रम पनि छैन । उनले कार्यकर्ता र आफन्तसँग दसैंको शुभकामना आदान प्रदान र भेटघाट गरेपनि खास दसैं बिशेष कार्यक्रम बनाएका छैनन् । उनको परिवारमा दसैंै पनि अन्य समय जस्तै गरी बित्नेछ । उनले दसैंैलाई सामाजिक र पारिवारिक चाडका रुपमा मनाउने छन । उनी दसैं अवधिभर लाजिम्पाटस्थित आफ्नै निवासमा रहने छन् । यसपालि दसैंको समयमा उनी प्रदेश र प्रतिनिधिसभाको चुनावी रणनीति तय गर्न व्यस्त रहने उनका प्रेस संयोजक मनोहरी तिमल्सिनाले खबरडबलीसँग बताए ।

पूर्वराजा छाडेर दाजुको हातबाट टिका थाप्दै कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा यसपालि दसैं परिवारसँगै मनाउने तयारीमा छन् । प्रत्येक बर्ष दसैंमा पुर्व राजा ज्ञानेन्द्रको हातबाट टिका लगाउने उनले यसपालि आफ्ना दाजु नेत्रबहादुर थापाको हातबाट टीका लगाएर क्षेत्रपाटीस्थित ससुरालीमासमेत टिका थाप्न जाने कार्यक्रम छ । थापा फुर्सदको समयमा पुस्तक पढ्न रुचाउँने भएकाले यसपालि दसैंमा पुस्तक पढ्ने योजना बनाएको उनको सचिवालयले बताएको छ । त्यसका साथै राजनीतिक र पारिवारिक भेटघाटमै उनले दसैंको समय बिताउने छन् ।

बाबुको हातबाट टिका थाप्छन् बाबुराम
नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई दसैं अवधिभर काठमाडौंमा रहने छन् । आफ्ना बाबुको हातबाट टिका लगाउने तयारी गरेका भट्टराई ससुराली जाँदैनन् । उनको यो दसैंको अधिकांश समय चुनावी रणनीति तय गर्ने र अध्ययनमा बिताउने तयारी गरेको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले खबरडबलीलाई बताए । भट्टराईको दसैंको लागि त्यस्तो खास योजना बनेको छैन । उनले अरुलाई टिका लगाइदिने कार्यक्रम पनि छैन ।

 

अशोज ९ गते, २०७४ - ११:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६४ लागे प्रचण्ड ! विजयर्याली र जन्मदिन एकैदिन !

६४ लागे प्रचण्ड ! विजयर्याली र जन्मदिन एकैदिन !

चितवन । चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागी ९ हजारभन्दा बढी मतले विजयी भएका नेकपा माओवादी...   
माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना ३ जना पोलिटव्युरो सदस्यसहित १० जनालाई पार्टी सदस्यसमेत नरहने...   
अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

तत्कालीन पूर्ब १ नं क्षेत्रको सदरमुकाम चौतारा बजारको उत्तरपूर्वी कुनाको भिरालो पाखामा जन्मिएका हुन्...   
खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम...   
सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छोड्नका लागी तयार गरेको विज्ञप्ती रोकेर तत्काल सरकार नछाड्ने...   
माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top