Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपाली जनप्रगतिशील मञ्च युएईले गर्‍यो पदाधिकारीहरुको बिदाई

\"\"युएई । नेपाली जनप्रगतिशील मञ्च युएईले शुक्रबार मञ्चका केन्द्रिय अध्यक्ष हेमन्त पौडेल, शारजाह क्षेत्रिय समिति अध्यक्ष सरिता थिङ (प्रतिक्षा) र दुबई क्षत्रिय समिति सचिब राजु थापालाई एक बिषेश कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । युएईको बसाईलाई बिट मार्दै नेपाल फर्किने तयारीमा रहेका पौडेललाई नेपाली जनप्रगतिशील मञ्च युएईको स्थापना कालदेखी संगठनलाई पुर्याएको महत्वपुर्ण योगदानको उच्च मुल्याङ्कन गर्दै दोसल्ला ओडाएर सम्मान पत्रको साथमा बिदाई गरेको थियो भने साथमा प्रतिक्षा र थापालाई समेत दोसल्ला र सम्मान पत्रको साथमा बिदाई गरिएको थियो । युएईको सबै प्रन्तहरुबाट बाक्लो उपस्थिती रहेको बिदाई कार्यक्रममा मञ्चका बरिष्ठ सल्लाहाकार शम्भु वाइबा, सल्लाहाकार मोहन सिवाकोटी एनआरएन आईसिसि सदस्य ठाकुर प्रसाद ढुंगाना, अध्यक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण मरासिनी, समाजसेवी नारायण बिसुंखे लगायतका अतिथीहरु रहेका थिए । मञ्चद्धारा निकै भब्यरुपमा सम्पन्न बिदाई कार्यक्रममा हालसालै मात्र एनआरएनए २०१७ - १९ कार्यकालको लागी निर्वाचित आईसिसि सदस्य ठाकुर ढुंगाना, एनसिसि युएईका अध्याक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण मरासिनी, सचिब मील बहादुर गुरुङ सदस्यहरु जीवन दास, लक्ष्मण काफ्ले, ओम प्रसाद उप्रेती, दिनेश पराजुली लगायतलाई अभिनन्दन सहित सफल कार्यकालको लागी शुभकामना दिएको थियो । कलाकारहरुको बिभिन्न मनोरन्जनात्म सास्कृतिक प्रस्तुतीहरुको साथमा भएको कार्यक्रममा अजमान क्षेत्रिय समितिको अधिबेशन समेत सम्पन्न भएको छ। अजमान क्षेत्रिय समितिको कार्यसमितिमा अध्यक्षमा प्रकाश काफ्ले उपाध्यक्षमा प्रकाश मगर र लक्ष्मी तामाङ, सचिब कृष्ण शंकर अधिकारी, सहसचिब बिनोद सेवा, कोषाध्यक्ष गेल्बु शेर्पा, सदस्यहरु बिनोद गैरे, रुद्र थापा, अमानत गुरुङ, सुरज गैरे, प्रबेग दास, दिपक बर्देवा, रमेश गुरुङ, गंगा कुमार मगर, दल बहादुर मगर, गीर बहादुर राना, बुद्ध बोम्जन र सल्लाहकारमा सुरज गुरुङ चयन भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies